साहायक प्रअ नपाएपछि शिक्षक बोहोरा बिच्किए, सहमति लत्याउँदै सामाजिक सञ्जालमा टिकाटिप्पणी, अन्ततः सरुवा

  • भदौ ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बाघझोडा/ वराहक्षेत्र नगरपालिका–८ बाघझोडास्थित कोशी माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण बोहोरा साहायक प्रधानाध्यापक पद नपाएपछि बारम्बार सामाजिक सञ्जालमार्फत विद्यालय प्रशासन र व्यवस्थापन समितिमाथि लक्षित टिप्पणी गर्दै आएका छन्। पेसागत आचारसंहिताविपरीत यस्तो गतिविधि रोक्न सहमति भएको भए पनि उनले सहमति लत्याउँदै निरन्तर विवादास्पद टिप्पणी गरेपछि नगर शिक्षा समितिले उनलाई तत्काल सरुवा गर्ने निर्णय गरेको छ।

सहायक प्रअ पद नपाएपछि आक्रोश

विद्यालयले साहायक प्रधानाध्यापक नियुक्ति नगरेपछि शिक्षक बोहोरा विद्यालय व्यवस्थापन समिति र प्रध्यानाध्यापक वालकृष्ण अधिकारीप्रति रुष्ट बनेका थिए। त्यसपछि उनले सामाजिक सञ्जालमार्फत विद्यालय प्रशासनविरुद्ध आक्षेप र आरोप सार्वजनिक गर्दै आएका थिए।

विद्यालय व्यवस्थापन समितिले यसअघि नै शिक्षक बोहोरालाई सरुवाका लागि नगरपालिकामा पत्राचार गरेको थियो। तर, जेष्ठ २१ गते नेपाल शिक्षक महासंघ वराहक्षेत्रका अध्यक्ष इन्द्रबहादुर बस्नेतको रोहवरमा विद्यालय व्यवस्थापन समिति र बोहोराबीच १२ बुँदे सहमति भएको थियो।

१२ बुँदे सहमति

सहमतिको मुख्य बुँदामा विद्यालय प्रशासनले शिक्षकलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था बनाउने, असल अभिभावकीय भूमिका निर्वाह गर्ने, शिक्षकको गुनासो सुन्ने, शिक्षक–अभिभावक–व्यवस्थापन समितिबीच सौहार्द कायम गर्ने लगायत प्रतिवद्धता थिए।

उता, शिक्षक बोहोराले भने विद्यालय प्रशासन र व्यवस्थापन समितिविरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति नदिने, पेसागत आचारसंहिताअनुसार जिम्मेवारी पूरा गर्ने, विद्यालयका विवाद बाहिर नल्याउने र विकास–प्रगतिमा अग्रसर रहने प्रतिबद्धता जनाएका थिए।

सहमति उल्लंघनपछि फेरि पत्राचार

तर, सहायक प्रअ नियुक्ति नपाएपछि बोहोराले पुनः सहमति विपरीत सामाजिक सञ्जालमा टिप्पणी गर्दै गए। विद्यालय प्रशासनले उनलाई पटक–पटक आग्रह, अनुरोध र निर्देशन दिए पनि गतिविधि रोकिएन।

यसपछि विद्यालय व्यवस्थापन समितिले साउन २८ गते पुनः पत्राचार गर्दै बोहोराको सरुवाका लागि नगरपालिकामा आधिकारिक माग गरेको थियो।

नगर शिक्षा समितिको निर्णय

विद्यालयको पत्राचार र शिक्षक बोहोराको गतिविधि हेरेर नगर शिक्षा समितिले उनलाई सूर्यकुण्ड माध्यमिक विद्यालयमा तत्काल काज सरुवा गर्ने निर्णय गरेको हो। समितिको निर्णयमा शिक्षक महासंघ वराहक्षेत्रका अध्यक्ष इन्द्रबहादुर बस्नेतसहित सबै सदस्यको सहमति रहेको छ।

नगरपालिका शिक्षा शाखाका प्रमुख उत्तमराज भारतीले भने, “विद्यालयको पत्राचारअनुसार नै सरुवा गर्ने निर्णय गरिएको हो। यो समितिको नियमित प्रक्रिया हो,” भन्दै निर्णय आवश्यक रहेको बताए।

शिक्षक बोहोराको प्रतिक्रिया

यता, सरुवाको निर्णयमा असन्तुष्ट शिक्षक बोहोराले आफूलाई प्रतिशोधका कारण सरुवा गरिएको दाबी गरेका छन्। उनले भने, “म आफ्नो गल्ती प्रमाणित भए सजाय भोग्न तयार छु। तर सरुवा भने प्रतिशोधका कारण गरिएको हो।”

विद्यालयका प्रध्यानाध्यापक वालकृष्ण अधिकारीले भने, “शिक्षक बोहोराले विद्यालयको प्रतिष्ठा र शान्त वातावरणमा आच आउने खालका टिप्पणी सामाजिक सञ्जालमा बारम्बार गरे। आग्रह, निर्देशन र स्पष्टिकरण माग्दा पनि रोकिएनन्। त्यसैले व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकामा पत्राचार गरेर सरुवा गर्नुपर्‍यो,” प्रतिक्रिया दिए।


यस घटनाले विद्यालयभित्र पेसागत आचारसंहिताको पालना र आन्तरिक विवादलाई बाहिर ल्याउने प्रवृत्तिलाई पुनः उजागर गरेको छ। नगर शिक्षा समितिको निर्णयपछि शिक्षक बोहोरा अब सूर्यकुण्ड माध्यमिक विद्यालयमा काज सरुवा भएर कार्यरत हुने भएका छन्।

तस्बिरमा हेर्नुस:

1000047420 1000047421 1000047423 1000047422

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved