उदयपुर । तेजपातका मूल्यमा विचौलियाले गरेको चलखेलका कारण कृषक मारमा पर्दै आएका छन् । प्रदेश नम्बर १ मा सबैभन्दा बढी उदयपुर जिल्लामा तेजपात उत्पादन हुने गर्दछ । जिल्लाभित्र र बाहिरका विचौलिया आएर तेजपातको मूल्य निर्धारण गर्दा कृषकले उचित मूल्य नपाएको बताइएको छ । प्रतिकिलो २५ देखि ४० रुपैया भन्दा बढीमा विक्री हुन नसक्दा कृषक समस्यामा परेको रौतामाई गाउँपालिका–१ मुर्कुचीका दिव्यराज बुर्जामगरले बताए । उनी भन्छन्, ‘दश वर्षदेखि आफूहरुले रू. २५ देखि रू. ४० प्रतिकिलो विक्री गरेको तेजपात अहिले पनि विचौलियाको कारण उही मूल्यमा विक्री गर्न बाध्य हुन परेको छ ।’ स्थानी
विराटनगर । प्रदेश १ का निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदेश सरकार वित्तीय संकटतर्फ उन्मुख भएको बताएका छन । प्रदेशको आर्थिक कार्यविधि ऐन विपरीत २०७४ विपरीत गरिएका खर्च, दीर्घकालिन योजनामा बजेटको सीमाभन्दा बढी खर्च गर्दा र अर्थमन्त्रालयको सहमतिबिना बजेटरी खर्च हुँदा प्रदेश वित्तीय संकटतर्फ उन्मुख भएको आङ्बोको भनाई छ । मन्त्री निवास विराटनगरमा आईतबार अपरान्ह पत्रकार सम्मेलन गरी मन्त्री आङ्बोले मुख्यमन्त्री शेरधन राईले नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा राज्यमन्त्री नियुक्ति लगत्तै बजेट सुशासन सकिएको आरोप लगाए । भने, “भौतिक पूर्वाधार मन्त्रालयमा राज्य
धरान । कोरोनाको कारण स्थगित भएको नेवार एकता समाजले नेतृत्व विकाश तालिम सम्पन्न गरेको छ । कोरोनाका कारण घोषणा गरिएको लकडाउनमा तालिम स्थगित गरिएको थियो । कोरोनाको त्रास कम हुँदै गएकाले गत पुष १० गते समाजले तालिमको आयोजना सम्पन्न गरेको हो । शुक्रवार सुनसरी उद्योग बाणिज्य संघको सभा हलमा नेतृत्व बिकास तालिमको आयोजना गरेको थियो । तालिममा नेवार एकता समाज धरानका सबै वडाबाट ४५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो भने तालीमको प्रमुख प्रशिक्षकमा मोहन श्रेष्ठ सहित राजबिमल श्रेष्ठ र मनोहर शाक्यले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथीमा रजेशमान श्रेष्ठ, अतिथीमा जल्पा देबी बचत तथा ऋृण सहकारी
विराटनगर,विराटनगर महानगरपालिकाको कार्यालय वडा नम्बर १ ले आफ्नो वडाका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । वडा नम्बर १ मा रहेको तीन वटा सामुदायिक विद्यालयलाई वडाध्यक्ष उद्धव अर्यालले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । ‘विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा आएका छन्,’ वडाध्यक्ष अर्यालले भने, ‘कक्षा कोठामा दुरी कायम गर्ने, ज्वरो नाप्ने, सेनिटाइजर र मास्कको प्रयोग गर्ने जस्ता कुरालाई स्कुलले विशेष ध्यान दिएको छ ।’ कुनै विद्यार्थीलाई ज्वरो आएको रहेछ भने अभिभावकलाई बोलाएर उपचारका लागि सम्बन्धित ठाउँमा लैजान आग्रह गर्ने र
धरानलाई कार्यक्षेत्र बनाएर कार्यरत विभिन्न क्षेत्रका श्रमिकहरुको भेलाले वर्तमान राजनीतिक संकट प्रतिगामी कदम भएको ठहर गरेका छन् । उनीहरुले प्रतिगामी कदमविरुद्ध सशक्त आन्दोलनमा जाने साझा प्रतिबद्धता व्यक्त गरेका हुन् । धरानका यातायात, उद्योग, निर्माण, अटो, सुरक्षा, सरसफाइलगायतका क्षेत्रमा कार्यरत श्रमिकहरुले साझा प्रतिबद्धता व्यक्त गर्दै सशक्त आन्दोलनको विकल्प नभएको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा धरानका श्रमिकहरुले साझा धारणा बनाएको संगठनका धरान अध्यक्ष कमल भट्टराईले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसम
सुनसरी । राष्ट्रिय राजनीतिमा बिवाद उत्पन्न भइ जनतामाझ निरास छाइरहदा पूर्व राजा ज्ञानेन्द्रले आफ्नो सक्रियता बढाएका छन । उनी यहि मौकालाइ सदुपयोग गर्दै आइतबार पूर्व भ्रमणमा निस्कने भएका छन । राजनीतिक बिवादमा नेताहरू चुर्लुम्म भएको बेला पूर्व राजा ज्ञानेन्द्र प्रदेश एकको भ्रमणमा निस्कीनुले स्थानीय स्तर देखि केन्द्र सम्ममै निकै हलचल मच्चिएको छ । यस अघि पनि बेला वेला भ्रमणमा निस्किरहने पूर्व राजा ज्ञानेन्द्र यो पटक भने अलि बिशेष हुने अनुमान लगाइएको छ । जनताले चाहे राजसंस्था फर्कन सक्ने सार्वजनिक अभिब्यक्ति दिएका ज्ञानेन्द्रले यस अघि पनि देशको बर्तमान अवस्थाबारे दुख ब्यक्त गरेका थिए । आइतबारको पू
विराटनगर । प्रदेश १ सरकारका तीन जना मन्त्रीले एकसाथ राजिनामा दिएका छन । बदलिएको राजनीतिक परिवेशमा प्रतिनिधि सभा विघटन जस्तो प्रतिगामी कदमको समर्थन गर्ने मुख्यमन्त्रीको नेतृत्वमा बस्न नसक्ने भन्दै आइतबार राजिनामा दिएका हुन । उनीहरू नेकपा दाहाल-नेपाल समूहका हुन । सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका छन । हिजो मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मान्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए । प्रदेशसभामा दाहाल- नेपाल समूहलेआज मुख्यमन्त्री राईविरुद्ध अविश्
‘रातभरि सुरक्षा दिनुपर्छ, ठेक्दारलाई सल्युट गर्नुपर्छ, तर त्यसवापत् के पाउने ? ... सेक्युरिटीको त इज्जतै छैन ।’ ‘आफ्नै देशमा, आफ्नै घर, मुलुकमा विभेद भोग्नु परेको छ, न विदाको पैसा छ, न छुट्टी छ, न संचय कोषको भर छ ।’‘सेक्युरिटी कम्पनीलाई टेबलमा राखेर मजदुरले पाउने सेवा सुविधा पाउनुपर्छ, संचय कोष पाउनु पर्छ भन्यौं, ठाडै दिन सक्दिन भन्छन् ।’‘धरानमै कार्यालय भएका लोकल सेक्युरिटी कम्पनीबाट झनै ठूलो शोषणमा परेका छन्, सेक्युरिटी मजदुर ।’ शनिबार एउटा अनौपचारिक भेलामा सेक्युरिटी मजदुरहरुले आफूहरु पीडित भएको फेहरिस्त सुनाए । न्यायिक रुपमा सेवा सुविधा प्रा
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा दाहाल(नेपाल समूहका सांसद प्रदेश सभा सचिवालय पुगेका छन । संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वमा सांसदको टोली प्रदेश सभा पुगेको हो । नेता भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा सांसद लछुमन तिवारी छन ।
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेकपाको दाहाल–नेपाल समूहले घनीभूत छलफल तयारी थालेको छ । आईतबार नै यस्तो प्रस्ताब प्रदेशसभामा दर्ता हुन सक्ने तयारी भएको छ । प्रदेश १ को सरकार विरुद्ध के गर्ने र कहिले–कसरी अविश्वास प्रस्ताव ल्याउने भन्ने विषयमा पार्टीका केन्द्रीय नेतृत्वसंग छलफल गर्न आफू काठमाडौमै रहेको जानकारी दिंदै नेकपाका सचिव तथा प्रदेश सांसद भीम आचार्यले भने, “साथीहरुको हस्ताक्षर संकलन गरिसक्नु भएको पनि सत्य हो तयारी भईसकेको छ ।” आचार्यले पार्टीको केन्द्रीय नीतिअनुसार नै प्रदेशमा आफूहरुले चल्ने भएकोले प्रदेश १ सरकारविर