धनगढी/ माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सन्तोषजनक नआएपछि कैलालीमा दुई छात्राले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिकाका ती छात्रा मंगलबार आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनीहरूले आत्महत्या गर्नुको कारण एसईईको नतिजा राम्रो नआएको हुन सक्ने प्रारम्भिक बुझाइ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । दुवै छात्रा नाबालिग रहेकाले उनीहरूको नाम र विद्यालय गोप्य राखिएको प्रहरीले जनाएको छ।
धरान/ धरान उपमहानगरपालिकाअन्तर्गत रहेका २१ वटा सामुदायिक विद्यालयहरूको एसईइ २०८२ को नतिजा सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार १ हजार १२० विद्यार्थीमध्ये ५६४ जना मात्रै उत्तीर्ण भएका छन् भने समग्र उत्तीर्ण प्रतिशत ५०.३६ रहेको छ। नतिजाअनुसार श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, धरान–१५ ले ५ मध्ये ५ जना उत्तीर्ण गर्दै शतप्रतिशत (१००%) नतिजा ल्याएको छ। यो धरानका सामुदायिक विद्यालयमध्ये एकमात्र शतप्रतिशत नतिजा हो। यस्तै, श्री चन्द्र संस्कृत मावि, धरान–१६ ले ६ मध्ये १ जना उत्तीर्ण गर्दै १६.६७ प्रतिशत नतिजा ल्याएको छ भने श्री माध्यमिक विद्यालय, धरान–१७ मा २६ मध्ये
धरान/ धरानका दुई ठूला सहकारी संस्था बराह बचत तथा ऋण सहकारी संस्था र श्रेया बचत तथा ऋण सहकारी संस्था मार्फत सर्वसाधारणको झण्डै साढे १२ अर्ब रुपैयाँ अपचलन भएको प्रकरणमा स्थानीय सरकार प्रभावहीन देखिएको छ। मुख्य सञ्चालकहरू फरार भएपछि धरान उपमहानगरपालिका ले दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरे पनि पीडितको रकम फिर्ता गराउने वा प्रभावकारी अनुसन्धान अघि बढाउने काम हुन सकेको छैन। बराह सहकारीबाट करिब ११ अर्ब र श्रेया सहकारीबाट १ अर्बभन्दा बढी रकम हिनामिना भएको दाबी गरिएको छ। दुवै संस्था लामो समयदेखि बन्द छन् भने सञ्चालकहरू सम्पर्कविहीन बनेपछि पीडितहरूले राज्य संयन्त्र नै निरीह बनेको आरोप लगाएका
धरान/ धरान–१६ स्थित नवोदय विद्यामन्दिर बोर्डिङ स्कूल ले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ। विद्यालय इन्चार्ज नीर कुमार राईका अनुसार यस वर्ष सहभागी भएका २१ जना विद्यार्थीहरू सबै उत्तीर्ण भएका छन्। सार्वजनिक नतिजा अनुसार २ जनाले GPA 3.61 देखि 4.0 सम्म A+ ग्रेड, ९ जनाले GPA 3.21 देखि 3.6 सम्म A ग्रेड तथा १० जनाले GPA 2.81 देखि 3.2 सम्म B+ ग्रेड प्राप्त गरेका छन्। शतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा विद्यालयले विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनको प्रशंसा गर्दै बधाई तथा शु
धरान/ धरान–१३ स्थित Thousands Big Buddha सडकमा प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। मंगलबार राति करिब १२:४० बजे इलाका प्रहरी कार्यालय धरान बाट खटिएको प्रहरी टोलीले सडक किनारमा रोकिएको को १ च ७३५९ नम्बरको एम्बुलेन्स जाँच गर्दा भित्र लुकाइराखिएको ४४० किलो गाँजा फेला पारेको हो। उक्त एम्बुलेन्स बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रा.लि. द्वारा सञ्चालित रहेको प्रहरीले जनाएको छ। गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको
धरान/ राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा धरान–१२ स्थित मेघा हिमालयन स्कुल ले शतप्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे का अनुसार परीक्षामा सहभागी २४ जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन्। जसमध्ये ३ जनाले A+, १२ जनाले A र ९ जनाले B+ ग्रेड प्राप्त गरेका छन्। विद्यालयको सर्वाधिक जीपीए ३.७९ ल्याउँदै विद्यार्थी सान्त्वनु चौधरी विद्यालय टपर बनेका छन्। सान्त्वनु यसअघि विभिन्न अतिरिक्त क्रियाकलाप, विशेषगरी सिङ्गिङ आइडलमा समेत सक्रिय सहभागी रहँदै आएका विद्यार्थी हुन्। यस वर्षको एसईई नतिजामा द
धरान/ नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा धरानमा सञ्चालन भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको एक्युरेसी ओभरअलतर्फ अमन थापा मगर विजेता बन्नु भएको छ । उनलाई नगद रु.एक लाख ५० हजारसहित मेडल पुरस्कार प्रदान गरिएको संघका अध्यक्ष भुपेन्द्र चाम्लिङले जानकारी दिए । त्यसैगरी, सागर नेपाली उपविजेता बन्दै रु.एक लाखसहित मेडल प्राप्त गरेका छन् भने भारतका खेलाडी अक्ष कुमार तेस्रो हुँदै रु.७५ हजारसहित मेडल प्राप्त गरेका छन् । खुला महिलातर्फ भारतका खेलाडी श्रेयसी तामाङ प्रथम, ईक्सा राई दोस्रो र विद्या राई तेस्रो भएकी छिन् । उनीहरुलाई
भक्तपुर/ राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र (मङ्गलबार)नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, “सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको थियो, त्यो सीमाभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ, परीक्षार्थीको प्राप्ताङ्क ‘कम्प्युटर’मा ‘इन्ट्री’ गर्ने काम सकिएको छ, कि कतै केही गल्ती छ कि भनेर
मोरङ/ रतुवामाई नगरपालिका–२, घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल का अनुसार ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडंगा र बिओपी डोरियाले बरामद गरेको हो । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्का लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएको प्रहरीले जनाएको छ । बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
भोजपुर/ किरात धर्म, संस्कार र सामाजिक एकताको प्रतीकका रूपमा निर्माण गरिएको किरातेश्वर माङखिम ९६औं समाज सुधार दिवसको अवसर पारेर भोजपुरको आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाको संगमस्थलमा भव्य समारोहबीच पुनः उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ध्रुवराज राई तथा विशेष अतिथि केहेरसिं योङहाङ ले संयुक्त रूपमा माङखिम उद्घाटन गर्दै किरात सभ्यता, धर्म र संस्कृतिको संरक्षणमा यस्ता धार्मिक तथा सांस्कृतिक केन्द्रहरूको महत्वपूर्ण भूमिका रहने बताएका थिए। कार्यक्रममा अशोक राई, प्रेमकुमार राई, समाजसेवी तथा बुद्धिजीवी इश्वरमान राई, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सदस