धरान / कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले आइतबार कोशी प्रदेशका १४ जिल्लामा बन्दको आवहान गरेका छन् । बन्दको प्रभाव कोशी प्रदेशभरि परेको छ । यसैक्रममा बन्दको प्रभाव धरानमा समेत परेको छ । बन्दकर्ताहरु विहानैदेखि सडकमै उत्रिएर सवारी साधन सञ्चालनमा रोक लगाउदै आएका छन् भने उनीहरुले दुई पांग्रे मोटरसाइकल, दुधका गाडी, एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारी साधनलाई निर्वाध चल्न दिएका छन् । अहिलेसम्म बन्दमा कुनै भौतिक तथा मानवीय क्षति भने भएको छैन । सशस्त्र प्रहरी, जनपथ प्रहरीहरु धरानको मुख्य चौक भानुचौकमा तैनाथ रहेका छन् । विगतमा पहिचानवादीहरु एक
मोरङ / तेस्रो संस्करणको मिल्स गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा झापाको ध्रुवतारा स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा सडेन डेथको आधारमा झापाले सुनसरीको शान्तिनगर फुटबल क्लबलाई १०–९ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयसम्म २÷२ गोलको खेल बराबरी भएपछि खेल ट्राइब्रेकरबाट जितको छिनोफानो भएको थियो ।जितको लागि झापाको तर्फबाट रोशन धिमाल, निश्चल बोहरा, प्रविण राई, रोशन तामाङ्ग, ओमप्रकाश तामाङ्ग, राजन धिमाल, निश्चल बस्नेत, रोशन धिमाल, बिक्रम राई र आयूष लिम्बुले गोल गरेका थिए । झापाका सन्देश केसी गो
सुनसरी / प्रेस सेन्टर सुनसरीको प्रथम साधारणसभा इटहरिमा सम्पन्न भएको छ ।शनिबार भएको पहिलो साधारणसभालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बरालले उद्घाटन गरेका थिए । उद्घाटनपछि बोल्दै बरालले पहिचान पक्षधरहरुको सङ्ख्या कम भएकोले प्रदेश नं. १ को नाम कोशी प्रदेश भएको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुक्साहाङ मेन्यान्ङ्बो मुकेश, प्रेस सेन्टर केन्द्रीय उपाध्यक्ष बिवेक गौतम लगायतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा समाजवादी प्रेस संगठन परित्याग गरी प्रेस सेन्टरमा प्रवेश गर्ने प्रकाश बन्जरालाई कार्यक्रमका प्रमुख अतिथी, अतिथीहरुले स्वागत गरेका थिए । प्र
इलाम / इलामको पश्चिमी क्षेत्रको फाकफोकथुम गाउँपालिका जिल्लाकै विकट मानिन्छ । अहिले सम्म कालोपत्रे नपुगेको र हिउँदमा यातायात सहज भए पनि वर्षाको समयमा यहाँ पुग्न निकै मुस्किल पर्छ । गाउँमा न कुनै व्यवस्थित होटेल छ, न पालिकासम्म पुग्ने राम्रो सडक नै । सदरमुकामबाट निकै टाढा र भौगोलिक हिसाबले दुर्गम यो गाउँमा बिरामी भइहाले उपचारका लागि अस्पताल पु¥याउन पनि घण्टौँ लाग्छ । बर्षाभर हिलो र हिउँदमा धुलोको पिरमा रुमलिएको फाकफोकथुम पर्यटकीय हिसाबले पनि निकै पछाडि छ । पर्यटनको हिसाबले चिनिएको जिल्ला भए पनि यहाँ पर्यटकीय क्षेत्र कम छन । विकट भएकै कारण यस ठाउँमा मानिसको आउन जाउन कम बन्ने गर्दछ ।
विजयपुर / कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादी शक्तिहरुले शनिबार धरानमा राके जुलुस प्रदर्शन गरेका छन् ।१ नं. प्रदेश पुन: पुन नामाङ्न संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका उनीहरुले कोशी प्रदेश बन्दको पूर्व सन्ध्यामा राके जुलुस निकालेका हुन् । धरान १५ किरात याक्थुङ चुम्लुङबाट १ नं. प्रदेशको नाम षड्यन्त्रपूर्ण कोशी प्रदेश राखेको भन्दै राकेजुलुस निकालेका हुन् । राके जुलुसपछि भानुचौकमा कोणसभाको समेत आयोजना गरिएको थियो । निरन्तर आन्दोलन गर्ने चेतावनी दिँदै उनीहरुले कोशी प्रदेश नामकरण षड्यन्त्रपूर्वक भएको र प्रदेश न. १ को नामकरणमा पुनर्विचार गर्नुपर्ने माग राखेका
धरान / धरानका महिलाहरुले नौमति बाजा संरक्षणका लागि संस्था नै गठन गरेर संरक्षणमा जुटेका छन् । आधुनिक बाजागाँजाका कारण नेपालका लोकसंस्कृति त्यसमा पनि शुभ कार्यमा प्रयोग गरिने नौमतिबाजा विस्थापित हुदै गएपछि धरान १५ का महिलाहरुले प्रगतिशील नौमति बाजा महिला समूह संस्था गठन गरेर नै संरक्षणमा जुटेका हुन् । यो समूहमा अहिले ११ जना महिला आवद्ध रहेका छन् । यो संख्या बढाउदै १५ जना पु¥याउने उद्देश्य उनीहरुको छ । खास गरेर वैवाहिक कार्यक्रममा प्रयोग गरिने पुरानो बाजाको रुपमा नौमति बाजालाई लिने गरिएको छ । नौमति बाजामा टेम्को, दमाहा, सनाई, नरसिंहा र झ्याम्टा लगायत रहन्छन् । तर यो बाजा अत्याधुनिक वेण्ड
धरान / किसानले पाइरहेको मूल्यमा फागुन २० गतेबाट ९ रुपैयाँ १० पैसा बढाउने मन्त्रिपरिषद्को निर्णय गरेपछि दूध संकलक डिपोहरुले १४ रुपैयाँदेखि १९ रुपैयाँसम्म वृद्धि गर्ने निर्णय गरेका छन् । व्यावसायीहरुले दूध संकलन डिपोहरुबाट गाईको दूध प्रतिलिटर ७२ रुपैयाँ र भैसीको दूध ७७ रुपैयाँले खरिद गर्दै आइहेकामा सरकारले दूधको मूल्य वृद्धि गरेपछि गाई र भैंसीको दूध मिसाएर ९१ रुपैयाँ प्रतिलिटरको रेट पठाएका छन् । हाल बजारमा बिक्री गर्दै आएको मूल्यभन्दा खरिद मूल्य बढेर आएपछि बजारमा दूध कसरी बिक्री गर्ने भन्नेमा व्यावसायीले निर्णय गर्न सकेका छैनन् । डेरी संचालकहरुले हाल ८० देखि ९० रुपैयाँ प
धरान / स्ववियु निर्वाचनको तयारी भइरहेको पिण्डेश्वर क्याम्पसमा लफडा भएकोछ। निर्वाचन प्रकृया अन्तरगत उम्मेदवारको मनोनयनका लागि मनोनयनपत्र वितरण भइसकेको अवस्थामा नेविसंघले भने उम्मेदवारको आवेदन फारम लिएको थिएन। केही समुहसहित निर्वाचन कार्यालयमा जबर्जस्ती प्रवेश गरेका नेविसंघका विद्यार्थीहरुले कार्यालयमा रहेका निर्वाचन अधिकृत र सदस्यहरुमाथि अभद्र व्यवहार गरेका थिए। निर्वाचन कार्यालयबाट दस्ताबेजहरु लिएर कार्यालय तोडफोड गर्दै उनिहरुले ती दस्तावेजहरु जलाएका छन्। तोडफोड र आगजनि रोक्ने क्रममा क्याम्पसका कर्मचारी भुवन विष्टमाथि आक्रमण गर्दै नेविसंघ इकाईका सभापति प्रवेश पौडेलले टोक्न सम्म भ्याएका
मोरङ / रोनक फेसन एजेन्सीद्वारा आयोजित मिस्टर एण्ड मिस पुर्वान्चल प्रतियोगितामा विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजका कक्षा–१२ का छात्र रमननाथ गिरी मिस्टर पुर्वान्चलको उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा १० जना प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज हात पार्न सफल भएका हुन् । प्रतियोगितामा सुशील राना दोश्रो र दिप राजवंशी तृतीय भएका छन् । आयोजक संस्थाका अध्यक्ष रोनक अग्रवाल अनुसार प्रतियोगितामा पहिलो पटक भारतका प्रशिक्षकहरु आएर प्रतियोगीहरुलाई प्रशिक्षण दिएका थिए । विजेता बन्दै गिरीले नगद ३१ हजारसहित एक बर्ष क्लासीकटेकको निःशुल्क इन्टरनेट सेवा, ए बी ड्राइभिंग स्क
धरान / नेपाल पुलिस क्लब सातौ संस्करणको राष्ट्रिय हराइजन रनिङकप बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित बास्केटबल कोर्टमा विहीबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक हराइजन क्लबलाई ७९ का बिरुद्ध ८७ स्कोरले पराजित गर्दै पुलिस उपाधी नजिक पुगेको हो । घरेलु टिमबिरुद्ध जित निकाल्न ब्यक्तिगत २० स्कोर गरेका पुलिसका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद २ हजार पाए । पुलिसले अब उपाधीका लागि शुक्रबार हुने टाइम्स कलेज काठमाण्डौ र बिभागीय टिम त्रिभुवन आर्मी क्लब बिचको अन्तिम सेमीफाइनल बिजेतास“ग शनिबार पतिष्पर्धा गर्नेछ । प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ११ हजा