भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२, धोत्लेखानीस्थित एउटै घरभित्र आइतबार राति एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । धारिलो हतियार प्रहार गरी ससुरा, सासु, श्रीमती र सालोको ज्यान लिएपछि अभियुक्त आफैं प्रहरीमा फोन गरेर भने– ‘मान्छे मारेको छु, समात्न आउनु’ राजेन्द्र राई नामका व्यक्तिले आफ्नै ससुरा, सासु, श्रीमती र सालोको धारिलो हतियार चक्कु प्रयोग गरी हत्या गरेका हुन् । घटनालगत्तै आइतबार राति १ः१५ बजे अभियुक्त राजेन्द्र राईले जिल्ला प्रहरी कार्यालय भोजपुरमा फोन गरी ‘मान्छे मारेको छु, मलाई समात्न आउनु’ भन्दै जानकारी गराएका थिए ।उक्त सूचना
धरान/ व्यवसायिक फर्महरुमा सम्बन्धित निकायले जतिपटक अनुगमन गरे पनि मापदण्ड अनुरुप कानुनको पालना गरेर सञ्चालन गरेको पाइदैन । स्थानीय स्तरमा धरान उपमहनगरपालिकाको अनुगमन महाशाखा लगायत बेला बेलामा नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय मातहमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने अनुगमन समेत प्रभावकारी पाइदैन । स्थानीय स्तरमै नियमित अनुगमन गरी व्यवसायीहरु व्यवसायिक फर्मलाई मापदण्डमा ल्याउने अनुगमन महाशाखाले नियमित अनुगमन गर्नुपर्ने भएपनि मौसमी अनुगमन गर्ने गर्छ ।यस्तै अनुगमनको अख्तियारी पाएर स्थानीय तहको अनुगमन महाशाखासँग समन्वय गरेर खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, उ
विर्तामोड/सार्वजनिक यातायातमा एक कन्चो लगानी नगरेको सरकारले बहुराष्ट्रिय कम्पनी र बिचौलियाहरुको प्रभावमा परेर निजी लगानीले धानेको सार्वजनिक यातायात क्षेत्रलाई ध्वस्त बनाएको यातायात मजदुर नेता भीमज्वाला राईले बताउनुभएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन झापा जिल्लाको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्नुहुँदै सार्वजनिक यातायात सेवालाई व्यवस्थित गर्ने नीति, ऐन र नियमावलीहरु निर्माण गर्दा सरकार बहुराष्ट्रिय कम्पनीहरु, विदेशी दातृ कन्सल्ट्यान्ट र विचौलियाहरुको प्रभावमा परेर निर्माण गर्नेगरेको राईले बताउनुभयो । करिव १० खर्ब निजी लगानीको संरक्षण, ११ लाख यातायात श्रमिकहरुको स
धरान/आज हिन्दू धर्मावलम्बीहरूले आस्था र श्रद्धापूर्वक हरिशयनी एकादशी मनाइरहेका छन् । आषाढ शुक्ल पक्षको एकादशीका दिन मनाइने यो पर्वलाई देवशयनी एकादशी पनि भनिन्छ । धार्मिक मान्यताअनुसार आजको दिनदेखि भगवान् विष्णु क्षीरसागरमा चार महिनाका लागि शयनमा जानुहुन्छ र चतुर्मास सुरु हुन्छ । धरान, इनरुवा, इटहरी लगायतका शहर तथा गाउँका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । व्रत, पूजा तथा तुलसीको बिरुवा सार्ने परम्परागत अभ्यास आज विशेष रूपमा सम्पन्न गरिँदैछ । हरिशयनी एकादशीको दिन घर–घरमा गमलामा रहेको तुलसीको बिरुवा जमिनमा सार्ने चलन छ । यसलाई शुभ कार्यको सुरुआतको संकेत मानिन्छ । विष्णुका प्र
धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० गते हुने नयाँ पदाधिकारी चयनको लागि शनिबार उम्मेद्धवारी मनोनयन दर्ता भएको छ ।निर्वाचन समितिका अनुसार, संघको अध्यक्षका लागि गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले उम्मेद्धवारी दर्ता गराएका छन् । निर्वाचन समितीका प्रमुख निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माका अनुसार वाणिज्य तर्फ १५ जना ,उद्योग तर्फ ७ जना,एसोसिएट तर्फको सदस्यका लागि ५ जना ,वस्तुगत तर्फ ३ जना ,उद्योग तर्फ महिला सदस्यको पदको लागि भने मीना राई निर्विरोध भएकी छिन् ।निर्विरोध निर्वाचित भएकी राई गोपाल श्रेष्ठ प्यानलकी हुन् । वाणिज्य तर्फको महिला सदस्यको लागि भने २ जनाले उम्मेद्धवारी दर्ता
धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिएको पव्लिक हाई स्कुल धरान १२ ले शनिबार कक्षा ११ को लागि लिएको प्रवेश परीक्षा लिएको छ । स्कुलका प्रधानाध्यापक डा. इन्द्र मोहन झाका अनुसार ५ सय ९४ जना विद्यार्थी सहभागि थिए भने जम्मा ४ सय ६५ जनाले उतीर्ण गरेको बताइएको छ । स्कुलका अनुसार पब्लिक हाई स्कुलबाट २७२ परीक्षार्थी मध्ये २३१ जना उत्तीर्ण भएका थिए भने अन्य विद्यार्थी धरान र धरानदेखि बाहिरका विद्यार्थी सामेल थिए । प्रधानाध्यापक डा. झाका अनुसार वाह्य जिल्लाका विद्यार्थीहरुसागुरीगढी, धनकुटा, तेह्रथुम, पाँचथर, खोटाङ, सङ्खुवासभा, भोजपुर र कोहलपुर देखि समेत विद्यार्थ
धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात हुने गरेको छ । नेपाली युवाहरुले काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग चियु’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा एक महिनामै निर्यात हुन थालेको छ भने यस्को माग अत्यधिक हुन थालेको बताइएको छ । ललितपुरस्थित चापागाउँमा ३ वर्षअघि विकास तिम्सिना, विश्वबन्धु शर्मा र मनोज हुमागाईँको नेतृत्वमा स्थापना गरिएको याला हिमालयन कम्पनीले हालै मात्र अमेरिकामा निर्यात सुरु गरेको छुर्पीले उल्लेखनीय माग उत्पन्न गरेको छ ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज हुमागाईँका अनुसार अमेरिकामा एमेजनमार्
धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये वडा नं. ९ लाई बालमैत्री वडा का रूपमा घोषणा गरेको छ ।शनिबार औपचारिक कार्यक्रम गरि वडालाई बालमैत्री वडाको भनेर घोषणा गरेको हो । धरान उपमहानगरपालिकाको उपमेयर आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । ९ नम्बरका वडाध्यक्ष रुपेश आचार्यका अनुसार ाबालबालिकाको अधिकार, सुरक्षा र सहभागितामा केन्द्रित नीति तय गरि धरान उपमहानगरपालिकाले आफ्नो दीर्घकालीन योजना अनुसार सबै वडामा बालहितमा नीति–कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाए अनुरुप बाल मैत्रीको सम्पुर्ण सुचकहरु पुरा गरेर वडालाई बालमैत्री वडा घोषण
धरान/सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीको नियमित चेकजाँचको क्रममा ठूलो मात्रामा अवैध भारतीय मदिरा बरामद गरिएको छ। बिहीबार राति करिब ८:३० बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट पोखरा तर्फ गइरहेको GAA 0188 नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको साइड डिक्कीमा लुकाई छिपाई ल्याइएको ३५९ बोतल Old Monk Deluxe Rum (७५० एमएल) र १२ बोतल Royal Stag (७५० एमएल) फेला पारेको हो। मदिरासहित प्रहरीले जिल्ला कास्कीको पार्चे गाउँपालिका–१ निवासी ४५ वर्षीय खगेन्द्र सिंह गुरुङलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछमा ती मदि
धरान/ भारतबाट नेपाल ल्याइँदै गरेको लागूपदार्थ ब्राउन सुगरसहित धरानका दुई जना युवालगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ का २४ वर्षीय बलराम चौधरी, धरान–१९ का ३२ वर्षीय अरविन्द भण्डारी र भोक्राहा नरसिंह गाउँपालिका–३ का ३१ वर्षीय प्रभु नारायण यादव रहेका छन्। प्रहरीका अनुसार धरान दर्ता नम्बर को.३३प. रहेको मोटरसाइकलमा सवार बलराम च