धरान/ स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियान अन्तर्गत सुनसरीमा २२ हजार ६ सय ९३ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन आयोग सुनसरीले दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन मंसिर १७ गतेदेखी पुष १९ गते सम्म संचालन भएको थियो । आयोगले सञ्चालन गरेको पहिलो चरणको मंसिर १७ गतेदेखी पुष २ गते सम्मको विशेष कार्यक्रम अन्तर्गत १० हजार ३ सय २४ जना मतदाता थपिएका हुन् । आयोगका अनुसार इटहरीमा ३ हजार ६ सय ६२, रामधुनीमा १ हजार ६ सय ६५, देवानगन्जमा ६ सय ६५, बर्जमा ७ सय ८१ र भोक्राहानरसिंहमा १ हजार १ सय ५० गरी कुल ७ हजार ९ सय २३ मतदाता थपिएका हुन् ।
धरान/ एक सय २१ औँ धरान स्थापना दिवसको अवसरमा बुधबार धरानमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । वडा समितिहरूको समन्वयमा धरानका २० वटै वडामा सरसफाइ अभियान सञ्चालन गरिएको हो । यसै क्रममा धरान–१५ मा पनि अभियान सञ्चालन गरिएको थियो । उनीहरू फोहोर टिप्दै झोलामा हालिरहेका थिए । आफ्नो ठाउँ आफैँ सफा गर्नुपर्छ भन्ने जनचेतना पैmल्याउन कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष नरेश इवारम लिम्बूले बताए । ‘धरान स्थापना दिवसको अवसरमा कार्यक्रम गरेका हौँ ।’ उनले भने । वडाध्यक्ष लिम्बूको नेतृत्वमा भएको कार्यक्रममा विभिन्न टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरू सहभागी भएको तुलसी, भीष्म, चण्डेश्वरी
मोरङ/ माछा पोखरीमा डुबेर मोरङमा एकजनाको मृत्यु भएको छ । मोरङ बिराटनगर महानगरपालीका ११ मा रहेको माछा पोखरीमा डुबेर सोही स्थानका २८ वर्षीय सुजन कामतको मृत्यु भएको हो । गत पौष १५ गते देखी हराइरहेका कामतको खोजतलासी गर्ने क्रममा हिजो (मंगलबार) पोखरीमा मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङ/ लाखौं रुपैयाको घोटाला लुकाउन मोरङ स्थित रंगेली नगरपालिका ९ मा रहेको त्रिमुर्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहितका सञ्चालकहरुले आफु अनुकुल साधारणसभा गराउन लागेका छन् । संस्थाका अध्यक्ष चन्द्रप्रसाद निरौलाको समुहले सहकारीबाट लाखौं रुपैया अपचलन गरेको अडिट रिपोर्ट सहित छानबिन समितीको प्रतिवेदनले पुष्टि गरिसकेको छ । १५ वर्ष देखि अध्यक्ष पदमै रहेका निरौलाले आफ्नो कार्यकालमा गरेको अपचलनहरु लुकाउन आर्थिक वर्ष २०७७÷७८ को साधारणसभा आफु अनुकुल गराउन लागेको शेयर सदस्यहरुको आरोप छ । आर्थिक वर्ष २०७४÷७५ को साधारणसभामा निरौलाले गरेको आर्थिक अपचलन बाहिरिएको थियो । उनले गरेको ल
धरान/ चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अतिरिक्त शुल्क माग गरेको भन्दै नोबेल मेडिकल कलेजमा चरणबद्ध आन्दोलनमा रहेका एमबीबीएस विद्यार्थीहरुलाई एमाले निकट अनेरास्ववियु मोरङले समर्थन जनाएको छ । नोबेलले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई प्रवेशमा रोक लगाएको विरोधमा अस्पताल परिसरमा विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । अनेरास्ववियुले समर्थन जनाउँदै आन्दोलनमा सहित नेताहरू सहभागी भएका छन् । मंगलबार अनेरास्ववियू र एमबीबीएस अध्ययनरत विधार्थीहरुले संयुक्त आन्दोलन गर्दै मानव साङ्लो बनाएर अस्पताल परीषर घेरावन्दी गरेका थिए । त्यस्तै कागजको नमूना पैसा बनाएर अस्पताल प्रशा
मोरङ । खानेपानीको टं्याङकी भर्न र बन्द गर्न सहयोग पुग्ने स्वदेशमै निर्मित ‘अटोमेटिक वाटर लेभल कन्ट्रोलर’ बजारमा आएको छ ।स्वदेशमा उत्पादित ‘लकडाउन वाटर लेभल कन्ट्रोलर’ नाम दिइएको उपकरण विराटनगरमा सोमबार एक कार्यक्रमका बीच लन्च गरेर बजारमा ल्याएको हो । विराटनगर १६ मा रहेको सुवाल उद्योगले उपकरण उत्पादन गरि बजारमा ल्याएको हो । सेन्सरयुक्त उपकरणले खानेपानीको ट्याङकी खाली हुँदा अटोमेटिक रुपमा अन भएर मोटर चल्ने तथा ट्याङकीको लेभल अनुसार पानी भरिसक्दा आफैं बन्द हुने सुवाल उद्योगका संचालक केशवलाल सिंह सुवालले बताए । कोरियन टेक्नोलोजीको कन्ट्रोलर आफुहरुले विराटनगरमैं उत्पादन शु
धरान । करिब तिन वर्ष अघि निर्माण सम्पन्न भएको सुनसरीको इनरुवा स्थित बसपार्क अझै पनि संचालनमा आउन सकेको छैन् । संघीय सरकारले विनियोजन गरेको रकम उपलब्ध नगराएको भन्दै विरोध स्वरुप इनरुवा नगरपालिकाले बसपार्क संचालन गर्न नमाने पछि करिब तिन वर्ष देखि अलपत्र बनेको छ । इनरुवा नगरपालिका–४ मा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालनमा आउन नसकेपछि बसपार्कको प्रतीक्षालय, टिकट काउण्टरसहितका भित्तामा अनावश्यक कुरा लेख्ने क्रम बढ्दो छ । अहिले बसपार्कमा लागुपदार्थ दुव्र्यसनीको अखडा बन्दै गएको छ भने युवायुवतीहरुले टिकटक बनाउने, डेटिङ गर्नेको स्थलको रुपमा परिणत भएको छ । बसपार्कमा इनरुवा, भोक्राहा, हरिनगरका
सुनसरी/ पछिल्लो समय जलचराको संख्यामा कम हुँदै गएपछि यथार्थ अवस्था बुझ्न कोशीटप्पु क्षेत्रमा शनिबार देखि जलचराको गणना शुरु भएको छ । विगत ३० बर्ष देखि विभिन्न समुहको सक्रियतामा हुने जलपंक्षी गणना विगत २०१२ देखि कोशी पंक्षी समाजले गर्दै आएको छ । समाजका अध्यक्ष संजीव आचार्यका अनुसार यस वर्षको पाँच दिने चरा गणनामा ३० जनाको समूह परिचालित छ । गणनामा कोशी नदीभित्र र बाहिरका सिमसार क्षेत्रमा ५ दिनको समय लगाएर अवलोकन विधीबाट गणना गरिने छ । नदीभित्रको पूर्वी र पश्चिमी भागबाट दुई वटा डुङ्गामा १०–१० जना र बाहिरबाट १० जना स्वयंसेवकले गणना शुरु गरेकाछन् । जलचराको उपस्थिती, बासस्थानको अवस्था लगाय
सुनसरी/ सडक आसपास छाप्रो हालेर बसेका इटहरी–१७ का मुसहर घरपरिवारलाई व्यवस्थित गर्न स्थानीय सरकारले बस्ती निर्माण गरिदिए पनि २ वर्ष देखि खाली नै रहेको छ । नेपाल सरकारको तराई मधेस समृद्धि कार्यक्रमको ९० प्रतिशत र इटहरी उपमहानगरको १० प्रतिशत लगानीमा तयार गरिएको थियो । तर यी संरचना दुई वर्षदेखि खाली नै रहेका छन् । स्थानीय सरकारले छलफल नै नगरि काम गर्ने कम्पनी देखि टाढा बस्ती बनाएकाले उनीहरु जान नमानेका हुन् । बाउबाजे यहीँ जन्मेर यहीँ मृत्यु भएको भन्दै पुख्र्यौली थलो छाड्न नमानेको स्थानीय हेलनदेवी ऋषिले बताइन् । उनले भनिन्, ‘सरकारले घर निर्माण गर्नु अघि सल्लाह पनि गरेन, गाईवस्तु जस
सुनसरी/ छिमेकीको कुटाईबाट मानसिक संतुलन गुमाएकी कानेपोखरी ५ स्थित चिसाङ बस्तीकी शोभा दर्जीलाई उपचारको ऋण खर्च तिर्न अमेरिका बस्ने नेपालीहरुले सहयोग गरेका छन् । गत वैशाख ३० गते मोबाइल चोरीको आरोपमा छिमेकीले मानसिक संतुनल गुम्ने गरि कुटपिट गरेका थिए । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब ४ महिना उपचार गरे पछि घर फर्किएकी थिईन् । उनको उपचारमा लागेको औषधीको रकम तिर्न नसके पछि कोशीपत्र राष्ट्रिय दैनिकले निरन्तर समाचार सम्प्रेषण गरेको थियो । समाचारमा उल्लेख गरे अनुसार करिब ४ लाख रुपैया औषधीको ऋण तिर्न बाँकी रहेको थियो । औषधी पसलको ऋण तिर्न नसकेको समाचार प्रकाशित भए पछि वि