प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयक विरोध गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा धर्ना

  • भदौ १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको  सञ्चारकर्मीहरुले विरोध जनाइरहेका छन् ।

यसैक्रममा सुनसरीका पत्रकारहरुले समेत जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्नासँगै विद्येयक खारेजीको माग गरेका छन् ।

विद्येयकमा कतिपय प्रावधान सच्याउन माग गर्दै निरन्तर आन्दोलनमा होमिएका सञ्चारकर्मीहरुले कोशी प्रदेश सरकारलाई दबाब दिने उद्देश्य स्वरुप जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि धर्नासँगै विद्येयक सच्याउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

सुनसरीमा आवद्ध विभिन्न संघ संगठनमा आवद्ध, स्वतन्त्र पत्रकारहरुले नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा धर्ना दिने क्रममा प्रहरी हस्तक्षेप भएको थियो । शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरेपछि केही बेर तनाव भएको थियो ।

सञ्चारकर्मीहरुले प्रहरीले हस्तक्षेप गर्न खोजेपछि प्रहरी दमनको विरुद्ध समेत नाराबाजी गरेका थिए ।
सुनसरीको धरान, इटहरी, दुहवी, बराहक्षेत्र लगायतका सञ्चारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय सुनसरी अगाडि धर्ना दिँदै विद्येयक उल्लेख गरिएको सञ्चारकर्मीलाई कुण्ठित पार्ने खालका बुदाहरुलाई हटाउन माग गर्दै नारा जुलुस समेत गरेका थिए ।

सञ्चारकर्मीहरुले एकै साथ आयोजना गरिएको सो विरोध कार्यक्रमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि धर्ना दिएका थिए भने प्रदेशका अन्य १३ जिल्लामै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए ।

महासंघ लगायत नागरिक समाज लगायतले दिएको सुझावलाईे  लत्याउदै कोशी प्रदेश सरकारको न्याय, प्रशासन तथा विधायन समितिले अझै कडाइ गर्ने प्रावधानसहितको प्रतिवेदन कोशी प्रदेशसभामा पेस गरेपछि सञ्चारकर्मी अझ आक्रोसित बनेका छन् ।

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव विनय प्रधान, महासंघ सुनसरीका पूर्व अध्यक्षहरु, अग्रज पत्रकार हर्ष सुब्बा लगायतले सम्बोधन गरेका थिए ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved