१५ किलो लागुऔषध बरामद, ६ जना पक्राउ

  • भदौ ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt लागुऔषधसहित पक्राउ परेकालाई सार्वजनिक गरिँदै । तस्बिर :जानु पाण्डे

 कृष्णनगर/ कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा १५ किलोभन्दा बढी लागुऔषध बरामद गरी छ जनालाई पक्राउ गरेको छ। प्रहरीले कृष्णनगर र चन्द्रौटाबाट ठुलो परिमाणमा चरेस र अफिमजस्तो देखिने पदार्थ बरामद गरेको हो।

कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्कमा चेकजाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–३ की ३४ वर्षीया रतिमा रोका, कपिलवस्तुको विजयनगर गाउँपालिका–४, ज्योतिनगरकी ४५ वर्षीया फनिसरा सारु र ५६ वर्षीया नन्सरी घर्ती मगर, पर्साको ठोरी गाउँपालिका–२ की ४८ वर्षीया चुमा लामिछाने तथा दाङको राजपुर गाउँपालिका–३ की ४३ वर्षीया विमला पुन रहनुभएको छ। उहाँहरूको साथबाट पाँच थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, साउन ६ गते शिवराज नगरपालिका–५, चन्द्रौटास्थित सुन्दर टोलबाट १८ वर्षीय अनुप नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो। उहाँको साथबाट ५८० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लागुऔषध र एक थान मोबाइल बरामद भएको थियो।

पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो।

-गोरखापत्र अनलाइन

बालबालिकाको उज्ज्वल ...

सुनसरी/ धरान -१८ स्थित डिपोट सेकेन्डरी स्कुलमा नर्सरी र ...

गरिमा चौधरी हत्या प् ...

बारा/ बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की ...

कुलुङलाई जनजातिको सू ...

धरान/ नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ क ...

११ किलोभन्दा बढी गाँ ...

सुनसरी/ झोलामा ११ किलोभन्दा बढी गाँजा बोकेर पूर्व& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved