समाज

    Showing 5,631-5,640 of 6,725 items.
  • अन्तरधार्मिक शान्ती सम्वाद सम्पन्न

    इटहरी/ स्थानीय स्तरमै धर्मका अनुयायीहरु बिच धार्मिक सहिष्णुता र धार्मिक सद्भाब प्रवद्र्धन गर्न अभियान संचालन गरिरहेको मोरङको लेटाङमा अन्तरधार्मिक शान्ती सम्वाद सम्पन्न भएको छ । प्रदेश न. १ लाई कार्य क्षेत्र बनाई २२ बर्षदेखि निरन्तर सामाजिक सेवामा रहेको सामुदायिक विकास मञ्च नेपालले दशै तथा दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै हिन्दु, इसाई, किँरात, इस्लाम, स्वर्गिक मार्ग र बौद्ध धर्मका ६ धर्मगुरु सहित अनुयायीहरुको उपस्थितमा शान्ती सम्वाद सम्पन्न गरेको हो । कार्यक्रममा भिन्न भिन्न धर्महरुलाई एकताको सुत्रमा बाध्न हरेक मौलिक पर्वहरुको महत्वमा वृद्धि भएको सहभागीहरुले बताए । समुदायमा

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 905 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रधानमन्त्रीको बाढी अनुगमन: आश्वासन बाँडे, हेलिकप्टरमा उडे

    इटहरी\ केही दिन अघिको बाढीले क्षति पु¥याएको स्थानमा अवलोकन गर्न आएका प्रधानमन्त्री शेर बहादुर देउवाले राहतको प्याकेज घोषणा गर्छन भनेर इटहरीवासी सहित अन्य स्थानका नागरिकहरु आश्वस्त थिए । प्रधानमन्त्री आउने चर्चा अघिल्लो दिन देखिनै चलेका कारण राहतको अपेक्षा गरेर बसेका थिए । आइतबार प्रधानमन्त्री आए, इटहरीको सशस्त्र प्रहरीको पुर्वी मुख्यालयमा उत्रिए, त्यहीबाट आश्वासन दिएर फर्के । राहतको अपेक्षा गरेका नागरिकलाई राहत त बाडेनन्, आश्वासन चै बाडे अनि हेलिकप्टरमा उडे । काठमाण्डौबाट हेलिकप्टर चार्टर गरेर सुनसरी लगायत पुर्वका विभिन्न जिल्लाहरू पुगे । तर उनले काठमाण्डौं पुगेर राहतका प्याकेज ल्याउ

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 1,067 पटक पढिएको
    • "तेजबहादुर बन/भगीरथ भण्डारी"
  • ‘परम्परागत दशै हराउँदै छ’

    धरान । पहाडी ग्रामीण क्षेत्रमा दशैको पूर्व सन्ध्यामा छुट्टै रौनकता छाउथ्यो । दशै भित्रिन लाग्दा घर आगन सरसफाई देखि लिएर रातोमाटोले लिपपोत गर्दा गाउँनै झिलीमिली भएको आभाष हुन्थ्यो भने दशैको रौनकता समेत छुट्टै हुन्थ्यो ।तर पछिल्लो समय ढुँगामाटाले बनेका घर विस्थापित भई पक्की भवन निर्माण हुन थालेपछि रातो माटोले लिपपोत गरेर घर रंग्याउने चलन नै हराउँदा गाउँ घरमा दशै आएको रौनक नै हराउन थालेको छ । लाली गुरास नगरपालिका वडा नं. २ की नैनमाया थापा दशै आउन लागेपछि घर लिपपोतमा व्यस्त हुन्थिन् । दशै भित्रिन थालेसँगै रातोमाटो र कमेरोले घर रंगाउन थाल्थिन । तर उनी २०६० सालमा बसाई सरेर धरान झरिन् । छोराले विदेश

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 948 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • प्रदेश सरकारको स्थायी संरचना बनाउन जग्गा खोजी

    विराटनगर/ प्रदेश नं १ सरकारले प्रदेशको व्यवस्थापिका र कार्यपालिका स्थायी संरचना विराटनगर भन्दा बाहिर निर्माण गर्ने तयारी थालेको छ ।प्रादेशिक संरचना एकै ठाउँमा बनाउने र यस्तो संरचना विराटनगर भन्दा बाहिर हुने सरकारका मुख्यमन्त्री भीम आचार्यले स्पष्ट गरेका छन् । सरकारले निर्णय गरी जग्गाको खोजीको काम समेत शुरु भईसकेको आचार्यले जानकारी दिएका छन् । आचार्यले भने, “प्रदेशिक संरचना एकै ठाउँमा बनाउन सरकारले काम शुरु गरिसकेको छ । प्रारम्भिक रुपमा हामीले जग्गा खोजी गर्ने काम थासिकेका छौं ।” २०७६ वैशाख २३ गते प्रदेशको स्थायी राजधानी विराटनगरमा राख्ने र प्रादेशिक नयाँ संरचनाको सुनसरीको इटह

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 954 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • इलाममा महङ्गीयो उपभोग्य वस्तुको मूल्य

    इलाम । दशै, तिहार, छट लगायत पर्वहरु नजिकिदै गएपछि इलाम बजारमा उपभोग्य सामानको मुल्य महङ्गीएको छ । बजारमा खाद्यान्न, तरकारी फलफूल, लत्ताकपडाको मुल्य महङ्गीन थालेको हो । नियमित बजार अनुगमन नहुँदा बजार महङ्गीन थालेको हो । पहिले बजारको नियमीत रुपमा अनुगमन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयलाई थियो । तर स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहलाई समेत बजार अनुगमनको अधिकार दिएको छ । अहिले बाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतका निकायलाई बजार अनुगमनको अधिकार छ । जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिलाई अनुगमनको अधिकार छ । अनुगमनको लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई बजार निरीक्षण अधिकृतको

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 707 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • जन्मदै मलद्वार विहीन : आर्थिक अभावले चार बर्षदेखि रोग पाल्न बाध्य

    रंगेली/ जन्मदै देखि मलद्वार टालिएका देवराज मंण्डलका ४ वर्षिय छोराको आर्थिक अभावका कारण उपचार गराउन सकेका छैनन् । रंगेली नगरपालिका ३ स्थित भलुवा झोडामा विगत दश बर्ष देखि सुकुम्बासी जग्गामा बस्दै आएका मंण्डलका ४ बर्षका छोरा जन्मदै देखि मलद्वार टालिएको अवश्थामा छ । मलद्वार टालिएको अवस्थामा जन्म भए पछि अहिले सम्म आर्थिक अभावका कारण शल्यक्रिया हुन नसक्दा अहिले पेटको साईडमा प्वाल पारेर मलद्वार जाने ठाउँ बनाइएको छ । उनी अहिले जीवन र मरणको अवस्थामा छन् । आर्थिक अभावले परिवारनै पाल्न धौं धौं रहेको देवराजको परिवारमा उनको श्रीमती, ३ छोरी छन् । आर्थिक अभावकै कारण उनको तीनवटा छोरीहरुलाई पठनपाठनका लागि काप

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 1,039 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • पारिवारिक सुरक्षा माथि चुनौती

    विराटनगर\ संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा आफन्तकै संलग्नता देखियो । योजनागत रुपमा एउटै परिवारका छ जनाको हत्या अर्को परिवारका सदस्य मिलेर गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीलाई मुख्य योजनाकार सहित संलग्नलाई पक्राउ गर्न सफलता मिल्यो । गत भदौ २१ गते ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजबहादुर कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाति दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको सामूहिक हत्या भएको थियो । हत्या आरोपमा भदौ २७ गते प्रहरीले लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको थियो । पछि छिमेकी ४

    • प्रकाशित मितिः असोज १२, २०७८
    • 933 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • इँटा व्यवसायीमाथि अदालतको गेट नजिकै खुकुरी प्रहार

    विराटनगर । एक इँटा व्यवसायीमाथि उच्च अदालत विराटनगरको गेटमै खुकुरी प्रहार भएको छ । मोरङको कटहरीमा इँटाभट्टा संलान गर्दै आएका व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार खुकुरी प्रहार भएको हो । घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लामाको विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अवस्था भने खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा विराटनगर आइपुगे लगत्तै विराटनगरमा आक्रमण भएको हो । उनले कटहरी गाउँपालिका&

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 1,530 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • त्रिपालमै दशै

    धरान । गत बर्ष असोज ३ गते धरान २० विष्णुपादुका स्थित आपटारमा गएको पहिरोबाट विस्थापित परिवारले यस बर्षको दशै पनि त्रिपालमै मनाउने भएका छन् । एक वर्ष अघि पहिरोले जायजेथा बगाए पछि नेपाल रेडक्रस सोसाइटीले बनाइदिएको त्रिपालमै अघिल्लो वर्षको दशै मनाएका थिए, यस वर्ष पनि त्रिपालमै बित्ने भएको छ । खेतीपाति मुख्य आम्दानीको स्रोत भएका उनीहरुको घर खेत नै पहिरोले लगेपछि गुजारा चलाउन नै मुस्किल परेको छ । गत बर्ष दशै नजिकिदै जाँदा गएको पहिरोका कारण उठीबास बनेका उनीहरुको वासस्थानको अझै राम्रो टुङ्ंगो लागि नसकेको अवस्थामा यस वर्ष पनि दशै त्रिपाल मुनि मनाउन बाध्य छन् भने कहीँ कतैबाट दीर्घकालीन समस्या समाधान न

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 971 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • ‘मैले पैसा र पदको लागि कहिल्यै सोचिन : निस्वार्थ सेवा गरिरहे’

    धरान । मानिसमा प्रायः स्वार्थ भाव बढी हुन्छ, उसले हरेक काम गर्दा आफ्नो स्वार्थसँग जोडेर हेरेको हुन्छ । चाहे त्यो जुनसुकै क्षेत्रमा काम गर्ने होस् मानवीय भावसँगै स्वार्थ पनि जोडिएर आएको हुन्छ । तर समाजमा यस्ता मानिस पनि छन् जो स्वार्थलाई भन्दा पनि आफ्नो कर्तव्य र सेवाभावलाई बढी प्राथमितामा राखेर काम गर्ने गर्छन् । उनीहरु पैसा र पद भन्दा पनि सेवाभावलाई आफ्ने सन्तुष्टिको केन्द्रविन्दु मान्छन् । स्वास्थ्य क्षेत्रमा पनि यस्तो मानिस पाउन धेरै मुस्किल हुन्छ । केही न केही स्वार्थ बोकेर उनीहरुले काम गरेका छन् । प्रतिष्ठानमा आएका धेरै चिकित्सकहरुमध्ये केही चिकित्सकमात्र सेवाभाव बोकेर आएका छन् । करोडौ

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 2,156 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved