आजदेखि रोजगार मेला सुरु रोजगारीको अवसर

  • वैशाख ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान। आजदेखि धरानमा रोजगारी मेला लाग्ने भएको  छ। उक्त मेलाबाट धरानका एक हजारभन्दा बढीले रोजगारीको अवसर पाउने भएका छन् । आज(विहीवार) र भोली (शुक्रबार) हुन लागेको आयोजक धरान उपमहानगरपालिकाले मंगलबार मेलाको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा विभिन्न संघसंस्थाहरुबाट रोजगारीको आवश्यकता १०७८ जनाको प्राप्त भएको जानकारी दिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौगालाईका अनुसार कम्प्युटर अपरेटरदेखि लेखापाल, कुक, वेटर, पिसिएल नर्स, एएनएम, सिएमए, शिक्षक, फ्याक्ट्री मजदुर, हाउस किपिङ, मार्केटिङ एजेन्ट, मार्केटिङ मेनेजर, चालक, सुरक्षा गार्ड लगायत २२ प्रकारका रोजागरीको आवश्यकता प्राप्त भएको छ । 

मेलामा १०७८ जनाको आवश्यकता प्राप्त भएपनि कम्तीमा ५ सय युवा जनशक्तिले रोजगारी पाउने लक्ष्य राखिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए । ‘आवश्यकता धेरै नै छ तर सुचीकृत भएका बेरोजगार युवाहरुको योग्यता, क्षमताको आधारले पनि काम पाउने, नपाउने निर्धारण हुन्छ,’उनले भने,‘त्यसैले हाम्रो लक्ष्य कम्तीमा ५ सयले रोजगार पाउछन् भन्ने हो ।’

दुई दिने धरान रोजगार मेला बिहिबार र शुक्रबार धरान १२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानमा हुदैछ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा हुने मेला बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म हुने उपमहानगरको भनाई छ । 

रोजगार मेलामार्फत १५८२ जनाले फारम भनेर दर्ता भएका छन् भने श्रमसंसार वेब पोर्टलमार्फत ११३१ जना व्यक्तिहरुले आफैलाई दर्ता गरिसकेको पनि उपमहानगरपालिकाले जानकारी दिएको छ । यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार व्यवस्थापन सुचना प्रणालीमा हालसम्म ५३५ जना लाभार्थीहरु दर्ता भएका छन् । 

‘हालसम्म यी ३ माध्यमबाट ३२४८ जना बेरोजगारको सुचीमा दर्ता भएको निरौलाले बताए ।मेलामा विभिन्न ३१ वटा स्टल रहने रोजगार कार्यक्रम संयोजक निर्मला बस्नेतले जानकारी दिइन् । उनका अनुसार विभिन्न रोजगारदाता संघसंस्थाहरुको स्टल हुनेछ । 

सुचीकृत भएका बेरोजगार जनशक्तिहरु आफ्नो क्षमता, योग्यता अनुसार सम्बन्धित रोजगारदाताको स्टलमा गएर रोजगारी प्राप्त गर्नसक्नेछन् । ‘मेला अवधिमा नै रोजगारी पाउनसक्छन् । रोजगारदाताले आफुलाई चाहिने जनशक्तिको छनौट प्रक्रिया त्यही गर्छन्, र उचित लागेको व्यक्तिसँग लिखित सम्झौता गरेर लिन्छन्,’ प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने ।

सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठका अनुसार रोजगारदाताले कर्मचारी तथा कामदार लिएपछि श्रम ऐनले तोके वमोजिम नै सेवा सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ । यद्यपी, चाडपर्व विदाको बिषयमा भने कहिले पाउने भनेर रोजगारदाता र कामदारबीच आपसी समझदारी गरेर अघि बढ्ने  र कमदारले पाउने सेवा सुविधा श्रम ऐन वमोजिम नै हुने उनको भनाई छ ।

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved