धरान / खोलाकिनार अतिक्रमण गरी बसेका सर्वसाधारणलाई धरान उपमहानगरपालिकाले उठाउने क्रम जारी छ । प्रयास जारी रहे पनि पूर्ण नियन्त्रणमा भने उपमहानगरपालिकालाई मुस्किल परेको छ ।धरानका सर्दु, सेउती खोला किनारामा जोखिमको प्रवाह नै नगरी घर टहरा बनाउनेको संख्या बढ्दै गएपछि उपमहानगरपालिकाले जोखिम न्यूनीकरण गर्न त्यस्ता वस्तीहरु उठाउन थालेको छ । बुधबार पनि उपमहागरपालिकाले धरान ११ सर्दु खोला किनारको सुन्दर वस्ती क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरिएको नगरप्रहरीको सहयोगमा वस्तीहरु भत्काएको पाइएको छ । नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत्वमा गएको टोलीले अनधिकृत ढंगबाट बनाइएका बासको घेराबारा गरी टहरा बन
धरान / धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधिका लागि वडा नं. १५ र १७ भिड्ने पक्कापक्की भएको छ । बिहीबार धरान रंगशालामा भएको खेलमा वडा नं. १६ लाई ३–० गोल अन्तरले पराजित गर्दै १७ नं. वडा फाइनलमा स्थान पक्का गरेको छ । यस अघि वडा नं. ५ लाई पराजित गर्दै १५ ले फाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ । बिहीबार भएको खेलमा वडा नं. १७ का लागि मिलन राईले दुई गोल गरे भने सुशिल राईले एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पूर्वाद्र्धको समय गोल रहित बराबरीमा सकिएको थियो । उतरार्धमा भने १७ नं. वडाले ३ गोल गरेको थियो । खेलको उत्तरार्धको ७ मिनेटमा नै १७ नं. वडाले पेनाल्टी मार्फत् अग्रता लिएको
मोरङ / इलामाका युवा प्रेमप्रसाद आचार्यको मृत्युप्रति धेरैले टिका टिप्पणी गरेका छन् । यसै क्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले यो घट्नाले राज्यलाई लज्जित बनाएको बताएका छन् । उनले भनेका छन्, ‘देश र समाजलाई नै लज्जित बनाउने गरी संसद भवन अगाडि देशभित्रै बसेर केही गरौं भनेर अगाडि बढिरहेको युवाले आगो लगाएर आत्महत्या गर्नु अत्यन्तै दुखदायी घटना हो । यो घटना शब्दमा वर्णन गरेर नसकिने हो भन्ने मलाई लाग्दछ ।’ उनले सो घटनालाई जनतामा राज्यप्रतिको निराशा र आक्रोशको संकेत भएको टिप्पणी समेत गरेका छन् । मेयर कोइरालाले निजी सचिवालयमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै आचार्यको आत्म
इलाम / इलाम नगरपालिकाको १२ औं नगरसभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । १२ औं नगरसभाले विभिन्न क्षेत्रका ‘विशेष प्रस्ताव’ पारित गरेको पत्रकार सम्मेलन गरी नगरपालिकाले जानकारी दिएको छ । इलाम नगरपालिकाको १२ औं नगरसभाले इलामको कृषि तथा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका कार्यक्रम सञ्चालनका लागि प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने, पशुपालन क्षेत्रको व्यवसायीकरण, बजारीकरण र आधुनिकीकरणका लागि आधुनिक पशु बधशाला निर्माणमा सहयोग गर्न प्रदेश तथा संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव पारित भएको छ । यस्तै, नेपाल सरकारबाट पूर्वी पहाडको पाँचथर र इलाममध्ये एक स्थानमा मेडिकल कलेज स्थापनाका
विजयपुर / धरानको पुरानो सामुदायिक विद्यालय भगवती आधारभूत विद्यालय ६९ वर्ष पुगिसक्दा पनि स्तरोन्नति हुन नसकेको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।मंगलबार विद्यालयको ६९ औ वार्षिकोत्सव एवम् अभिावक दिवस मनाउने क्रममा बोल्ने शिक्षक तथा अभिभावहरुले यस्तो बताएका हुन् । विद्यालय २०१० सालमै स्थापना भएको भएपनि यो विद्यालयलाई सरकारको आँखा पुग्न नसकेको विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीले बताए । उनले भने–‘धरानको सबैभन्दा पुरानो विद्यालय हो, यस विद्यालयमा अध्ययन गरेकाहरु राज्यका पहुँच हुने स्थानमा पुगेका छन्, तर पनि यो विद्यालयको अवस्था पहिला जस्तो थियो त्यस्तै छ ।’ विद्यालयको वार
धरान / विद्यालय हिडेका चार बालिका मंगलबार एकाएक हराए । घरबाट विद्यालय जान्छु भनेर हिडेका ती बालिकाहरु साँझसम्म घर नआएपछि विद्यार्थीका अभिभावकले इलाका प्रहरी कार्यालय धरानमा खोजी गरिपाउँ भनेर निवेदन दिएका थिए ।मंगलबारबाट सम्पर्क बिहीन बनेपछि अभिभावहरुले हराएका बालिकाको खोजी कार्य गरेका थिए । उनीहरुले आफ्ना नजिकका नातेदार, उनीहरुका साथीहरुको घरमा पुगेर खोजी कार्य गरे पनि नभेटिएपछि अन्ततः उनीहरुले इलाकामा खोजीका लागि निवेदन दिन बाध्य भएका थिएमंगलबारबाट हराए पनि प्रहरीमा ढिलागरी बुधबारमात्र अभिभावकले खोजीका लागि निवेदन दिएका थिए । प्रहरीमा खोजी कार्यका लागि निवेदन आएलगत्तै धरानप्रहरीले खोजी कार्य
धनकुटा / यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुखलाई बुधबार कालो मोसो दलिएको छ । कार्यालयको कार्यकक्षमै बसेका उनलाई कक्षमै प्रवेश गरी कालो मोसो दलिएको जनाइएको छ ।कार्यालय प्रमुख बाबुराम लुइँटेललाई कालो मोसो दलिएको धनकुटा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले यातायात प्रमुख लुइँटेललाई कालो मोसो दलेको खबर पाउना साथ घटना स्थलमा पुगेको बताए । उनले भने–‘हामीले यातायात कार्यालयका प्रमुख लुइँटेललाई कार्यालय कक्षभित्रै दुव्र्यवहार गरी कालो मोसो दलेको कुरा सूचना प्राप्त भयो, सूचना पाउनासाथ हामी घटना स्थलमा पुगेका थियौँ ।’ उनले कार्यालय
मोरङ / नेपाल विजनेश कलेजले आफ्नो सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । विरानटगर ११ मा रहेको कलेजले माघ १ गतेदेखि ६ गतेसम्म सप्ताव्यापी खेलकुद कार्यक्रमको आयोजना गरेको थियो ।प्रतियोगीतामा कलेजले फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, व्याडमिन्टन, १सय मीटर दौड र स्पुन रेस जस्ता खेल समावेश गरेको थियो ।खेलकुदको माध्यमबाट विधार्थीहरुलाई अनुशासित बनाउदै स्वास्थ्य प्रतिको चेतना अभिवृद्धी गर्ने उद्देश्यले कलेजले सप्ताहव्यापी खेलकुद कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ । सप्ताह व्यापी खेलकुद कार्यक्रममा कलेजका वि.वि.ए., वि.आई.टी र एम. वि.ए. अध्ययनरत विधार्थीहरुले सहभागिता जनाएका थि
धरान / अँधेरी खोलाको एक घर भत्काउने क्रममा धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले आफूमाथि अभद्र व्यवहारसँगै घरमै गएर आक्रमण गरेको विषयमा उजुरी दिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर आरोपित सबै फरार रहेको धरान प्रहरीले जनाएको छ । अनधिकृत रुपमा बनाइएको संरचना भत्काउने क्रममा वडाध्यक्ष लिम्बु घरमा नभएको समयमा घरका सदस्यमाथि कुटपिट गरेको विषयलाई लिएर आइतबारै वडाध्यक्षले इलाका प्रहरी कार्यालय धरानमा सुरक्षाको माग गर्दै धाकधम्की दिनेलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मी भन्ने जीवन लिम्बुसहित एक दर्जन विरुद्ध
विराटनगर / विराटनगरका विभिन्न तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता तथा रोटरी ई क्लब अफ सेन्ट्रल टेक्टासको समन्वयमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तीनवटै नवनिर्मित भवनको चाबी विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको थियो । विराटनगर–६ स्थित जनचेतना आधारभूत विद्यालय, विराटनगर–२ स्थित विराट महेन्द्र