समाज

    Showing ५,६३१-५,६४० of ७,१४८ items.
  • शान्ति सुरक्षाका लागि प्रहरी चौकी शिलान्यास

    धरान/ नेपालमा संघीयता आएसँगै शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षाको प्रत्याभूति स्थानीय सरकारले दिने खालका कामहरु भएका छन् । शिक्षा, स्वास्थ्य र रोजगारसँगै सुरक्षा पनि नागरिकको नैसर्गिक अधिकारभित्र पनेै भएकोले धरान उपमहानगरपालिका वडा नं. १६ ले समेत प्रहरी चौकी निर्माण कार्य शुरु गरेको छ । बुधबार अध्यक्ष मुरारी भट्टराई तथा इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले संयुक्त रूपमा भूमि पूजन गरी भवनको शिलान्यास गरेका छन् । वडावडाबाट नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने उद्देश्यका साथ चौकी निर्माण गरिएको बताइएको छ । धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले धरान उपमहानगरपालिका जन

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • ४६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुहान मर्मत नहुँदा चार सय हेक्टर जमिन बाँझै

    झापा / एक वर्षअघि भत्किएको सिंचाई आयोजनाको मुहान ममर्त हुन नसक्दा त्यहा आसपासका जमिन सिँचाई हुन नसक्दा खेति लगाउन नपाई बाँझै रहेको छ । मेचीनगर नगरपालिका–१४ मा रहेको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त गर्न नसक्दा चार सय हेक्टर जमिन बाँझो रहेको हो ।गत वर्षको कात्तिकमा आएको बेमौसमी बाढीले सो आयोजनाको मुहान भत्काएको थियो । चार वर्षअघि एसियाली विकास बैंकको ५ करोड २२ लाखको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान नै भत्किएपछि बनाउन नसक्दा पाँच सय किसानको चार सय हेक्टर जमिन बाँझो बन्न पुगेको हो । मेची नगरपालिका वडा नं १४ का निवर्तमान अध्यक्ष शंकर पोखरेलका अनुसार

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • ७१८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अतिक्रम सडक पेटी खाली

    इनरुवा / इनरुवा नगरपालिकाले अतिक्रम सडक पेटी खाली गरेको छ । सडक पेटी खाली गर्न पटक पटक सूचना प्रकाशित गरे पनि सर्वसाधारणले अटेर गरेपछि नगरप्रमुखले डोजर लगाएर अतिक्रमित सडक पेटी खाली गरेका हुन् । नगर प्रमुख केदार भण्डारीले भने–‘हामीले ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेकाले नगरपालिकाको टिम डोजर लिएर सडकमा निस्किएका हौ ।’ उनका अनुसार मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएको जनाइएको छ । व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टह

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • ९५० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गोठगाउँमा अस्पताल सञ्चालन गर्ने

    मोरङ / मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा अस्पताल सञ्चालन गर्ने बताएका छन् । उनले आगामी माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सञ्चालन गरिने जानकारी दिएका हुन् । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद शर्माले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् । कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने गरी तयारीमा जुट्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन समेत दिए । ‘माघ १ गतेबाट अस्पताल सञ्चालन गर्नुपर्छ, अस्पताल चलाउँने जिम्मा हाम्रो पनि हो, मेर

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • ४६७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उषा राई प्रकरण : प्रहरीद्वारा चारजना सार्वजनिक

    विजयपुर / उषा राई प्रकरणमा संलग्न रहेको भन्दै धरान प्रहरीले चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । धनकुटा घर भई धरान १३ मा डेरा गरि बस्ने एकल महिला उषाकुमारी राईलाई कुटपिट गर्ने ४ जना महिलाहरुलाई धरान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । घटनाका मुख्य आरोपी धरान १३ सुर्य मार्गकी ५५ बर्षीया उर्मिला राई, २६ बर्षीया सुमित्रा राई, धरान १७ की २९ बर्षीया सुसेली राई र ४० बर्षीय रत्न लिम्बु सुब्बालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेकी उर्मिला राईलाई मंसिर १५ गते प्रक्राउ गरिएको थियो । उनलाई जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थपि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • १,४०१ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • करेन्ट लागेर १ जनाको मृत्यु

    बिराटनगर/उदयपुरको कटारी नगरपालिका २ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी २बस्ने ३० बर्षीय दिल कुमार थापा मगर रहेका छन् । हिजो साँझ ५ बजे आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना बार इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ६३५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आमचोक बजारमै फोहोर डम्पिङ

    इलाम/ आमचोक बजारको फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा वर्षौ देखिको फोहोर बोरामा हालेर पसलको छेउमा थुप्री रहेको थियो । सुगम मानिएकै जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिका केन्द्रको फोहोर व्यवस्थापनमा कसैको आँखा नपरेपछि बजारलाई गिज्याइरहेको थियो । स्थानीय तहको दोस्रो निर्वाचन पश्चात फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकस्थित शुक्रबारे बजारमा वर्षाैंदेखि थुप्रिएको फोहोर व्यवस्थापन थालिएको छ । गाउँपालिकाले फोहोर विसर्जनका लागि जमिन व्यवस्थापन गरेपछि बजारको फोहोर व्यवस्थापन थालिएको हो । बजारका व्यवसायीले बोरा र ड्रमहरूमा लामो समयदेखि फोहोर फाल्ने ठाउँ नभएपछि थुपारेर राखेका थिए ।

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • ६९५ पटक पढिएको
    • "भगरीथ भण्डारी"
  • श्रमदानलाई संस्थागत गर्दै हर्क साम्पाङ

    धरान/ तत्कालीन माओवादी द्वन्द्व उत्कर्षमा थियो । माओवादीले गाउँमा समाजसुधारक काम गर्न थालेको थियो । सामाजिक विकृतिलाई निरुत्साहित गर्ने श्रमलाई प्रवद्र्धन गर्ने काम थालेको थियो । सुनसरीको बराहक्षेत्र १ मिलनचोकदेखि सूर्यकुण्डसम्म सडक निर्माण गर्न माओवादीले उर्दी जारी गर्यो । सबैले अनिवार्य श्रमदान गर्नुपर्ने नियम राख्यो । श्रमदान गर्न नभ्याउनेले आर्थिक सहयोग गर्नुपर्ने भयो । एक घर एक व्यक्ति वा १ सय ४१ रुपैयाँ नगद । बजारका अधिकांश व्यापारीले आर्थिक सहयोग गरे । सबैका घरबाट एक जन श्रमदानमा निस्किए । आज सूर्यकुण्ड पर्यटकीय स्थलका रुपमा प्रवद्र्धनको कार्यक्रम पर्खिरहेको छ । बराहक्षेत्रकै नडाह

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • ६६८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धर्मदेवी नगरपालिकाको भवन वषौँ देखि अलपत्र

    संखुवासभा/ संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य करिब २ वर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको ठेक्का पाएको स्वामी नारायण बिनायक जे.भीले काम बिचैमा छाडेर हिंडेपछि नगरपालिकाको भवन निर्माण कार्य अलपत्र अवस्थामा पुगेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालका अनुसार ठेकेदार कम्पनीले सम्झौता भएको मिति देखि काममा कुनै चासो देखाएको छैन । ‘पटकपटक सम्पर्क ग¥यौँ उहाँले त्यसमा कुनै चासो देखाउनु भएन खनालले भने, सम्झौता भएको मितिले २ वर्ष भित्रमा काम सम्पन्न गरि नगरपालिकालाई बुझाउनुपर्नेमा अहिलेसम्म दुई÷तीन प्रतिशत पनि काम भएको छैन ।&rs

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • ६६८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको व्यस्त सडक सधै जाम: ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न हम्मे हम्मे

    धरान/ दिनप्रतिदिन बढ्दै गएको सवारी साधनका कारण धरानको भानुचौक सधै अस्तव्यस्त रहने गरेको छ । विशेष गरेर धरानको मुटु भानुचौकबाट छाताचौकसम्मको सडकमा अत्याधिक जाम हुने गरेको छ । जामलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे हम्मे पर्ने गरेको छ । साँघुरो सडक त्यसमाथि सवारी चापका कारण व्यवस्थापनमा चुनौति थपिएको ट्राफिक प्रहरीले जनाएको छ । जामकै कारण सवारी चालकलाई समेत अत्यन्तै असजिलो हुने गरेको छ । भानुचौकबाट छातार्चाैक पुग्न सवारी चालकलाई २० देखि २५ मिनेट लाग्ने गरेको छ । धरान १५ का मिलन लिम्बुले धरानको भानुचौकदेखि छाताचौकसम्मको सडक अत्यन्तै व्यस्त सडक भएको बताउँछन् । यो सडक क्षेत्रमा प्राय

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • ७३० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved