गरिमा चौधरी हत्या प्रकरणमा अर्का बालक पक्राउ

  • भदौ ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

बारा/ बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले अर्का एक बालकलाई पक्राउ गरेको छ।

जितपुरसिमरा उपमहानगरपालिका–२ का कक्षा ९ मा अध्ययनरत १४ वर्षीय प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए।

पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यसअघि पक्राउ परेका सुमन थापाले बयानका क्रममा खड्काको समेत संलग्नता रहेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। खड्काको पक्राउसँगै गरिमा हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ। गरिमाका परिवारले दिएको पूरक जाहेरीपछि प्रहरीले शनिबार थप पाँच जनालाई पक्राउ गरेको थियो।

गरिमाको शव भेटिएपछि प्रहरीले सुरुमा सुमन थापा र प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा थप व्यक्तिहरू पक्राउ परेका हुन्। प्रहरीले पक्राउ परेका अन्य व्यक्तिहरूको नाम भने गोप्य राखेको छ।

बालबालिकाको उज्ज्वल ...

सुनसरी/ धरान -१८ स्थित डिपोट सेकेन्डरी स्कुलमा नर्सरी र ...

१५ किलो लागुऔषध बराम ...

 कृष्णनगर/ कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा ...

कुलुङलाई जनजातिको सू ...

धरान/ नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ क ...

११ किलोभन्दा बढी गाँ ...

सुनसरी/ झोलामा ११ किलोभन्दा बढी गाँजा बोकेर पूर्व& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved