काठमाडौं \ नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित रवि लामिछानेलाई नागरिकतासम्बन्धी मुद्दा हालिएको दाबी गरेका छन्। लामिछाने निवर्तमान उपप्रधान तथा गृहमन्त्री थिए। उनी संस्थापक सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसहित ७ दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा अहिलेको सरकार छ। सत्ता समिकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकतासम्बन्धी मुद्दा हालिएको दाबी महासचिव पोखरेलको छ। अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुनस् प्राप्ति गर्ने प्रक्रियामा लामिछाने गएका थिएनन्, त
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबार अपरान्ह ३ / ३० बजे बस्ने गरी बैठक बोलाइएको हो। पार्टी प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति बैठक बोलाइएको बताए। आजको बैठकमा पार्टी सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिनेबारेमा पनि छलफल हुनेछ। शुक्रबार नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएसँगै पार्टी सभापति पदसमेत गएको थियो। लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन्। लामिछानेले नागरिकता लिएसँगै पार्टी केन्द्रीय समिति बैठक बोलाइएको हो। यसअघि रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबहाक सभापति बना
धरान / धरानमाा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधी १७ नं. वडाले जितेको छ । फाइनलमा वडा नं. १५ लाई २–१ गोल अन्तरले पराजित गरेसँगै गोधुलीको उपाधी १७ नं. वडाले चार पटक जित्यो । उपाधीसँगै १७ नं. वडाले नगद रु १ लाख ५० हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । उपविजेता भएको १५ नं. वडाले नगद ७५ हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रविणकुमार राई र उहाँको वुवा ध्यानबहादुर राईले नगद २५÷२५ हजार पुरस्कार थप प्रदान गर्नुभएको थियो ।विधागत पुरस्कारमा पनि १७ नं. वडाको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वाेत्कृष्
धरान / भवन तथा अन्य संरचना बनाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै धरान उपमहानगर पालिकाको कार्यपालिका बैठकले उपमहानगरपालिकाको स्वीकृति बिना सडकमा निर्माण सामग्री राखे जरिवाना लिने निर्णय गरेको छ । शुक्रबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बजारभित्र तथा कालोपत्रे सडक भएका अन्य स्थानमा भवन निर्माण तथा अन्य संरचना निर्माणका लागि उपमहानगरपालिकाको स्वीकृति बिना राख्न नपाउने निर्णय पारित गरेको छ । दुर्घटनाको जोखिम हुने, सडक भत्काएर जीर्ण बताउने तथा आवतजावतमा सर्वसाधारण तथा सवारी साधनलाई समस्या हुने भन्दै यस्तो निर्णय गरिएको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले जानकारी द
प्रारम्भ / अहिले साहित्यमा नयाँ–नयाँ चिन्तन र विचारहरूले प्रवेश पाएका छन् । सभ्यता, संस्कृति, साहित्य र समालोचनामा उत्तरआधुनिकता मात्र होइन, पाश्चात्य जगत्मा उत्तर उत्तरआधुनिकताबारे पनि चर्चा–परिचर्चा सुरु भइसकेको छ । पछिल्ला केही दशकमा समालोचनामा लैङ्गिक समालोचना, पर्यावरणीय समालोचना, जनजातीय समालोचना जस्ता विविध क्षेत्रहरू देखिएका छन् । साहित्यमा प्रवेश पाएको जनजातीय चेतना पनि यस्तै एउटा नवीन चिन्तन हो । यस्ता साहित्यमा विषय, घटना, प्रसङ्ग र परिवेशलाई जनजातीय दृष्टिबाट हेरिएको हुन्छ । साहित्यमा यो प्रयोग र हेराइ यहाँ मात्र होइन, संसारभरि नै चलेको छ । यस्ता साहि
सुनसरी / इलामका युवा प्रेमप्रसाद आचार्यको आत्मदाहको विषयमा अहिले सामाजिक सञ्जाल, राष्ट्रिय तथा मोफसलका सञ्चारमाध्यमहरुको समाचार मात्र बनेको छैन, जहाँतही यो घटनाको आलोचना हुँदै आएकोे छ । मंगलबार संघीय संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका मागहरुको सम्बोधन गर्न माग समेत सर्वत्र उठ्न थालेको छ । बिहीबार माइतीघर मण्डलामा भएको विरोध कार्यक्रमा मृतक आचार्यले उठाएका मागहरु पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरुले शान्तिपूर्ण विरोध गरेका छन् । उनीहरुले सरकारले औपचारिकता मात्रै पूरा गर्ने गरेको र मृतक आचार्यका मागहरु छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै सरकार लागिपरेको भन्दै
धरान / गरिमा डान्स सेन्टर धरानले सरस्वती पूजाको अवसरमा बिहीबार एकल प्रतियोगिताको आयोजना गरेको छ ।प्रतियोगितामा सिनियर तर्फ अंशु श्रेष्ठ प्रथम, कन्चन राई दोस्रो र सन्ध्या माझी तेस्रो भएका थिए । यसैगरी जुनियर तर्फ एलिना मास्के प्रथम, आस्था राई दोस्रा र माहिरा रेग्मी तेस्रो भएका थिए । धरान–९ आचार्य लाईन रहेको आफ्नै सेन्टरको हलमा आयोजित प्रतियोगितामा विजेताहरुलाई सेन्टरका प्रबन्ध निर्देशक एवं नृत्य निर्देशक मणिकुमार लिम्बुको शिल्ड, प्रमाणपत्र तथा गिफ्टह्यापर प्रदान गरेका थिए । नृत्य निर्देशकद्वय सानुराजा थेगिम र रीमा थापा मगर निर्णायक रहेको उक्त प्रतियोगितामा १८ जनाले भाग लिएका थिए ।
धरान / ज्वाइँ साहेब, ज्वाइँ नारायण, ज्वाइँ राजा, ज्वाइँ महाराजा, ज्वाइँ महाराजा स्पेशल खाना र खाजा सेट पस्कँदै आएको धरानस्थित पुतली लाइनमा सन्चालित ’डिमाण्डु ज्वाइँ खाना’ ले किराँती र नेवारी सांस्कृतिक परिकार पस्कने भएको छ । धरानमा ज्वाइँ खानाका नामले परिचित खाना घरमा स्थानीय मौलिक र सांस्कृतिक परिकारलाई मेनुमा समावेश गरी सर्व गर्ने जानकारी गराएको छ । अब मेनुमा पारखीले ज्वाइँ खानामा वाचिप्पा– याङ्बेनदेखि स्यफुम्हिचा र चटामरीसम्मको स्वाद लिन सक्ने छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै डिमाण्डुले राई, लिम्बू र नेवार जातिका विभिन्न परिकार पस्कने जानकारी गराएको हो ।
धरान / धरान १४ विजयपुरमा रहेको आइडियल बोर्डिङ स्कुलले नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसिसी)द्वारा आयोजित एनसीसी तालिममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । एनसिसीको जुनियर डिभिजन ४८ औ ब्याचको तालिम सम्पन्न भएसँगै तालिममा उत्कृष्ट ल्याउने विद्यार्थीहरुलाई स्कूलले सम्मान गरेको हो । गत पुस–४ गते राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङशिला, मोरङमा तालिम सम्पन्न भएको थियो । तालिममा सहभागी विद्यार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरिएका थियो भने तालिम अवधिभर विभिन्न विधामा उत्कृष्ट भएका छात्र–छात्राहरुलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । तालिममा अवसरमा
मोरङ / प्रदेश १ को बैठक माघको तेस्रो हप्तालाई बोलाइएको छ । प्रदेश १ का सभामुख बाबुराम गौताले प्रदेश १ को बैठक माघ २३ लाई बोलाएका हुन् । यो बैठक निर्वाचन सम्पन्न भएपछि पहिलो अधिवेशनको छैटौं बैठक हो । प्रदेशसभाका सचिव गोपाल पुराजुलीका अनुसार आगामी माघ २३ गतेका लागि वैठक बोलाइएको जानकारी दिए । उनले भने–‘उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक छैटाै बैठकको रुपमा बोलाइएको हो ।’ प्रदेश सरकारको पहिलो कार्यकालले टुंगो लगाउन नसकेको प्रदेशको नामकरणकै विषयमा छलफल हुने सचिव पराजुलीले जननकारी दिए । उनका अनुसार योसँगै बैठकमा प्रदेशसभाका विषयगत समितिको टुंगो लगाउने बारे छलफल हु