मोरङ/ प्रदेश एकमा सम्बन्ध विच्छेद र लागू औषधको मुद्दा बढी भएको पाइएको छ । मोरङ जिल्ला अदालतमो सम्बन्ध विच्छेद र लागुऔषधका मुद्दा दर्ताको संख्या धेरै रहेको पाइएको हो ।मोरङ जिल्ला अदालतमा चालू आर्थिक वर्ष २०७८। ७९ मा ४ हजार ६४१ वटा मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीरजंग राणाले बताए । उनले भने ‘दर्ता भएकामध्ये सबैभन्दा बढी फौजदारी कसुरमा पनि सम्बन्ध विच्छेदको बढी दर्ता भएको छ ।’मोरङ अदालतले चालू आर्थिक वर्षमा लक्ष्य भन्दा ३७९ वटा कम मुद्दा फैसला गरेको छ । चालू आवमा अदालतले ५ हजार ६१९ वटा मुद्दा फस्र्याैट गर्ने लक्ष्य लिएका भएपनि चालू आर्थिक वर्षको असार ३१ गतेसम्म
परिस्थिति र अवस्था यस्तो भैदिन्छ कि कहिले काँही कल्पना नै नगरेको विषयले ९घटनाक्रमले० मन–मष्तिष्कलाई खल्बल्याई दिन्छ र अत्यन्तै चिन्तित बनाउँछ । बाध्यात्मक भनौं त्यसको सामना गर्नै पर्ने हुन्छ ।धरानको विकासमा नयाँ सोचका प्रणेता, जनमुखी राजनीतिका भक्त तथा विचारमा प्रष्ट धरान उपमहानगरपालीकाको जनताका अतिप्रिय मेयर तारा सुब्बाको चौथो स्मृति दिन अर्थात एउटा अटेरी र अजीवको मान्छे गुमाएको दिन। साउन १ मा मात्रै तारा सुब्बालाई सम्झिनुपर्ने कुनै अनिवार्यता त छैन तर आज मैले उनलाई सम्झना गरेको छु । त्यो पनि आर्थिक अभावले उपचारमा ढिलाई भएर भएको सत्य तर आफ्नो मन र मष्तिष्कले कहिले स्विकार गर्न तय
धरान l प्रदेश एकको नामाकरण पछिल्लो समय थप पेचिलो बन्दै गएको छ । मुख्य ठूला दलहरुले कोशी वा सप्तकोशी नामाकरण गर्ने विषयमा छलफल गरिरहँदा पहिचानवादीहरुले यसमा आपत्ति प्रकट गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । प्रदेश सरकारको साढे चार बर्षको अवधिमा तीनवटा मुख्यमन्त्री फेरिए सके तर अब समय सकिन लाग्दा नेकपा एमाले तथा गठबन्धनका दलहरुले पहिचानको मुद्दालाई ओझेलमा पारेर प्रदेश एकको नामकरण गर्न लागेको भन्दै पहिचानवादीहरुले मंगलबार मुख्यमन्त्रीको कार्यालयमै पुगेर मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाउदै साउन ५ गते विराटनगरमा वृहत जनप्रदर्शन गर्ने जनाएका छन् । लिम्बुवान, किराँत संयुक्त संघर्ष
धरान । एसइई स्टेट १ डान्सिङ स्टार प्रतियोगितामा भाग लिएर सेकेण्ड रनरअप बनेकी प्रकृति खाापुलले भाइको जन्मदिन पारेर अपाङ्ग तथा असहायहरुलाई सहयोग गरेकी छन् । धरान–१२ को सुनाखरी एकेडेमीबाट एसइई दिएकी छात्रा खापुङले पुरस्कार वापत आएको रकम भाइको जन्मदिनका अवसरमा धरानको छाताचौकमा रहेको अपांग तथा असहाय केन्द्रमा सहयोग गरेकी हुन् । खापुङले उपाधिसँगै १५ हजार नगद र प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति पाएकी थिइन् । पुरस्कार रकममा २ हजार थप गरेर उनले भाई प्रतिक खापुङको जन्मदिनमा गृहका प्रमुख भीम राईलाई हस्तान्तरण गरेकी हुन् । गृहका प्रमुख भीम राईले प्रकृतिको सहयोगी मनको खुलेरै प्रशंसा
धरान । नेपालको कानुनमा गाँजा खेतिलाई अवैधानिक मानिन्छ । गाँजाको व्यापार व्यवसाय गर्नेलाई प्रहरी प्रशासनले पक्राउ गरेर कार्वाही गर्छ । देशभर दिनमा कही न कही गाजा कारोबारीलाई प्रहरीले प्रक्राउ गरेर कार्वाही गरिरहेकै छ । तर धनकुटाका सर्वसाधारणले भने गाजा खेतिलाई वैधानिकता दिनुपर्ने भन्दै अभियान नै चलाएका छन् । उनीहरुले ‘गाँजा वैधानिक महाअभियान’ चलाएर गाजालाई वैधानिकता दिनुपर्ने भन्दै हस्ताक्षर अभियान समेत चलाएका छन् । खाल्सा छिन्ताङ्ग धनकुटाका सर्वसाधारणले नेपालको गाँजा,समृद्धिको राजा नाराका साथ गाँजालाई वैधानिकता प्रदान गर्न पर्ने माग गर्दै धनकुटामा हस्ताक्षर अभियान असार २३ गतेदेख
धरान । अभियन्ता हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयर बनिसकेपछि पनि आफ्नो अभियानलाई छोडेका छैनन् । १४ बर्ष अभियानमा लागेर २०७९ सालमा भएको दोस्रो निर्वाचनमा स्वतन्त्रका तर्फबाट मेयर बनेका साम्पाङले धरानको खानेपानी समस्या समाधान, वृृक्षरोपणमार्फत धरानलाई स्वच्छ सफा बनाउने, दुव्र्यसनीमुक्त सहर बनाउने, भ्रष्टाचार न्यूनिकरण गर्ने, मितव्ययिता अपाउने, सरसफाई अभियान चलाउने र तारलाई व्यवस्थित गर्ने अभियानलाई निरन्तता दिइरहेका छन् । उनको अभियानलाई सार्थक बनाउन पछिल्लो समय धरानेहरुले समेत साथ दिन थालेका छन् । धरान २० पकुवा खोलामा पुगेर धरानका सर्वसाधारण, विभिन्न सरोकारवाला संघ संस्थाहरुले जनश्रमदान नै
धरान । लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिकामा रहेको पर्यटकीय स्थल अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र अन्य प्रजातिका विरुवाहरु रोपेका छन । आमाह वन उपभोक्ता समूह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षरोपण कार्यक्रमको आयोजना गरी विरुवा रोपिएको हो । अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ न. वडामा पर्दछ । आन्तरिक पर्यटकहरुमा अमाह सिमसार चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थल लगायतको निर्माण गरेका छन । पर्यटकिय स्थलको रुपमा चर्चित रहेको अम
धरान । धनकुटाको महालक्ष्मी नगरपालका वडा नं. ८ मुर्तिढुंगाका ४ जना महिलाहरु व्यवसायिक फ्रेविक माला बनाएर आत्मनिर्भर बनेका छन् । लक्ष्मी कार्कीको नेतृत्वमा ४ जना महिलाहरु मिलेर फेब्रिक माला बनाउदै आत्मनिर्भर बनेका हुन् । कार्कीसँगै समूहमा कल्पना चापागाई, बालिका थापा, र कमला थापाले माला बनाउने कार्य शुरु गरेका हुन् । धनकुटामा फूलको खेति हुने भएपनि फूल चाडै आइलाउने र दीगो समयसम्म राख्न नसकिने भएकोले पनि फ्रेविक मालाको प्रचलन बढ्दै गएकोले पनि व्यवसायिक फ्रेविक माला उत्पादनमा जोड दिएको लक्ष्मीले बताइन् । उनले भनिन्–‘विवाह, व्रतबन्ध लगायतका सामाजिक संस्कारमा पछिल्लो समय फ्रेविक मालाको प
धरान । मोरङको केराबारी ९ का सर्वसाधारण पुल निर्माण शुरु भएको लामो समयसम्म पनिा निर्माण सम्पन्न नहुदा बजारा आउजाउमा समस्या भएको छ । मोरङको बेलबारी केराबारी र लेटाङ जोड्ने तुर्के खोलामा आठ बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नहुदा त्यहाका सर्वसाधारणलाई बजारसम्म आउजाउमै समस्या हुने गरेको छ । केराबारी ९ घंघरुका हरेन्द्र पौडेलले यो पुल निर्माण नहुँदा बजारसम्म कृषि समाग्री बोकेर ल्याउन समस्या हुने बताए । गाउमै टेम्पो चलाएर गाउका किसानले उत्पादन गरेको कृषि समाग्री बजारसम्म ल्याउने गरेका उनले बर्षाद्को समयमा खोलाको बीचबाट टेम्पो ल्याउनुपर्ने बाध्यता हुदा टेम्पो नै डुब्ने खतरा हुने बताए । उनले भने&ndas
धरान । सुनसरी उद्योग वाणिज्य संघ धरानको अध्यक्षमा विजय श्रेष्ठले पराकिलो मतान्तरले अन्य प्रत्यासीलाई पछि पार्दै जित हात पारेका छन् । असार २२ गते भएको निर्वाचनको मत परिणाम मंगलबार सार्वजनिक भएको थियो । सार्वनिक मत परिणाम अनुसार विजय श्रेष्ठले उनका प्रतिद्वन्द्धी शिवराज श्रेष्ठलाई ५८९ मतको पराकिलो मतले जित हात पारेका हुन् । निर्वाचित अधिकृत प्रा.डा. राजेन्द्रा शर्माका अनुसार सुनसरी उद्योग वाणिज्य संघमा कुल २९७७ मतदाता रहे तापनि २२७४ मत मात्र खसेको थियो । अध्यक्षका तीन जना प्रतिष्पधीमा विजयी श्रेष्ठले १२२५ ल्याउदा शिवराज श्रेष्ठले ६३६ मत मात्र प्राप्त गरेका थिए भने पवन अग्रवालले ३३३ मत प्राप्त