समाज

    Showing २,१५१-२,१६० of ७,१२५ items.
  • बिरामीको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड

    विराटनगर/ मोरङको कटहरी गाउँपालिका–१ का ४५ वर्षीय प्रमोद महतोको विषादी सेवनपछि निधन भएपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा हुलदंगा र तोडफोड भएको छ। गम्भीर अवस्थामा रहेका महतोको बिहीबार साँझ कोशी अस्पताल हुँदै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेकै क्रममा राति ११ बजे निधन भएको हो। विष सेवन गरेको प्रारम्भिक पुष्टि भइसकेको छ भने उनकी पत्नी अनितादेवीले विष सेवनको कारण थाहा नभएको बताएकी छन्। मृत्युको खबर फैलिएसँगै शुक्रबार बिहान १:३० बजे दर्जनौं आफन्त र छिमेकी अस्पताल पुगेका थिए। उनीहरूले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै तोडफोड र ढुंगामुढा सुरु गरे। मोरङका प्रहरी प्रम

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • १,५११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि रोजगार मेला सुरु

    धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उक्त मेलाबाट धरानका एक हजारभन्दा बढीले रोजगारीको अवसर पाउने भएका छन् । आज(विहीवार) र भोली (शुक्रबार) हुन लागेको आयोजक धरान उपमहानगरपालिकाले मंगलबार मेलाको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा विभिन्न संघसंस्थाहरुबाट रोजगारीको आवश्यकता १०७८ जनाको प्राप्त भएको जानकारी दिएको छ ।  प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौगालाईका अनुसार कम्प्युटर अपरेटरदेखि लेखापाल, कुक, वेटर, पिसिएल नर्स, एएनएम, सिएमए, शिक्षक, फ्याक्ट्री मजदुर, हाउस किपिङ, मार्केटिङ एजेन्ट, मार्केटिङ मेनेजर, चालक, सुरक्षा गार्ड लगायत २२ प्रकारका रोजागरीको आवश्यकता प्राप्त भए

    • प्रकाशित मितिः वैशाख ११, २०८२
    • ६८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा युरोलोजीष्ट डाक्टरको अन्तराष्ट्रिय कार्याशाला : उपचारमा फड्को मार्दै विपी प्रतिष्ठान

    धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला विग्रीएकोे उपचारका विषयमा धरान स्थित विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा दुई दिने अन्तराष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुपाईन पिसीएनएल र ल्याप्रोस्कोपीक सर्जरी सम्बन्धि अन्तराष्ट्रिय स्तरको कार्यशाला सम्पन्न भएको हो । प्रतिष्ठानको सर्जरी बिभाग अर्न्तगत युरोलोजी डिभिजनको आयोजना तथा ब्यबस्थापनमा सम्पन्न कार्याशालाले प्रतिष्ठानमा युरोलोजी सम्बन्धि उपचारमा थप सहजता र हौसला प्राप्त भएको प्रतिष्ठानका युरोलोजी डिभिजन इन्चार्ज एसोसिएट प्रोफेसर रिकेशजंग कार्किले बताए ।

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • १,७५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिफन्टद्धारा आफ्ना सदस्यलाई २ लाख ९० हजार राहत प्रदान

    काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, पक्षघात जस्ता गम्भिर प्रकृतिको रोग लाग्दा राहत उपलब्ध गराउने गरि नेपाल ट्रड युनियन महासंघ जिफन्टले सञ्चालन गर्दै आइरहेको ऐक्यबद्धता कोषको १९ औँ बैठकले १२ जना सदस्यहरुलाई २ लाख ९० हजार सहयोग गर्ने भएको छ । बुधबार कोषको बैठकले आफ्ना १२ जना सदस्यहरुलाई जनही २५ हजार रुपैयाका दरले र मृत्यु भएका एकजनालाई १५ हजार राहत सहयोग गर्ने निर्णय गरिएको जिफन्टका महासचिव लक्ष्मण शर्माले बताउनुभयो । जिफन्ट र घटक युनियनको नियमित सदस्यता नविकरण र शुल्क बुझाउने सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, पक्षघात जस्ता गम्भिर प्रकारका रोगबाट पीडित र दिवंगतलाई राहत सह

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • ६१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कक्षा १२ को परीक्षा गर्ने निर्णय,बैशाख ११ देखि परीक्षा गराउने तयारी

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । आज  बिहान बसेको बोर्डको बैठकले १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको हो । निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गते बिहीबार० देखि सञ्चालन गर्ने तयारी छ । देशैभरिका सामुदायिक विद्यालयका शिक्षकहरु तीन सातादेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेका कारण परीक्षाप्रति संशय सिर्जना भएको थियो। बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • ६६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा अन्तर्राष्ट्रिय स्तरको दुई दिने कार्यशाला गोष्ठी

    धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम भएको छ ।प्रतिष्ठानको सर्जरी विभाग अन्तर्गत पर्ने युरोलोजी डिभिजनको समन्वयमा अन्तर्राष्ट्रिय स्तरको दुई दिने कार्यशाला गोष्ठी कार्यक्रम भएको हो । बीपी प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार सुपिने पिसीएनएल र ल्याप्रोस्कोपिक सर्जरीसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्धेश्यले भएको दुई दिने कार्यक्रममा अन्तराष्ट्रिय स्तरको विशेषज्ञ चिकित्सकबाट सैद्धान्तिक र व्यवहारिक ज्ञानको उपलब्ध भएको बताइएको छ । कार्यशाला गोष्ठी चैत १४ र १५ गते भएको थियो । कार्यक्रमक

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • ६०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विचाराधिन सर्दु जलाधार क्षेत्रमा मेयरको बोर्ड

    धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर्दु जलाधार क्षेत्रमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले मालपोत तिर्न रोक्का लगाउने तथा शिवधारा क्षेत्रमा जलाधार क्षेत्र प्रारम्भ भनि साइनबोर्ड राख्ने कार्यले अदालतको मानहानी भएको सर्दुजलाधार पिडितहरुले गुनासो गरेका छन् । सर्दु जलाधारका क्षेत्रको मुद्दा विचाराधीन रहेको अवस्थामा नगरप्रमुख आफैले सर्दु जलाधार क्षेत्र प्रारम्भ भन्दै बोर्ड लगाउने, मालपोत दिर्न रोक्का गर्ने कार्यले स्थानीय सरकार आफैले नागरिक माथि अन्याय गरेको उनीहरुको गुनासो छ । नगरप्रमुख राईले वैशाख ६ गते शनिवार शिव धाराको घुम्तीमा सर्दु जलाधार क्षेत्र प्रारम्भ भन्दै सा

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ५९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मिसेस स्टेट २०२५ सिजन थ्रीको पहिलो अडिसन संपन्न

    धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेशको पहिलो अडिसन शनिवार संपन्न भएको छ । गृहणी महिलाहरुलाई लक्षित मिसेस स्टेट सिजन थ्री को पहिलो अडिसनमा ८ जनाले सहभागिता जनाएका छन् । धरान पुतली लाइन स्थित हाङकुक साराङ रेष्टुरेन्टको हलमा पहिलो अडिसन संपन्न भएको छ । वुमन्स वर्थ गु्रपका अध्यक्ष सुजता श्रेष्ठको अध्यक्षतामा संपन्न अडिसनमा निर्णायकको रुपमा महिला संजाल धरानका पुर्व अध्यक्ष एवं सामाजिक अभियन्ता शिला वज्रचार्य, कोरियोग्रफर डिजे ललित राई, मिसेस स्टेट पहिलो सिजनका विजेता संझना विश्वकर्मा र धरान मेघा हिमालयन कलेजका होटल म्यानेजमेन्ट वि

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ७०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रा.डा शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी

    धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्माले निमित्त उपकुलपतिको जिम्मेवारी पनि पाएका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकाल समाप्त भएसंगै रिक्त रहेको उपकुलपतिका जिम्मेवारीलाई निरन्तता दिन बैशाख ४ गते प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा.शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेका थिए । निमित्त उपकुलपति प्रा. डा.शर्माले आइतबारदेखि नै कार्यभार सम्हालिसकेका छन् । चैत २६ गते डा.ज्ञानेन्द्र गिरीको कार्यकाल सकिएपछि प्रतिष्ठान उपकुलपतिविहिन भएको थियो । उपकुलपति विहीन अवस्थामा

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ८२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनेमसंघ सुनसरीमा विणा खनाल सर्वसम्मत चयन

    धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसरीको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षतमा विणा खनाललाई सर्वसम्मत चयन गरेको छ । खनालको अध्यक्षतामा ६९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । अधिवेशनको अवसरमा सांसदहरु तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । शनिबार इटहरीमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि तथा अनेमसंघका केन्द्रीय उपाध्यक्ष मेनका काफ्लेले प्रतिनिधिसभा सदस्य भगवती चौधरी, राष्ट्रिय सभा सदस्य रुकमिणी कोइरालालाई सम्मान गरेकी छन् । त्यस्तै अनेमसंघ सुनसरीका पूर्व अध्यक्षहरु शारदा श्रेष्ठ, कुन्ता शर्मा, इन्दु गौतम, लक्ष्मी गौतम, मिरा आचार्य खनाल र मन्जु भण्डारीलाई समेत लसम्मान गर

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ५४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved