कार्यपालिका बैठक विना निष्कर्ष स्थगित,बजेट अझै अन्यौल , शुक्रबार पुनः बस्ने

  • भदौ १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ करिब अढाई महिना पछि वसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक वुधबार दुई घण्टा लामो सन्चालन भए पनि कुनै पनि एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको छ ।

बैठक पुनः शुक्रबार वस्ने गरि स्थगित भएको हो । कार्यपालिका सदस्य दिनेश गजमेरका अनुसार दुई घण्टा लामो छलफल भएपनि कुनै निष्कर्ष निस्किन नसकेपछि बैठक आगामी शुक्रबारको लागि स्थगित भएको हो । 

चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम अनुमोदनको आशा गरिएको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक  कुनै एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको छ ।

दुई घण्टाभन्दा बढी समय चलेको बैठक कार्यसूचीमाथि छलफल गर्नुभन्दा बजेट निर्माणको प्रक्रिया र विधिमाथि नै केन्द्रीत रह्यो ।

विशेषगरी एमालेबाट निर्वाचित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरूले नीति तथा कार्यक्रम तथा आर्थिक विनियोजन विधेयकलाई अध्ययन गर्न समय दिनुपर्ने माग गर्दै चर्को असन्तुष्टि जनाएपछि बैठक रोकिनुपरेको हो ।

त्यसपछि मेयर हर्कराज राई (साम्पाङ) ले बैठक स्थगित गर्दै शुक्रबार दिउँसो २ बजे पुनः बस्ने निर्णय गरेका छन् ।

बुधबारको बैठकमा नीति तथा कार्यक्रम अनुमोदन, बजेट सिलिङ पास, कर्मचारी तह वृद्धि, योजना र पालिका गान अनुमोदनलगायत २६ वटा एजेण्डा तय भएका थिए । तर लामो प्रश्नोत्तरपछि कुनै निर्णय नहुँदा बैठक स्थगित भयो ।

नगरको बजेट विषयमा अहिले प्रमुख दलहरूबीच स्पष्ट ध्रुवीकरण भएको छ । एमाले एकातिर उभिँदा, मेयर साम्पाङसँग उपमेयर तथा उनका दल माओवादी र नेपाली कांग्रेस उभिएका छन् । तर कार्यपालिका र नगरसभामा एमालेको बहुमत रहेकोले उसको समर्थन विना बजेट पारित हुने सम्भावना छैन ।

राजश्व परामर्श समितिले १ अर्ब ६० करोडको बजेट प्रस्ताव गरे पनि स्रोत अनुमान तथा सिलिङ समितिले २ अर्ब २० करोड ७४ लाखमा वृद्धि गरेको थियो । एमालेले घाटा बजेट ल्याउन नहुने र कर वृद्धि गर्न नहुने अडान लिँदै उक्त निर्णयप्रति असहमति जनाएको छ । यसै क्रममा एमालेका सदस्य नरेश इवारम र सावित्रि परियारले बजेटमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

बैठकमा वडाअध्यक्ष र कार्यपालिका सदस्यका लागि छुट्टै बजेट विनियोजन गरिएको रहस्योद्घाटन पनि भएको छ । कांग्रेसका वडा अध्यक्ष तथा संसदीय दलका नेता नरेन्द्रकुमार राई (प्रविण) ले वडाअध्यक्षका लागि १० करोड र कार्यपालिका सदस्यका लागि ४५ लाख छुट्याइएको जानकारी दिएका थिए । सो रकमबाहेक मेयर भिजनमा ३ करोड ५ लाख र उपमेयर भिजनमा २ करोड विनियोजन गरिएको छ ।

यही बजेट विवादकै कारण एमालेका संसदीय दलका नेता नरेश इवारमले राजीनामा दिएको खुलासा पनि भएको छ ।

यसरी, धरान उपमहानगरपालिकाको बजेटप्रति दलहरूबीच रस्साकस्सी चुलिँदै गएको छ । अब शुक्रबारको कार्यपालिका बैठकमा यसले कस्तो मोड लिन्छ भन्नेमा नगरवासीको चासो बढेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved