समाज

    Showing ५,५८१-५,५९० of ७,१४८ items.
  • धरान १० मा बेवारिसे शव

    धरान / धरान उपमहानगर –१० पुतलीलाईनमा एक बेवारिसे शव फेला परेकोछ । धरान १० को सडक छेउमा रहेको झाडिमा ह अन्दाजी २५ देखि ३० बर्ष जस्तो देखिने एक युवकको शव फेला परेको धरान प्रहरीले जनाएको पहिचान खुल्लन नसकेको ती युवकको शब धरान स्थित बि.पि.को.स्वा.बि. प्रतिस्ठानमा पोस्माटमको लागी लगिएको प्रहरीले जनाएकोछ । थप अनुसन्धान भइरहेकोD.S.P. बुद्ध श्रेष्ठले बताए।  

    • प्रकाशित मितिः पुस ८, २०७९
    • १,४८८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तोरीबारीको अध्यक्षमा सिग्देल

    बराहक्षेत्र / तोरिबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बराहक्षेत्र १ को अध्यक्षमा डम्बरप्रसाद सिग्देल तेस्रो कार्यकालका लागि बिजयी बनेका छन् ।आफ्ना निकटतम प्रतिद्धन्द्धी कृष्णप्रसाद कट्टेललाई फराकिलो मतान्तरले पछि पार्दै सिग्देल विजयी भएका हुन् ।सिग्देलले कट्टेललाई ३ सय २१ को मतान्तरले पराजित गरेका हुन । निर्वाचन समितिका संयोजक ज्ञानबहादुर पाण्डेका अनुसार सिग्देलले ६ सय २ मत र कट्टेलले २ सय ८१ मत मात्र प्राप्त गरेका थिए । १४ सय १५ खानेपानीको उपभोक्ता रहेको समितिमा ९ सय २९ उपभोक्ताले मतदान गरेका थिए । त्यस्तै सदस्य भूगोल वडा नं. १ तर्फबाट मदनबहादुर बस्नेत (राजन) र वडा नं. २ भूगोल तर्फ

    • प्रकाशित मितिः पुस ८, २०७९
    • ६८३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • काम एक महिनामा सक्ने महानगरको तयारी

    मोरङ / विराटनगरको मुटुमा रहेको हिमालय रोडको सबै संरचना एक निर्माण सम्पन्न गरेर महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ । सिक्किमको एमजी रोडको नमुनाका रुपमा विराटनगरमा सो रोडमा विभिन्न संरचना निर्माण सुरु गरिएको थियो ।  ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि निर्माणले गति लिन सकेको थिएन । महानगरका मेयर नागेश कोइरालाले ठेकेदारलाई बोलाएर निर्माणलाई गति दिन निर्देशन दिएका थिए । मेयरको निर्देशनपछि हाल बत्ती जडान, फाउन्टेन निर्माण, टायल बिछ्याउनेलगायतको सौन्दर्यकरणको काम तीव्र रुपमा भइरहेको छ । सो सडकको संरचना बिगारेको भन्दै केही स्थानीय अझै पनि विरोध गर्दै आएका छन् । यो सडकलाई एमजी रोडकै नम

    • प्रकाशित मितिः पुस ८, २०७९
    • ८३० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उच्च अदालतको अन्तरिम आदेश : सावुन उद्योग निर्माणमा रोक

    धरान / धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले निर्माण शुरु गरेको ‘माया धराने’ साबुन उद्योगलाई उच्च अदालतले निर्माण कार्य रोक्न अन्तिरिम आदेश जारी गरेको छ ।कार्यपालिकाको बैठकले साबुन उद्योग निर्माण गर्ने निर्णय गरेको दाबी गर्दै आएका साम्पाङले धरान २० को नमूना टोलमा निर्माण कार्यलाई सुचारु गरेका थिए । तर डिभिजन वन कार्यालयले धरान उपमहानगरपालिका र मेयर साम्पाङलाई विपक्षी बनाएर रिट दायर गरेको थियाो । सो रिट उपर उच्च अदालतले बुधवार निर्माण नगर्न अन्तिरिम आदेश दिएको हो ।उच्च अदालतका न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासको आदेशामा साबुन उद्योग निर

    • प्रकाशित मितिः पुस ८, २०७९
    • ७२९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहरीकरणसँगै जमिन खण्डीकरण हुँदै

    धरान / आधुनिक शहरीकरणसंगै पछिल्लो समय पूर्वका धेरै स्थानमा जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै गएका छन् । अधुनिक शहरीकरणको नाममा बर्षौदेखि खेति गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै महगोमा जग्गा खरिद विक्री हुन थालेपछि खेतियोग्य जमिन घडेरीमा परिणत हुन थालेका हुन् । साविकको पाँचकन्या गाविस तथा अहिले धरान उपमहानगरपालिका वडा नं. ४, ५ र ६ विगतमा धरानको कृषि पकेट क्षेत्रमा लिने गरिएको थियो । उब्जनी हुने धान तथा सागसब्जी उब्जनीको हिसाबले पाचकन्याले सुनसरीको चार भागमध्ये एक भाग ओगट्न गरेको थियो अर्थात ५३ हजार ५ सय खेतीयोग्य जमिनमध्ये पाचकन्यामा ६ हेक्टरमा खेती हुने गरेको जिल्ला कृषि कार्यालय सुनस

    • प्रकाशित मितिः पुस ८, २०७९
    • ५०६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु

    झापा / झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु भएको जनाइएको छ । यही अवधिमा १६ वटा हात्ती समेत मरेको बताइएको छ। जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरूको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र बाख्रालाई घाँस काट्न जङ्गल गएका बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्ती आक्रमणमा परी मृत्यु भएको छ ।

    • प्रकाशित मितिः पुस ७, २०७९
    • ६२८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ऐतिहासिक संरचनाको संरक्षण आवश्यक

    उदयपुर जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी गाउँपालिका–५ स्थित पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक उदयपुरगढीको पुनर्संरचना भइरहेको समाचार प्रकाशमा आएको छ । सो ऐतिहासिक गढीले पुरानै स्वरूप प्राप्त गर्दै गरेको समाचारले नेपालीहरूलाई पक्कै पनि सुखद् अनुभूति दिएको छ । हरेक क्षेत्रमा बेथिति र अराजकता मात्र व्याप्त भइरहेको बेला आएको सकारात्मक समाचारले सर्वसाधारणमा आशाको सञ्चार गरेको छ । यो स्वाभाविक पनि हो । तीन वर्षयता भइरहेको पुनर्संरचनाअन्तर्गत गढीको निर्माण कार्य अहिलेसम्म झन्डै ८० प्रतिशत पूरा भएको समाचारमा उल्लेख छ । यो गढी २५० वर्षभन्दा अघिको सो गढी ध्वस्त भएको थियो तर अहिले भग

    • प्रकाशित मितिः पुस ७, २०७९
    • ५६३ पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • चर्को व्याज विरुद्धको आन्दोलन आजबाट

    मोरङ / बैंकले लिएको चर्को ब्याजदरका विरुद्ध आन्दोलित हुँदै आएका उद्योगी तथा व्यापारीहरुले विहीबार (आज) बाट पुनः आन्दोलन गर्ने भएका छन् । मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गरेर स्थागित गरिएको आन्दोलन बिहीबारबाट ज ारी राख्ने परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले बताए । बुधबार बिराटनगरमा पत्रकार सम्मेलने गर्दै उद्योगी व्यवसायीहरुले ब्याजदर नघटाएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् । अध्यक्ष घिमिरेले भने–‘ ‘चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ विरुद्ध आन्दोलन घोषणाग गरेका हौं सरकारले हाम्रो मागलाई वेवास्ता गरेकोले बिहीबारदेखि ब्याजदर नघटुन्जेल बन्द हड्तालमै उत्रिन्दछौंै ।

    • प्रकाशित मितिः पुस ७, २०७९
    • ६५० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिमाली तथा पहाडी जिल्ला सडक सञ्जालले जोडियो :तराई झरेर जानुपर्ने बाध्यता हट्यो

    धरान / पहाडी तथा हिमाली जिल्लाहरु तराईसँग सडक सञ्जाल जोडिएको लामो समय बिते पनि पहाडी जिल्लाबाट अर्को पहाडी जिल्लामा जान तराई झर्नैै पर्ने बाध्यता थियो तर पछिल्लो समय सडक विस्तार भएसँगै त्यो अन्त्य भएको छ । धनकुटामा करिब २०३८ सालदेखि नै सवारी साधन सञ्चालनमा आएका हुन् । धनकुटासँगै सीमाना जोडिएको पाँचथर जिल्लामा पनि करिब २०४२ सालदेखि यातायातको साधन सञ्चालनमा आएको बताइएको छ । बेलैदेखि यी जिल्लामा सवारी साधन तथा एक अपासमा सीमाना जोडिएको भए पनि धनकुटा सदरमुकामबाट पाँचथर सदरमुकाम जान तराईका सुनसरी, मोरङ र झापा र इलाम हुँदै करिब ३ किलोमिटर पार गरेर मात्र पुग्न सकिन्थ्यो । तर केही बर्ष यता पनि त्यो ब

    • प्रकाशित मितिः पुस ७, २०७९
    • १,०२२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेटको अभाव देखाउदै ट्राफिक भवन निर्माणको काम रोकियो

    झापा / नेपालीमा एउटा उखान छ, अर्काको काम कहिले जाला घाम । दमक ट्राफिक प्रहरी कार्यालयको भवनसँग ठ्याक्कै मिल्न गएको छ । एक बर्ष भित्रमा सम्पन्न गर्ने गरी २०७६  वैैशाखमै २३ गते १ नं. प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआइजी केदार रिजालको प्रमुख आतिथ्यतामा भवनको शिलान्यास गरिएको थियो ।तर शिलान्यास भएकै तीन बर्ष बितिसक्दा भवनको काम बल्लतल्ल ६० प्रतिशतमात्रै पूरा भएको छ । झापाको दमक ५ स्थित करिब २ करोड ८४ लाख रुपैयाँ लागतमा निर्माण शुरु भएको भवनको लामो समयदेखि निर्माणको काम रोकिएको छ । बजेट अभावकै कारण भवन निर्माणको काम लामो समयसम्म रोकिएको दमक ट्राफिक भवन निर्माण समितिका सचि

    • प्रकाशित मितिः पुस ६, २०७९
    • ४९४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved