दुहबी / सुनसरीको दुहबीमा विद्युतीय गाडीको डिलरको उद्घाटन गरिएको छ । नगरपालिकाको ३ नं वडाको कोशी राजमार्ग छेउमा इलेक्ट्रीक सवारी साधनको मुख्य डिलर उदाटन भएको हो । डिलरको उद्घाटन शनिवार दुहबी नगर प्रमुख बेद गच्छादारले गरेका छन् नगर प्रमुख गच्छादारले बातावरणीय प्रदुषण नियन्त्रण गर्न र महंगो तेल प्रयोग गर्ने बाध्यताबाट सर्वसाधारणलाई राहत मिल्ने बताए । उनले यस्ता सवारीहरु लामो दूरिमा जाँदा चार्जिङ्गको समस्या हुने हुँदा ठाउँ ठाउँमा चार्जिङ सेन्टर समेत हुन आवस्यक रहेको बताए । चाइनादेखि आयात गरी पूर्वाञ्चलकै मुख्य आयातकर्ता टीएम मोटर्स कम्पनिले दुहबी मै प्रधान कार्यालय स्थापना गरी बिधिवत रुपमा
देशभक्त विकसित देश ,समृद्ध नेपाल खोज्छमान्छे आफ्नै देशमा यसरी पनि काल खोज्छ ।। यो सरकार चोर्न लुट्न जताततै प्वाल खोज्छ देश सिमामा मेची महाकाली पर्खाल खोज्छ ।। यो ज्यानलाई उसको खोज यस्तो छ महोदयजस्तो बिरामी हुँदा मान्छे अस्पताल खोज्छ ।। यी आँखाहरू को भाषा कसले बुझ्ने खै यहाँजवाफ नआउँदापनि कहिल्यै सवाल खोज्छ ।। फाइदामा एकछिन मिले भन्दैमा भ्रममा नपरौँपछि गौले गौकै ,बाख्राले बाख्राकै बगाल खोज्छ ।।
मोरङ / त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीज सोम्स कलेजले आफ्नै कलेजमा अध्ययनरत छात्र सुमन खवासलाई आर्थिक सहयोग गरेको छ ।छात्र सुमन खवास बिगत तनि महिना देखि आन्द्राको क्यान्सरबाट पिडित थिए । बिबिएस दोस्रो वर्षमा अध्ययनरत सुमनको परिवारिक अवस्था कमजोर रहेको साथै उपचारको क्रममा परिवार समेत ऋणको भारमा परिरहेको पिडीतकी आमाले बताइन् । सुमनकी आमा पाठेघरको क्यान्सर भएको र निकै ठूलो खर्च र लामो समय सम्म उपचार गरी अहिले ठिक भएको आमा रिन्कि देवी खवासले बताइन् । विराटनगर ६ व्रम्हपूरा वसोवास गर्ने सुमनको ५ जनाको परिवारमा बुवा ट्याक्टर चालकको रुप
सुनसरी / प्रदेश सरकारको मितव्यायिताको कुरा उठिरहँदा प्रदेश १ सरकारको मन्त्रालय घटाइएको छ । प्रदेश १ सरकारले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेको हो ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेर १३ वटा साविकका मन्त्रालयलाई ९ वटामा सीमित गरेको छ । मन्त्रालय घटाएसँगै मन्त्रालयको संरचनाको समेत टुंगो लगाएको छ । यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय खारेज भएको छ । यस्तै मन्त्रिपरिषद्का्े बैठकले सरकारको प्रवक्तामा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप
धरान / सुरक्षित आप्रवासन परियोजना (सामी) ले वैदेशिक रोजगारीमा जानेहरुलाई जानकारी दिन विभिन्न कार्यक्रम अगाडि सारेको छ । स्वीजरल्याण्ड सरकारको कार्यक्रम अन्तर्गत यो कार्यक्रम नेपालका १५६ स्थानीय तहमा कार्यक्रम अगाडि बढाएको छ । सुनसरी जिल्लाको हकमा भने धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र भोक्रा गाउँपालिकामा सामीको कार्यक्रम सञ्चालनमा रहेको छ ।सोही कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिकामा समेत यो कार्यक्रम शुरु भएको छ । यस कार्यक्रम अन्तर्गत सामीले ५ वटा क्षेत्रका काम गर्ने गरेको सुरक्षित अप्रवावासन परियोजनाका जिल्ला संयोजक धिराज भट्राई बताउँछन । खास गरेर यसले विदेश जानेहरुका लागि सूचना
मोरङ / १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको पूर्वसन्ध्यामा विराटनगरमा ¥याली निकालिएको छ । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा शुक्रबार (आज) देखि प्याब्सन स्पोर्ट्स मिट सुरु हुदैछ । प्याब्सन स्पोर्ट्स मिटको प्रचारप्रसाचर गर्ने उद्देश्यले बिहीबार विराटनगरमा ¥याली निकालिएको हो ।विराटनगरको सहिद मैदानदेखि निकालिएको ¥याली महानगरको विभिन्न भाग परिक्रमा गर्दै ट्राफिक चौकमा आएर सम्पन्न भएको थियो । ¥यालीमा प्याब्सनका पदाधिकारी, कार्यसमिति सदस्यहरू, शिक्षक र विद्यार्थीहरूको सहभागि रहेको थियो । ८ गतेसम्म संचालन हुने प्याब्सन स्पोर्ट्स मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङ
रंगली/ मधेशमा बालबिवाहा, वहुविवाह र दाइँजो प्रथा भयावह बन्दै गएपछि रंगेली नगरपालिकाले सरोकार पक्षहरुलाई सहभागी गराएर न्यूनिकरणको लाग अन्तरक्रिया राखेको छ मोरङको रंगेली नगरपालिका ७ मा रहेको नगरपालिकाको प्रांगरणमा राखेको अन्तरक्रियामा अधिकांशले बालविवाह, वहुविवाह र दाइँजो मधेशमा अत्यन्तै विकराल समस्याको रुपमा देखा परेको बताएका थिए । उनीहरुले न्यूनिकरणका लागि सबै सरोकारवाला पक्षहरु गम्भीर हुने समय आएको बताएका थिए । विशेष गरी मधेशमा अशिक्षित समुदायमा यो समस्या देखिएको छलफलमा सहभागी सरोकारवालाहरुले बताएका थिए । उनीहरुले योसँगै बोक्सीको आरोपमा समेत यातना दिने क्रम बढेर गएको बताएका थिए । छलफलमासावि
विजयपुर/धरान १० को मेनरोड पुतली लाइनको सडकखण्ड विस्तार गर्ने विषयमा सरोकारवालाहरुबीच बुधबार छलफल भएको छ । वडा अध्यक्ष विवेक राईको सक्रियतामा छलफल भएको हो । छलफलमा नगरपालिकाले सडक निर्माणको लागि बजेट पारित गरेसंगै अध्यक्षले राईले वडावासीलाई सामेल गराई छलफल अगाडि बढाएका हुन् । सैनिक भवनमा भएको छलफलमा नगरपालिका योजना प्रमुख सुरज श्रेष्ठको समेत उपस्थिति रहेको थियो । धरानको व्यस्त बजारको रुपमा लिइएको धरान १० पुतली लाइनलाई धरानको विकासका लागि पनि सडक विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइएको थियो । सडक विस्तार गर्ने क्षति नहुने तरिकाले बढाउनुपर्ने बताइएको थियो । २०५५ सालमा पुतली लाइनलाई ५० फिटे बा
धरान/धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप अन्तर्गत आज भएका खेलहरुमा विजयी हुदै धरानको ११ नं. वडा र १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् । विहीबार भएको पहिलो खेलमा धरानको ४ नं. वडालाई २–० गोल अन्तरले पराजित गर्दै ११ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको हो । ११ नं. वडाकालाडी दिनेश राई र धिरेन लिम्बूले गोल गरे । खेलको म्यान अफ द म्याच ४ नं. वडाका सरोज लावती घोषित भए । उनलाई नगद १५ सय र ट्रफी पुरस्कार प्रदान गरिएको थियो । बिहीबार नै भएको दोस्रो खेलमा धरानको ७ नं. वडालाई ६–० गोल अन्तरले पराजित गर्दै १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको छ । १७ नं. वडाकालागी साहिल राई,
विजयपुर/राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एनप्याव्सन)को आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा, लोटस, सियोन र पर्वत स्कुल फाइनल प्रवेश गरेका छन् । शुक्रबार हुने फाइनल खेलमा पुरुष तर्फ धरान मेघा र लोटस स्कुल र महिला तर्फ सियोन र पर्वत स्कुल विच प्रर्तिस्पर्धा हुनेछ । विहिवार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ धरान मेघाले धरान आर्दशलाई ४५–३१ र लोटसले नवज्योतिलाई ४०–२४ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यसैगरि महिला तर्फ सियोन स्कुलले धरान आर्दशलाई ७–५ र पर्वत स्कुलले काम्रेल स्कुललाई २६–६ अंकले पराजित गरेका थिए