धरान मेघाका विद्यार्थी पाँचतारे मेची क्राउनमा: सिके होटल व्यवस्थापनको व्यावहारिक पाठ

  • भदौ ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजले कक्षा ११ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीलाई झापाको धुलाबारीस्थित कोशी प्रदेशकै ठूलो पाँच तारे होटल ‘होटल मेची क्राउन’को अवलोकन भ्रमण गराएको छ। शनिबार आयोजित भ्रमणसँगै होटलको आतिथ्य सेवा, व्यवस्थापन, खानपान, शिष्टाचार तथा व्यावसायिक कार्यशैलीबारे अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भएको हो।

  होटल मेची क्राउनमा आयोजित अभिमुखीकरण कार्यक्रममा कलेजका प्रिन्सिपल दीपक घिमिरेले विद्यार्थीलाई अहिले देखि नै आफ्नो भविष्यप्रति स्पष्ट लक्ष्य निर्धारण गरी त्यसतर्फ दृढतापूर्वक अघि बढ्न आग्रह गरे।

पाँच तारे होटलको प्रत्यक्ष भ्रमण गराई त्यहाँको हस्पिटालिटी सेवा, खाना तथा सेवा शिष्टाचार र समग्र व्यवस्थापनबारे व्यावहारिक ज्ञान प्रदान गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको उनले बताए।

कलेजकी होटल म्यानेजमेन्ट कोअर्डिनेटर स्मारिका दाहालले होटल म्यानेजमेन्ट अध्ययनको आवश्यकता, हस्पिटालिटी इन्डस्ट्रीको सम्भावना तथा यस क्षेत्रमा आवश्यक व्यावसायिक दक्षताबारे विद्यार्थीलाई जानकारी दिइन्।

उनले होटल म्यानेजमेन्टका विद्यार्थीले आफ्नो व्यक्तित्व, बोल्ने शैली, व्यवहार र प्रस्तुतीकरणलाई कसरी व्यावसायिक बनाउन सकिन्छ भन्ने विषयमा समेत अभिमुखीकरण गराइन्।

कार्यक्रममा होटल मेची क्राउनकी एचआर पुनम बन्जराले होटल करिब ८ दशमलव ५ बिघा क्षेत्रफलमा फैलिएको जानकारी दिइन्। उनका अनुसार होटलमा २०५ वटा सुविधासम्पन्न कोठाका साथै क्यासिनो, स्विमिङ पुल, हेल्थ क्लब लगायतका सुविधा छन्।

अतिथिलाई आकस्मिक स्वास्थ्य समस्या वा अन्य आपत्कालीन अवस्था आइपरेमा हेलिकप्टर अवतरण गर्न सकिने व्यवस्था समेत होटल परिसरमा रहेको उनले बताइन्। क्यासिनोमा भने नेपाली नागरिकलाई प्रवेश निषेध रहेको र विदेशीका लागि मात्र प्रवेशको व्यवस्था रहेको जानकारी उनले दिइन्।

अवलोकन भ्रमणका क्रममा विद्यार्थीले होटलको हाउसकिपिङ, किचन, विभिन्न श्रेणीका अतिथि कक्ष, सेवा क्षेत्र तथा अन्य विभागको प्रत्यक्ष अवलोकन गरे।

पाँच तारे होटलमा अतिथि स्वागतदेखि कोठा व्यवस्थापन, खाद्य उत्पादन, सेवा प्रवाह र व्यावसायिक शिष्टाचारसम्म कसरी व्यवस्थित रूपमा सञ्चालन गरिन्छ भन्ने विषयमा विद्यार्थीले प्रत्यक्ष अनुभव हासिल गरेका थिए।

कलेजका अध्यक्ष राजेश विद्रोहीको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा कलेजका शेयर सदस्य प्रभाष राजवंशी, सागर खड्का, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे लगायतको उपस्थिति थियो।

व्यावसायिक शिक्षालाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी उद्योगसँग प्रत्यक्ष जोड्ने उद्देश्यले गरिएको यस्तो अवलोकन भ्रमणले विद्यार्थीलाई हस्पिटालिटी क्षेत्रमा आवश्यक ज्ञान, सीप, आत्मविश्वास र व्यावसायिक दृष्टिकोण विकास गर्न महत्वपूर्ण योगदान पुग्ने कलेजले जनाएको छ।

बाबु नै बने छोरीको अ ...

चितवन/ आफ्नै छोरीलाई बलात्कार गर्ने एक बाबुलाई चित ...

वडा कार्यालयको सामान ...

झापा/  झापा गाउँपालिका–५ को वडा कार्याल ...

घरअगाडिबाट हराएकी २३ ...

बारा/ बाराको कलैयाबाट शनिबार साँझ घरअगाडिबाट हराएकी २३ ...

प्रहरीबाट लुटिएको सट ...

झापा/ जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved