धरान/ धरानको भानुचोकमा अत्यधिक भीड हुन थालेपछि उमनपाले भानुचोकबाट छुट्ने बसहरू जथाभावी रोक्न नपाइने निर्णय गरेको छ । नगर प्रमुख तिलक राईको अध्यक्षतामा सोमबार बसेको बैठकले भानुचोकबाट हिँडेका बसहरू दक्षिणमा राम मन्दिरभन्दा अगाडि र उत्तरमा छाताचोकको पुरानो अस्पतालभन्दा अगाडि रोक्न नपाउने निर्णय गरेको हो । अबदेखि एउटै प्रकृतिका सवारी साधनहरू एकै ठाउँबाट सञ्चालन तथा व्यवस्थापन गरिने भएको छ । सुनसरी यातायात प्रालिका बसहरूका कारण देशीलाइनको दक्षिणपट्टि बाटोमा धेरै भीडभाड भएको गुनासो आएकोे आधारमा त्यहाँ बढीमा पाँचवटाभन्दा बढी बसहरू राख्न नदिने निर्णय गरिएको छ । यस विषयमा मङ्गलबार सुनसरी याताया
धरान/ उजुरी सङ्ख्याको तुलनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयबाट फछ्र्योटको प्रगति भने आधाभन्दा कम देखिएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा आयोगको इटहरी कार्यालयमा परेका प्रारम्भिक उजुरीतर्पmको फछ्र्योट प्रतिशत ४४ दशमलव ३ रहेको छ । यसमा जिल्लागत, प्रदेशगत, सङ्घीय मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणतर्पmका उजुरी तथा यसको प्रगति विवरणसमेत समावेश छ । आयोगले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदन पेश गरिएको हो । आयोग केन्द्रीय कार्यालयको प्रतिवेदनसँगै प्रदेश १ हेर्ने इटहरी कार्यालयको वार्षिक प्रग
धरान÷ पत्रकार तारा लामगादेद्वारा लिखित दलित समुदायको ऐतिहासिकता, वर्तमान अवस्था र मुक्तिको कार्यदिशासहितको खोजमुलक पुस्तक ‘को हुन् दलित ?’ आइतबार लोकार्पण भएको छ । एक नम्बर प्रदेश सांसद् उमिता बराइलीले पुस्तकको लोकार्पण गरेकी हुन् । लोकार्पणपछि बोल्दै उनले पुस्तकले दलित आन्दोलनको ठोस कार्यदिशा निर्धारण गर्न मद्दत पु¥याउने धारणा व्यक्त गरिन् । ‘पुस्तकले हामीलाई नयाँ छलफलमा जान उत्प्रेरित गरेको छ’ बराइलीले भनिन्, ‘पुस्तकलाई सरकारले पाठ्यपुस्तकका रूपमा समावेश गर्दा जातीय विभेदको अन्त्य गर्न सहज हुनेछ ।’ सदियौँदेखि उत्पीडनमा रहेको दलित समुदायक
धरान/ भाषा आयोगले प्रदेशमा सरकारी कामकाजको भाषा निर्धारणको प्रक्रिया थालेको विषयलाई भाषा अभियन्ता तथा भाषाविद्हरूले स्वागत गरेका छन् । बहुसङ्ख्यक नागरिकहरूले बोल्ने एक वा एकभन्दा बढी भाषा सरकारी कामकाजको भाषा हुनसक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार आयोगले सरकारलाई सिफारिस गर्ने गरी प्रक्रिया अघि बढाएको हो । नेपाली भाषालाई यथावत् राखेर बहुसङ्ख्यकले बोल्ने गरेको भाषालाई समेत सरकारी कामकाजको भाषा किटान गर्ने तयारी गरिएको हो । यसका लागि प्रदेशको जनसङ्ख्या, भाषाका वक्ता सङ्ख्या, ऐतिहासिकता, पहिचान, लेखन प्रणालीको विकास र प्रयोगलाई प्रमुख आधार मानिएको आयोगले जनाएको छ । यसका
धरान उखु किसान सङ्घर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको छ । सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने सम्झौता गरे पनि भुक्तानी हुन नसकेको भन्दै उनीहरू आन्दोलनको घोषणा गरेका हुन् । सङ्घर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रूपमा कबुल गरेको ६५ करोड रुपैयाँमध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाए पनि यसमा शङ्का रहेको विज्ञप्तिमा उल्लेख छ । किसानले भुक्तानी पाउनुपर्ने रकमको विवरण उद्योग र उद्योगीसँगै रहेकोले त्यसअनुसार सम्पूर्ण रकम किसा
धरान÷ भाषा आयोगले सरकारी कामकाजको भाषा पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ । आयोगले प्रदेशको भाषा निर्धारणका आधार तयार गरी यस्तो प्रक्रिया अगाडि बढाएको हो । बहुसङ्ख्यक नागरिकहरूले बोल्ने एक वा एकभन्दा बढी भाषा सरकारी कामकाजको भाषा हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाअनुसार सरकारलाई सिफारिस गर्ने गरी प्रक्रिया अघि बढाइएको आयोगका अध्यक्ष लवदेव अवस्थीले बताए । नेपाली भाषालाई यथावत् राखेर बहुसङ्ख्यकले बोल्ने गरेको भाषालाई समेत सरकारी कामकाजको भाषा किटान गर्ने तयारी गरिएको हो । भाषा किटानका लागि प्रदेशको जनसङ्ख्या, भाषाका वक्ता सङ्ख्या, ऐतिहासिकता, पहिचान, लेखन प्रणालीको विकास र प
इलाम/ इलामकी १५ वर्षीया बालिका कक्षा ७ पढ्दापढ्दै बेहोस हुने रोग लागेपछि विद्यालय जान छाडिन् । उनका बुबाले पनि केही वर्षदेखि मानसिक रोगको औषधी सेवन गर्दै आएका छन् । आमा मेलापात जाँदा ती बालिका साइनोले मामा पर्ने आफन्तको रेखदेखमा छाडेर जान्थिन् । बेहोस हुने रोग लागेकी ती बालिकालाई रेखदेखमा छाडेको ठाउँमा बेहोस भएका बेलामा बलात्कारको शिाकार बनिन र गर्भवती भईन । गर्भवती भएको पाँच पहिनापछि मात्र आमाले थाहा पाइन र जिल्ला प्रहरी कार्यालय इलाम आईन । प्रहरीले उनलाई मानव अधिकार मञ्चको हिंसापीडित अस्थायी आवासगृहमा पु¥यायो । बलात्कार आरोपी पक्राउ गरी कारागार पुर्याइयो । बालिकालाई अस्पताल लगेर उ
इलाम/ इलामको राजदुवाली चिसापानी दानाबारी शनिश्चरे सडक खण्डमा पर्ने बुढी सुखानीको पक्की पुल निर्माण कार्य बर्षौँदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०६८÷६९ मा स्काई, अजम्बर, शिवराम जेभीले साझेदारीमा उक्त पुलको निर्माण कार्य ठेक्का लिएको डिभिजन सडक कार्यालय इलामले जानकारी दिएको छ । जम्मा भ्याटसहित एक करोड ६२ लाख १२ हजार चार सय ६० रुपैयाँमा ठेक्का सम्झौता गरेकोे थियो । पुल निर्माण गर्ने जिम्मा लिएका कम्पनीका प्रतिनिधिको डिभिजन सडक कार्यालयलाई उपलब्ध गराएको नम्बरमा सम्पर्क गर्दा सो नम्बरनै बन्द गराएको टेलिकमको सन्देश आउँछ । ९० प्रतिशत काम सकिएको भनिएको सो पुलको पुलसम्म पुग्ने सडक र रे
इटहरी । स्थानीय सरकारको अनुमति बिनै शहरको शौन्दर्यलाइ बाधा पुग्नेगरी राखिएका होर्डिङबोड हरू इटहरी उपमहानगरले हटाउन सुरू गरेको छ । होर्डिङ बोर्ड नियमावली २०७६ जारी भएसंगै स्थानीय सरकारले अधिकार प्रयोग गर्दै रक्सि जन्य कम्पनिहरूले राखेको होर्डिङबोर्डहरू हटाइएको हो । इटहरीको मुख्य राजमार्गअन्तरगत स्थानीयहरूको घर भाडामा लिएर राखिएको रक्सि जन्य पदार्थहरूको बिज्ञापन बोर्ड आइतबार उपमहानगरले हटाएको हो । स्थानीय सरकारसंग अनुमति नलिइ करको दायरामा नरहेका र नियमावली बिपरित राखिएको रूसलान भोडका र बिग मास्टर जस्ता पेय पदार्थको बिज्ञापन बोर्ड हटाइएको इटहरी उपमहानगर अन्तरगत राजस्व शाखा प्रमुख नविन भट्टराइले
विराटनगर । प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि पनि नेकपामा एक समूहबाट अर्को समूहमा सांसद आउने जाने क्रम चलिरहेको छ । पछिल्लो पटक नेकपाका तीन जना सांसद्ले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको जनाएका छन । गोपाल बुढाथोकी, जसमाया गजमेर र श्रीप्रसाद मैनालीले अविश्वासको प्रस्ताव फिर्ता लिएको जनाएका हुन । उनीहरुले राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास दर्ता सम्बन्धी निवेदनमा ३७ जना सांसदसंगै हस्ताक्षर गरेका थिए । तर, उनीहरुले प्रदेशसभामा सामूहिक निवेदन दर्ता गराई नेकपाको सरकारविरुद्ध नेकपाकै सांसद्हरूले अविश्वासको प्रस्ताव दर्ता