धरान । नागरिकता नभएर निशुल्क उपचार पाउन नसकेकी धरान १४ की एक महिलालाई धरान १५ स्थित लाजेशा पथ तथा रामलक्ष्मण मार्ग टोल विकाश समितीले आर्थिक सहयोग गरेको छ । धरान १४ को नरसिंह मन्दिर छेउमा रहेको मन्दिरकै घरमा बस्दै आएकी सपना तावाहाङ लिम्बुलाई समितीले टोलवासीहरु सँग आर्थिक संकलन गरि सहयोग रकम प्रदान गरेको हो । मृगौला पिडित सपना उपचार गराउन समस्या भए पछि धरान १५ स्थित रामलक्ष्मण मार्गमा आफन्तको बस्दै आएकि छिन् । उनी १ महिना देखि दुवै मृगौला खराब भए पछि थलिएकी छिन् । उनलाई समितीले संकलन गरेको ४१ हजार २ सय ४० रुपैया प्रदान गरिएको छ । धरान १५ स्थित लाजेशा पथ, रामलक्ष्मण मार्ग, कस्तुरी मार्ग, इन्द्र
विराटनगर । भारत र नेपाली प्रशासनको समन्वयमा आज साँझ जोगबनी नाकाबाट दुई सय ५० जनालाई विराटनगर भित्र्याइएको छ । जोगबनी नाकासम्म भारतका विभिन्न क्षेत्रबाट आएका र त्यहीं आसपासका नेपालीलाई प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर ल्याइएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जोगबनी नाकामा नेपालतर्फ बन्द गरिएको ढाट खोलेर २ सय ५० जनालाई नेपालतर्फ ल्याइएको जानकारी दिएका छन् । उनले भने,“नजिक पालिकाकाहरुका भए उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाइने छ । पालिकाले नै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्नेछ । तर,टाढाको भए विराटनगर
काठमाण्डौं । नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवत्ता डा. बिकास देबकोटाले थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । नेपालमा हालसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ भने १५५ जना उपचारपछि निको भइसकेका छन्।
धरान । नागरिकता नभएकै कारण दुवै मृगौला खराब भएर थला परेकी धरान १४ की एक महिला राज्यले दिएको निशुल्क स्वास्थ्य सुविधाबाट बञ्चित हुनुपरेको छ । लकडाउनका कारण धरान स्थित इलाका प्रशासन कार्यालयले कर्मचारी नभएको भन्दै नागरिकता बनाईदिन नमाने पछि धरान १४ की सपना तावाहाङ लिम्बु स्वास्थ्य उपचारबाट बञ्चित हुनुपरेको छ । वडा नम्बर १४ को नरसिंह मन्दिर छेउमा रहेको मन्दिरकै घरमा बस्दै आएकी २३ वर्षिय सपनाले नागरिकता नहुँदा मृगौला पिडितलाई सरकारले दिने निशुल्क स्वास्थ्य उपचारबाट बञ्चित हुनुपरेको हो । उनको अहिले सम्म नागरिकता बनाएकी थिईनन् । दैनिक ज्यालादारी मजदुरी गरेर जिविकोपार्जन गर्दै आएकाले अहिले सम्म ना
काठमाडौं । जाजरकोटमा भएको दर्दनाक घटनाको छानविन गर्नका लागि सरकारले गृह मन्त्रालयका सहसचिवको संयोकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानविन गर्न समिति गठन गरिएको बताउनु भएको छ । गृहमन्त्री थापाले राष्ट्रियसभाको मंगलबारको बैठकमा त्यसबारे जानकारी गराउनु भएको हो । सहसचिव संयोजक रहेको समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिवलाई राखिएको छ । गृहमन्त्रीले जाजरकोटका १९ जनाको समूह युवती भगाउन रुकुम पश्च
काठमाडौं । नेपाली कांग्रसको भ्रातृ संगठन नेपाल दलित संघले रुकुम पश्चिम जिल्लाको चौरजहारीमा भएको हत्या घटनामा संलग्नमाथि हदै सम्मको कारबाही माग गरेको छ । दलित संघले हत्या घटनाका पिडीतलाई न्याय, क्षतिपूर्ती र सामाजिक सुरक्षाको ब्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । चौरजहारी नगरपालिका वडा नं। ८ मा अन्तरजातिय विवाह गर्न खोज्दा गाउँलेहरुले सांघातिक आक्रमणमा परी जाजरकोटको भेरी नगरपालिका वडा नं।४, रानागाउँका नवराज विकको मृत्यु भएको थियो । विकसँगै उनकी प्रेमिका ल्याउन गएका केही युवासमेत वेपत्ता रहेका बताइएको छ । दलित संघका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले प्रेस वि
सुनसरी । धनकुटाको हिलेमा कार्यरत नेपाली सेनाका हवल्दार मेजरको मृत्यु शंकास्पद रहेको भन्दै परिवारले छानबिनको माग गरेका छन् । रामधुनी ३ का हवल्दार मेजर पर्शुराम भट्राईको उपचारका क्रममा बिराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो । २ नम्बर बाहिनी अड्डा हिलेमा कार्यरत रहेका भट्टराइको टाउकोमा गहिरो चोट लागेको थियो । परिवारलाई खबर नै नगरि सेनाले आफै एम्बुलेन्सबाट उनलाई विराटनगर पुर्याएको थियो । परिवारले घटना भएको ४८ घण्टा पछि मात्रै जानकारी दिएको भन्दै आफन्तजनले आपत्ति जनाउँदै सत्य तथ्य छानबिन गर्न माग गरेका छन् । घटना शंकास्पद रहेकाले सत्यतथ्य जानकारी नदिए सम्म शव नबुझ्ने परिवारले बताएको छ ।
जिल्ला प्रहरी कार्यलय मोरङगले ईलका प्रहरी कार्यालय रंगेलीका निरीक्षक लेखनाथ दाहाललाई बैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित गरेको छ । ईलका प्रहरी कार्यालय मोरङ रंगेलीमा कार्यरत प्रहरी निरीक्षक लेखनाथ दहाललाई बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । लागु औषध उसारपसारमा संलग्न र फरार प्रतिवादीहरुलाई पक्राउ परी कानुनी दायारमा ल्याउन महत्तवपूर्ण भुमिका खेलेको, साथै विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोकथाम गर्न विभिन्न वडाहरु सग समन्वय गरी क्वारेन्टाईन निमार्ण , राहात वितरण , तथा कोरोान भाइरस सम्बन्धि विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरेको र सरकारले लागु गरेको लकडाउनल
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज साँझ ५.३० बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको हो । उत्त सम्वोधनको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्नु अघि ५ बजे मन्त्रिपरिषद्को बैठक पनि बस्दै छ । बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने विषयमा छलफल हुने बताईएको छ । यसै विषयमा छलफल गर्न आईतबार नै मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, अन्तिम समयमा बैठक स्थगित भएको थियो । त्यही बैठक सोमबार साँझ ५ बजे बस्ने
विराटनगर । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोरोत्तर प्रगतिको लागि भन्दै शुभकामना व्यक्त गरेका हुन । यस वर्ष विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड—१९) का कारण यी चाडपर्व खुला र भव्य रुपमा आयोजना गरी मनाउन सम्भव भएन, मुख्यमन्त्री राईले कोरोना भाइरसको भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन विशेष अपील समेत गरेका छन् । विभिन्न धर्म, संस्कृति, भेषभूषा,