आमचोक बजारमै फोहोर डम्पिङ व्यवस्थापनका लागि शुरु गर्‍यो पहल

  • मंसिर २०, २०७९
  • भगरीथ भण्डारी
alt

इलाम/ आमचोक बजारको फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा वर्षौ देखिको फोहोर बोरामा हालेर पसलको छेउमा थुप्री रहेको थियो । सुगम मानिएकै जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिका केन्द्रको फोहोर व्यवस्थापनमा कसैको आँखा नपरेपछि बजारलाई गिज्याइरहेको थियो ।

स्थानीय तहको दोस्रो निर्वाचन पश्चात फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकस्थित शुक्रबारे बजारमा वर्षाैंदेखि थुप्रिएको फोहोर व्यवस्थापन थालिएको छ । गाउँपालिकाले फोहोर विसर्जनका लागि जमिन व्यवस्थापन गरेपछि बजारको फोहोर व्यवस्थापन थालिएको हो । बजारका व्यवसायीले बोरा र ड्रमहरूमा लामो समयदेखि फोहोर फाल्ने ठाउँ नभएपछि थुपारेर राखेका थिए । व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण लामिछानेले यो बजारको फोहोर व्यवस्थापन गर्न हामीले पटक–पटक गाउँपालिकालाई ज्ञापन पत्र बुझायौ तर सुनुवाइ भएको थिएन,’ उनले भने, ‘अस्ति वैशाखमा नयाँ जनप्रतिनिधि आए यता यहाँको फोहोर व्यवस्थापनमा उहाँहरूले ध्यान दिनुभयो त्यसपछि काम सुरु भयो ।’

गाउँपालिकाको कार्यपालिका बैठकले शुक्रबारे बजारको फोहोर विसर्जन गर्न डम्पिङ साइट व्यवस्थापन गरेरै काम थालेको छ । वर्षाैं यता रास लागेको फोहोर अब सफा हुने भएपछि बजार बासी हर्षित छन् । शुक्रबारे बजार रहेको फाकफोकथुम वडा ३ का अध्यक्ष दीपेन्द्र लिम्बूले यहाँको फोहोर समस्या जटिल रहेका बेला फोहोर व्यवस्थापनको कार्य योजना बनाएको बताएर काम थालेको बताउँछन् । उनले भने, ‘बोतल, प्लास्टिक र अन्य कुहिने–नकुहिने फोहोरले बजार दुर्गन्धित भइसकेको थियो, ‘अब भने त्यो समस्या हुने छैन ।’ यहाँको फोहोर करिब ५ किलोमिटरमा रहेको जमिनमा विसर्जन गरिने भएको छ । स्थानीय नस्वा खोला भन्ने ठाउँको जङ्गलमा जमानसिंह, रेवत र कमल पौडेलले जमिन निःशुल्क दिएपछि फोहोर व्यवस्थापन गर्न थालिएको लिम्बुले बताए । ‘दाताले फोहोर व्यवस्थापनका लागि २ रोपनी जमिन दिनुभएको छ,’ उनले भने, ‘जमिन गाउँपालिकाको नाममा आउन बाँकी नै रहे पनि फोहोर व्यवस्थापन सुरु भइसकेको छ ।’

फोहोर व्यवस्थापनको बाटो खुले सँगै महिनाको कम्तीमा २÷३ पटक बजार सफाइ गर्ने पालिकाको योजना छ । ‘यसअघि पनि गाउँपालिकाले फोहोर सङ्कलनका लागि डस्टबिन त वितरण गरेको भए पनि डस्टबिनमा सङ्कलित फोहोर कहाँ विसर्जन गर्ने ठाउँ नहुँदा समस्या हुँदै आएको थियो । पालिकाले पनि निकै समस्याका रूपमा रहेको शुक्रबारे बजारको फोहोर व्यवस्थापन हुनु उपलब्धिमूलक भएको बताएको छ ।

उपाध्यक्ष कल्पना राईले गाउँ कार्यपालिका बैठकले फोहोर व्यवस्थापनका लागि जमिन भेटेको र बजार सरसफाइमा सघाएको बताइन् । उनले भनिन्, ‘फोहोर व्यवस्थापन नहुँदा वातावरण प्रदूषण र खानेपानी समेत दूषित हुने जोखिम बढेपछि फोहोर विसर्जन थालिएको हो ।’ उनले व्यवस्थापन सुरु थाले पनि कार्यविधि तयार नभएको र अव कार्यविधि नै बनाएर गाउँपालिकाले स्थानीय बजारहरूको फोहोर व्यवस्थापन गर्ने बताइन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बुले पालिकाको केन्द्र रहेको बजारमा फोहोर व्यवस्थापन मात्र नभएर खानेपानी अभावको व्यवस्थापनका लागि पनि लागि परिरहेको बताए । यो सँगसँगै पालिकाको केन्द्र रहेको बजार भित्रको सडक कालोपत्रे गर्ने गरी डिपियार तयार गर्न लागेको लिम्बुको भनाई छ ।

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved