धर्मदेवी नगरपालिकाको भवन वषौँ देखि अलपत्र

  • मंसिर १९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

संखुवासभा/ संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य करिब २ वर्षदेखि अलपत्र परेको छ । भवन निर्माणको ठेक्का पाएको स्वामी नारायण बिनायक जे.भीले काम बिचैमा छाडेर हिंडेपछि नगरपालिकाको भवन निर्माण कार्य अलपत्र अवस्थामा पुगेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयनारायण खनालका अनुसार ठेकेदार कम्पनीले सम्झौता भएको मिति देखि काममा कुनै चासो देखाएको छैन । ‘पटकपटक सम्पर्क ग¥यौँ उहाँले त्यसमा कुनै चासो देखाउनु भएन खनालले भने, सम्झौता भएको मितिले २ वर्ष भित्रमा काम सम्पन्न गरि नगरपालिकालाई बुझाउनुपर्नेमा अहिलेसम्म दुई÷तीन प्रतिशत पनि काम भएको छैन ।’ धर्मदेवी नगरपालिका–३ मुढेशनिश्चरेमा कुल ५ करोड २६ लाख ६१ हजार ५ सय ८३ रुपैँयामा भवन निर्माणका लागि काम गर्ने सहमतिमा कम्पनीले ठेक्का पारेको थियो । २०७८ पौष २८ गते भएको सम्झौता अनुसार २०८० पुष २८ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने सहमति भएको थियो । मिति गुज्रिन लाग्दा पनि भवन निर्माण कार्य अझै अलपत्र बनेको छ ।

जिल्लाको १० वटा स्थानीय तह मध्ये अधिकांश पालिकाको आ–आफ्नै भवन छ तर स्थानीय तहको पहिलो पाँच वर्षे कार्यकाल सकिएको ६ महिना बितिसक्दा पनि अघिल्लो सरकारको उदासिनता र ठेकेदारको लापरवाहीले नगरको आफ्नै भवन नबन्दा सेवाग्राही चिन्तित भएको स्थानीयबासी छिरिङ् शेर्पाले बताउछन् । स्थानीय कामदार पेमदोर्ची शेर्पाका अनुसार ठेकेदारले काम लगाएर भुक्तानी नदिँदा मजदुरहरु मारमा परेको गुनासो गरे । उनले भने, ‘पैसा आउने आसमा धेरै काम गरिसके, भएजति सबै लगानी भइसको, अहिलेसम्म एक रुपौँया पाएको छैन, उसलाई फोन गर्दा सम्पर्कनै हुँदैन ।’

ठेकेदारको लापरवाहीका कारण भवन नबन्दा अहिले कार्यालय भाडाको कोठाबाट संचालित छ । साँघुरो र अब्यवस्थित कार्यालयका कारण सेवाप्रवाह सहज नभएको वडा नं ३ का वडाअध्यक्ष श्यामबहादुर पौडेलले बताए । नगरपालिकाका मेयर उदयचन्द्र पौडेलले भवन निर्माणको सम्झौता अघिल्लो सरकारको पालोमा भएपनि आफू निर्वाचित भएर आएपछि पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएकोले अब कानुन बमोजिम कारवाहीको प्रक्रियामा जानुको विकल्प नभएको बताए ।

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

धनकुटामा पहिलो पटक श ...

इटहरी/  जिल्लामै पहिलो पटक बुधबार साँझ धनकुटा ...

नाम्जेको होमस्टेमा च ...

धरान/ अमेरिकाको सिएननले विश्वमा रहेको १२ औं गन्तव् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved