बैंकिङ ठगी गिरोह बढ्यो,पूर्वसांसद ठगीको सिकार बनिन्

  • भदौ १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  नेपालको बैंकिङ प्रणालीलाई निशाना बनाउँदै सक्रिय ठगी गिरोहले योजनाबद्धरूपमा राजनीतिक, कानुनी र सामाजिक क्षेत्रमा परिचित व्यक्तिलाई समेत जालोमा पारिरहेको खुलेको छ ।
पछिल्लो समय कोशी प्रदेशकी एक महिला पूर्वसांसद ठगीको सिकार बनेकी छन् ।

कोशी प्रदेशसभाकी पूर्वसदस्य उनलाई गत असार २७ गते दिउँसो करिब २ः५० बजेतिर आफूलाई वाणिज्य बैंकको म्यानेजर भएको बताउने व्यक्तिले ‘वाट्सएप’मा फोन गरे । बैंकको लोगो देखिने गरी आएको फोनमा ‘माननीयज्यू, तपाईंको केवाईसी तत्काल अपडेट गर्नुपर्छ’ भनियो ।

पेसाले कानुन व्यवसायीसमेत रहेकी ती पूर्वसांसदले सहजै विश्वास गरिन् र मोबाइलमा आएको ‘ओटीपी’ (वान टाइम पासवर्ड) उपलब्ध गराइन् । त्यसपछि उनको खातामा भएको १ लाख ६९ हजार १० रुपैयाँ गायब भयो । यो प्रकरणको बैंकिङ एवं अनलाइन ठगीमा संलग्न गिरोहको निशानामा पूर्वसांसद परेको पुष्टि गर्छ ।

रकम चोरी भएपछि मात्रै आफू ठगीको सिकार भएको थाहा पाएकी ती पूर्वसांसदले यसअघि नै नेपाल प्रहरीका पूर्वडीआईजीको खाताबाट ३२ लाख रुपैयाँ गायब बनाइएको तथ्य पनि सम्झिइन् ।
‘मैले क्रिप्टोकरेन्सी सम्बन्धी धेरै मुद्दा हेरेकी छु । बैंकले कहिल्यै ओटीपी माग्दैन भन्ने थाहा थियो । तर, हुने दिन नटर्ने रहेछ,’ उनले भनिन् ।

घटनाबाट पीडित बनेकी ती पूर्वसांसदले आफ्नो परिचय भने गोप्य राखिदिन आग्रह गरिन् ।

घटना सार्वजनिक भएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढायो । वाणिज्य बैंकले दिएको विवरणअनुसार उक्त रकम सुरुमा सुनसरीको देवानगन्ज गाउँपालिका–५ का २६ वर्षीय शनिकुमार मण्डलको नाममा रहेको कामना विकास बैंकको खातामा पुगेको देखियो । त्यसपछि प्रहरीले असार २८ गते मण्डललाई पक्राउ ग¥यो ।

प्रहरीका अनुसार मण्डल सामान्य कामदार भए पनि भारतीय नागरिकसहितका व्यक्तिले उनलाई प्रलोभनमा पारी ८ वटा बैंकमा खाता खोल्न लगाएका थिए । ‘खातामा १ लाख जम्मा हुँदा ४ हजार पाउँछौ’ भन्ने लोभ देखाइएको थियो । तर, उनको खाता, चेक र एटीएम सबै भारतीय नागरिकले नियन्त्रणमा लिएर चलाउने गरेको प्रहरीले जनाएको छ ।

यो प्रकरणमा मण्डलसँगै मोरङ पथरीशनिश्चरे नगरपालिका–१० का २८ वर्षीय भीमराज थापा, सुनवर्षी नगरपालिका–४ की ३४ वर्षीया फूलवती ऋषिदेव (निरौला) र त्यहीँका ४० वर्षीय प्रवीण ऋषिदेव पनि पक्राउ परेका छन् । भीमराजलाई भदौ २ गते, फूलवतीलाई भदौ ६ गते र प्रवीणलाई भदौ ७ गते पक्राउ गरिएको हो ।

धनकुटा प्रहरीले यस प्रकरणको अनुसन्धान गरिरहेको छ । धनकुटा प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीका अनुसार यसमा भारतीय नागरिकसहित १४ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ ।

हालसम्म ४ जनालाई पक्राउ गरिएको १० जनाको खोजी भइरहेको उनले बताए । पक्राउ परेकाविरुद्ध संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार यस्ता ठगीका पछाडि प्रयोगकर्ताको असावधानी नै प्रमुख कारण हो ।

उनले भने ‘पढेलेखेका, सामाजिक अगुवा, व्यवसायी वा न्यूनतम डिजिटल ज्ञान भएका मानिस नै ठगीको सिकार बढी भएका छन् । योजनाबद्ध र विश्वासिलो शैलीले फोन गर्ने भएकाले पीडित सजिलै फस्छन् ।’

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved