सुनसरी/ झोलामा ११ किलोभन्दा बढी गाँजा बोकेर पूर्व–पश्चिम राजमार्ग हुँदै हिँडिरहेका धनकुटाका एक युवा सुनसरीमा पक्राउ परेका छन्।
कोशी गाउँपालिका–४, कोशी कटानस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी शिवचोकबाट आईतवार खटिएको प्रहरी टोलीले शंकाका आधारमा धनकुटाको सागुरीगढी गाउँपालिका–८ निवासी २८ वर्षीय चरन राईलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनको साथमा रहेको झोला खानतलासी गर्दा गाँजा ११ किलो १ सय २० ग्राम पदार्थ फेला पारेको जनाएको छ।
पक्राउ परेका राईलाई लागूऔषधसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।