राजनीति

    Showing ९११-९२० of १,९५८ items.
  • उत्तेजनामा होइन, औचित्य पुष्टि गर्नुपर्छ : केपी ओली

    सुनसरी/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको आरोप लगाएका छन् । मध्यपहाडी यात्राको क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै गठबन्धनले साम्प्रदायिकताको पक्षलाई भित्रभित्र बढावा दिइरहेको उनको भनाइ छ । अध्यक्ष ओलीले भने, ‘एमालेले मात्रै सामाजिक न्याय र समानता कायम गर्ने आधारमा सामाजिक सद्भाव र सामाजिक सद्भावका आधारमा राष्ट्रिय एकता कायम गर्ने र देशको विकास गर्नसक्छ । त्यसैले म आग्रह गर्छु, भावनामा बग्न हुँदैन । हाम्रा दाजुभाइ, दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन ।’ उनल

    • प्रकाशित मितिः मंसिर २७, २०८०
    • ९०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक संजाल मार्फत बदनाम गराउन खोजेको भन्दै एमालेको आपत्ति

    धरान/ केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङले हर्दिया, कन्या पोखरी सडक निर्माणको विषयलाई लिएर नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य तथा धरान उपमहानगर पालिकाकी निवर्तमान उप प्रमुख मञ्जु भण्डारी माथि सामाजिक सञ्जालको दुरुपयोग गर्दै लगाएका आरोपहरू प्रति ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सञ्जालमा आएर गलत कुरा बोल्दै समाजलाई समेत दिग्भ्रमित पार्ने फोहोरी मानसिकता बोकेर प्रत्यक्ष सरोकार नभएको विषयमा भ्रष्टाचार गरेको भनी पार्टी र पार्टीका नेतालाई जोडेर गरिएका टिप्पणी माथि आपत्ति जनाउँदै सोमबार नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजंङ एभेङद्वारा हस्ताक्षरित विज्ञप्ती जार

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • ८०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घुर्मी–लेगुवा सडक अनिश्चितकालिन बन्द आह्वान एमालेको समृद्धि यात्रा विरुद्ध पहिचानवादी

    धरान/ प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंसिर २६ गतेदेखि मध्य पहाडी लोकमार्गको घुर्मी–लेगुवा सडक अनिश्चितकालिन बन्दको आह्वान गरेको छ । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत झुलाघाट–चिवाभञ्ज्याङको अभियान प्रदेश नं १ प्रवेश गर्न लागेपछि पहिचानवादीहरुले घुर्मी–लेगुवा सडक मंसिर २६ गतेदेखि ठप्प बनाउने घोषणा गरेका हुन् । संयुक्त संघर्ष समितिले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै उक्त आन्दोलन तथा बन्द आह्वान एमालेविरुद्ध नभै कोशी प्रदेशमा हस्ताक्षर गर्ने ८२ जना सांसद र पहिचान पक्षधरहरुलाई आतंककारी भन्ने तीन भाई विरुद्ध मात्र भएको पनि प्रष्ट्याएको छ । एमाल

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • ८०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आफ्नो पार्टी र नेतृत्वविरुद्ध गतिबिधि भएको भन्दै प्रदेशसभामा एमालेको विरोध

    विराटनगर/ पार्टी र नेतृत्व विरुद्ध कोशी प्रदेशमा विरोध प्रदर्शन चरणबद्ध रुपमा हुन थाले पछि एमालेका संसदहरुले प्रदेशसभा विरोध जनाएका छन् । एमाले अहिले संकल्प यात्रा झुलाघाट–चिवाभञ्ज्याङको अभियानमा छ । अभियानका क्रममा कोशी प्रदेशमा विरोध प्रदर्शन गर्ने भन्दै प्रचारबाजी गरिदै आएको छ । बुधबारको कोशी प्रदेशसभा बैठकमा दलको तर्फबाट समय लिएर बोल्दै तिलकुमार मेन्याङ्बोले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ‘प्रवेश गर्न नदिने’ भन्दै गरिएको प्रचारप्रति विरोध गरेको छन् । मुलुकका पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गर्ने प्रचार दुःखद् र संविधान विरोधी भएक

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • ५९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी कोभिड अस्पतालका औजार उपकरणमा खिया लाग्दै

    विराटनगर/  कोभिडको महामारीको बेला नागरिक, दातृ संस्था र प्रदेश सरकारले स्थापना गरेको कोशी कोभिड अस्पताल सञ्चालनमा समस्या भएको छ । प्रदेश सरकारले पटक पटक नाम र उद्देश्य फेरेर अस्पताल सञ्चालनको प्रयास गरे पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । कोभिड महामारीका बेला सञ्चालनमा आएको अस्पताल अढाई वर्षदेखि सञ्चालन हुन नसक्दा त्यहाँ रहेका अर्बौँ रुपैयाँका औजार उपकरण बिग्रने अवस्थामा पुगेका छन् । अस्पतालमा अहिले एक सय ३० वटा अत्याधुनिक बेड रहेका छन् । अस्पतालमा ८० वटा आइसियु, भेन्टिलेटर ३० र अल्ट्रासाउन्ड मेसिन ४ वटा रहेको कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्विस सरकारले उक्त

    • प्रकाशित मितिः मंसिर २१, २०८०
    • ६९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भूकम्पपीडितका लागि एमाले धरानद्वारा राहत रकम हस्तान्तरण

    धरान । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पिडित बनेकाहरुलाई राहत स्वरुप सहयोग गर्ने नेकपा एमालेको केन्द्रिय घोषणालाई सहयोग गर्न एमाले धरान उपमहानगर कमिटीले संकलन गरेको रहक हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि रुकुम र जाजरकोटका भूकम्पपीडितका लागि १ लाख ६६ हजार ४ सय २५ रुपैया एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज शेरधन राईलाई रकम हस्तान्तरण गरेको हो । भूकम्पपीडितका लागि १ लाख ६१ हजार १ सय २५ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ भने १८ नम्बर वडा कमिटीबाट प्राप्त नगद ५ हजार तीन सय रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गर

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • ८०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘लोकतन्त्र माथि प्रहार हुँदा पनि गठबन्धन सरकार मौन छ’

    धरान । देशमा अस्थिरता पैदा गरेर लोकतन्त्र माथि प्रहार भइरहेको अवश्थामा पनि गठबन्धन सरकार मौन बसेको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज शेरधन राईले आरोप लगाएका छन् । अनेक बहानामा प्राप्ती उपलब्धीलाई ध्वस्त पार्न धावा बोलिरहेको अवश्थामा पनि गठबन्धन सरकार कान तेल हालेर बसेकै कारण एमालेले संकल्प यात्रा शुरु गर्नुपरेको उनले दाबी गरे । मंगलबार नेकपा एमाले धरान उपमहानगर कमिटीद्वारा आयोजित भुकम्प पिडितलाई राहत रकम हस्तान्तरण तथा संकल्प अभियानको विषयमा जानकारी दिन पत्रकार भेटघाट कार्यक्रममा संस्थापक मुख्यमन्त्री समेत रहेका राईले लोकतन्त्रलाई अप्ठ्यारोमा धकेल्ने काम भइरहँदा गठबन्धन सरक

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • ७६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टिकटको टुङ्गो छैन गाउँ–गाउँमा दौडधुप

    इलाम/ इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएसँगै सांसद पद रिक्त बनेपछि उप निर्वाचनको तयारीका लागि नेताको दौडाहा सुरु भएको छ । उनको निधन भएसँगै जिल्लामा उपनिर्वाचनको तयारीका लागि उम्मेद्धवारका आकांक्षी नेता गाउँ गाउँमा पुग्न थालेका छन् । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आङ्कलन र चर्चा सुरु भइरहँदा काँग्रेसका दुई नेता र सुवास चन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङ गाउँ गाउँमा पुग्न थालेका छन् । उप निर्वाचन तोकिएको छैन र टिकट पनि कसले पाउने टुङ्गो नभए पनि आफूले टिकट पाउने भन्दा नेता मैदानमा उत्रिस

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ६७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचानवादीले काँग्रेस नेतालाई ओखलढुङ्गामा अवरोध गर्ने

    धरान/  प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले नेपाली काँग्रेसका कोशी प्रदेश सभाका नेताहरूलाई ओखलढुङ्गा कार्यक्रममा विरोध गर्ने विज्ञप्ति मार्फत खबरदारी गरेको छ । संघर्ष समितिले यसअघि एमालेका नेताहरूलाई ताप्लेजुङमा अवरोध गरेको थियो । ओखलढुङ्गामा मंगलवार नेपाली काँग्रेसद्वारा निर्मित बिपी स्मृत भवन उद्घाटन तथा नेपाली काँग्रेस जिल्ला सम्मेलनमा काँग्रेस नेताहरू सहभागी हुने कार्यक्रम छ । कार्यक्रममा केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता शेखर कोइराला लगायतका नेताहरू सहभागी हुने भनिएको छ । समितिद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ ‘उहाँहर

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ७५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक मुद्दामा छैन सरकारको ध्यान

    विराटनगर/ कोशी प्रदेशका सरोकारवालाहरुले प्रदेश सरकार,राजनीतिक दल तथा सांसदहरुलेसामाजिक क्षेत्रका समस्याहरुलाईमहत्वका साथ नलिएको आरोप लगाएका छन् । युएनडिपीको सहयोगमा कोशीप्रदेश संसदीय पत्रकार मञ्चले शुक्रबारविराटनगरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो गुनासो गरेका हुन् । सरकारले गर्नुपर्ने कामको विषयमा झक्झक्याउन सांसदहरुले गर्नुपर्ने कामको बारेमा छलफल गर्न बहु पक्षीय सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना भएको थियो । छलफलमा खेलकुद, जेष्ठ नागरिक, अपाङ्गता, महिलामानवअधिकार, रंगकर्मी तथा संगीत क्षेत्रका अगु वाहरुले प्र देशसभाको सामाजिक विकास समिति र प्राकृतिक स्रोत साध

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • ७२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved