विराट टिचिङको नयाँ फड्को : स्त्री तथा प्रसूति सेवाका लागि २ सय बेडसहित ५ अत्याधुनिक अप्रेशन थिएटर सञ्चालन

  • भदौ ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्त्री तथा प्रसूति सेवामा नयाँ इतिहास रचेको छ । पूर्वी नेपालकै स्त्री तथा प्रसूति उपचारमा समर्पित २ सय बेड क्षमताको अत्याधुनिक भवन मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले नवनिर्मित भवनको उद्घाटन गर्दै अस्पतालको सेवा–सुविधालाई देशकै उदाहरणीय भन्दै प्रशंसा गरे ।

यो विस्तारसँगै अस्पतालमा २४ वटा अप्रेशन थिएटरमध्ये ५ वटा विशेष स्त्री तथा प्रसूति शल्यक्रिया कक्ष, ३० बेड क्षमताको डिलक्स क्याबिन, गाइनो आइसीयू तथा २ सय बेडको विशिष्ट वार्ड थपिएको छ । साथै, अस्पतालमा २० भन्दा बढी विशेषज्ञ चिकित्सकको टोलीले २४ घण्टा सेवा दिने व्यवस्था गरिएको छ ।

पूर्वाञ्चलमै पहिलो अत्याधुनिक ल्याप्रोस्कोपिक गाइनो सेन्टर

नेपालकै अत्याधुनिक ल्याप्रोस्कोपिक स्त्री तथा प्रसूति केन्द्रको रुपमा परिचित यस अस्पतालमा अहिले १०० बेड क्षमताको इमरजेन्सी विभागसमेत सञ्चालनमा छ, जसमा प्रसूति आपतकालीन सेवा पनि समावेश गरिएको छ ।

‘१० वर्षपछिको आइस ब्रेक’

अस्पतालका अध्यक्ष तथा प्रा.डा. ज्ञानेन्द्र मानसिंह कार्कीले यो विस्तारले महिला बिरामीलाई सुरक्षित र गुणस्तरीय उपचारमा नयाँ विश्वास दिने बताए । साथै उनले सरकारले लामो समयपछि एमबीबीएस कोटा बढाउने निर्णयलाई ‘१० वर्षपछिको आइस ब्रेक’ भन्दै निजी क्षेत्रको लगानीलाई उचित महत्व दिएको टिप्पणी गरे ।

बिरामी र आफन्तमैत्री ‘विराट क्याफे’ पनि सञ्चालन

अस्पतालले सेवा लिने बिरामीका आफन्त, चिकित्सक र कर्मचारीलाई लक्षित गर्दै आधुनिक ‘विराट क्याफे’ समेत सञ्चालनमा ल्याएको छ, जसले स्वच्छ र सुलभ खाना–पानाको सुविधा उपलब्ध गराउनेछ ।

उद्घाटन कार्यक्रममा उपकुलपति वाग्लेले चिकित्सक, नर्स र विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्दै स्वास्थ्य क्षेत्रका अवसर र चुनौतीबारे छलफल गरेका थिए।

 

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved