प्रहरीबाट लुटिएको सटगन लुकाउने सुमन कर्ण प्रहरी फन्दामा

  • भदौ ७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

झापा/ जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६, आइतबारे घर भई दमक नगरपालिका–१, रातोपुलस्थित अक्षय इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्ण रहेका छन्।

शनिबार दमक नगरपालिका–४, त्रिवेणी चोकस्थित खयरबारीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले उक्त हतियार बरामद गरेको हो।

गत भदौ २३ र २४ गते भएको जनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको सटगन कर्णले लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कर्णलाई नियन्त्रणमा लिएर उनको साथबाट हतियार खोजतलास गर्दा प्रहरीको कम्बलमा पोको पारी लुकाइएको अवस्थामा सटगन फेला परेको थियो।

प्रहरीका अनुसार १२११११४ नम्बरको उक्त सटगनको ब्यारेल भाँचिएर दुई टुक्रा भएको अवस्थामा फेला परेको छ। प्रहरीले हतियारलाई रीतपूर्वक बरामद गरी कर्णलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरान मेघाका विद्यार् ...

धरान/  धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजले कक्ष ...

बाबु नै बने छोरीको अ ...

चितवन/ आफ्नै छोरीलाई बलात्कार गर्ने एक बाबुलाई चित ...

वडा कार्यालयको सामान ...

झापा/  झापा गाउँपालिका–५ को वडा कार्याल ...

घरअगाडिबाट हराएकी २३ ...

बारा/ बाराको कलैयाबाट शनिबार साँझ घरअगाडिबाट हराएकी २३ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved