धरान/ लामो समयदेखि आन्दोलनमा चिकित्सकहरु होमिए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी आएका बिरामीहरुले सास्ती पाएका छन् । बुधबार बिरामीका आफन्तहरु पनि आन्दोलनमा उत्रिए पछि ओपिडि सेवा सुचारु भएको थियो । बिरामीको भिड बढे पछि झन सास्ती पाएका छन् । बढुवा प्रक्रिया रोकिएको विषयलाई लिएर आन्दोलित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत शिक्षकहरुको संगठन शिक्षक कल्याण समाजले गरेको आन्दोलनका कारण विरामीले समयमै उपचार पाउन सकेका छैनन् । ७ बर्षदेखिको बढुवा प्रक्रिया सुचारु नभएको विषयलाई लिएर राजीनामा दिएर काममा नफर्किएका शिक्षक तथा चिकित्सकका कारण सधै
धरान/ धरान वडा नम्बर २० स्थित चिण्डे डाँडा, बाघखोप, कोलडाँडा र शूलीकोटवासीले आफुहरुको प्राथमिकता सडक पूर्वाधार रहेको बताएकाछन् । सुनसरी क्षेत्र नम्बर १ [ख] का प्रदेश सांसद विजय राईसंग गुनासा राख्दै यस ठाउँको समस्याहरु धेरै रहेको भएपनि सडक बाटो नहुँदा वडावासीले सबैभन्दा धेरै सास्ती पाएको दुखेसो गरेकाछन् । मंगलबार बाघखोप भ्रमणमा रहेका सांसद राई सहितका टोलीलाई स्थानीय जगत राईले यस वडाका समस्याहरु धेरै भएपनि मूल समस्या बाटोको स्तरोन्नती रहेको बताउनुभयो । अहिले हामीलाई अरु धेरै विकास चाहिएको छैन बाटो पक्की भएहुन्छ वहाँले भन्नुभयो । स्थानीय पदम तामाङले अरुबेला दुखसुख धरान बजार झरिएकैछ तर, वर
धरान/ २०७७ साल मंसिरमा एक साथ ३ सय ७७ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरियो । जस अन्तर्गत धनकुटामा पनि ६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास त भयो तर अहिले बजेट अभाव देखाउदै कही कतै निर्माण हुन सकेको छैन । धनकुटाको महालक्ष्मी नगरपालिकामा पनि १५ शैयाको अस्पताल निर्माणको तयारी भइरहेको छ तर भवनको जग हाल्ने बाहेक अन्य काम अगाडि बढ्न सकेको छैन । कहिले समयमा रकम नआउने त कहिले ठेकेदार कम्पनीको लापारबाहीका कारण समयमै ठेक्का लागे पनि काम भने सुस्त गतिमा भइरहेको छ । सम्झौता अनुसार गत असारमै निर्माण सम्पन्न भएर यतिबेला अस्पताल सञ्चालनमा आउनुपर्ने थियो तर अस्पतालको भवन भने जग हाल्ने
धरान/ नेकपा एमाले निकट अखिल नेपाल महिला संघ सुनसरी क्षेत्र नम्बर १ को अध्यक्षमा सबिता राई निर्वाचित भएकी छिन् । सोमबार एमाले धरान नगर कमिटीको सभाहलमा भएको राज्य पुनसंरचना पश्चात्को पहिलो सम्मेलनले अध्यक्षमा राई सहितको ४५ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित भएको हो । समितीको उपाध्यक्षद्वयमा शीला राई, मीना कार्की, सचिवमा सोम कुमारी सुनुवार, सहसचिवमा मैयाँ तिम्सिना आचार्य र कोषाध्यक्षमा विमला जवेगू लिम्बू निर्वाचित भएका हुन् । त्यसै गरि सदस्यहरुमा बिमला श्रेष्ठ, मिना माझी, सविना धामी, यशोदा सुवेदी लामिछाने, रमा बुढाथोकी, सकुन्तला शाकय, डे कुमारी विक, लोक कुमारी श्रेष्ठ, सरिता गुरुङ, स्वस्ती
उदयपुर/ शिलान्यास भएर अलपत्र परेको उदयपुरको चौदण्डीगढी १ रानीटार र भोजपुरको आमचोक गाउँपालिका जोड्ने दुधकोशी नदीको पुल यसपटक जसरी पनि बन्ने सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डेयन मन्त्री सुदन किरातीले बताएका छन् । मन्त्री किरातीले आफ्नो मन्त्रालय पुल निर्माण गर्ने नभएपनि आपूm यसै क्षेत्रको जनप्रतिनिधि, नेपाल सरकारको सदस्य र भोजपुरवासी भएकोले पुल चाँडै निर्माण हुनु पर्छ भनेर चासोका साथ सम्बन्धीत मन्त्रालयमा पटकपटक धेरै शक्ति खर्च गरेर लागी परेकोे बताए । उनले भने, ‘पुलको डिजाईन गर्दा जमिनमुनी ठूलो ढुंगा परेकोले यो डिजाइनलाई परिवर्तन गरेर अर्को डिजाइन बनाउनु पर्ने भएकोले ढिलो भएकोे हो,
धरान/ लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने माग राख्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलरत शिक्षक तथा चिकित्सकको आन्दोलनले प्रतिष्ठानका हरेक क्षेत्र प्रभावित बनेपछि यसको निकास निकाल्नको लागि धरानका राजनैतिक दलहरुले पहल शुरु गरेका छन् । पछिल्लो समय धरानका राजनीतिक दलहरुले शिक्षक तथा चिकित्सको आन्दोलनको बारेमा बुझ्न छलफल समेत आयोजना गरेको छ । छलफबाट निकास निकालेर नियमित हुने प्रतिष्ठानको शैक्षिक गतिविधि, स्वास्थ सेवालाई सुचारु गर्न दलहरुले छलफल गरेका हुन् । यो छलफल दलहरुहरुकै सक्रियतामा भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको
धरान । बर्षौदेखि एउटै वडाको दुई वटा गाउँ सम्बन्ध विच्छेद झै थियो । वारिपारि रहेका दुवै गाउँ एउटै वडामा भएपनि बीचमा भएको अँधेरी खोलाका कारण घुमेर जाँदा एक घण्टादेखि डेढघण्टामा पुग्न सकिन्थ्यो तर अहिले त्यस ठाउँमा झोलुंगे पुल निर्माण भएपछि सबै भन्दा खुशी यी दुई गाउँका सर्वसाधारण भएका छन् । धरान उपमहानगरपालिका सुनसरी जिल्लाको सुगम स्थल भित्र पर्छ तर यही उपमहानगरपालिकाका वडाहरु एक वडाबाट अर्को वडामा पुग्न घण्टौ लाग्छ भन्दा सायदै पत्यार नलाग्ला तर धरान उपमहानगरपालिकाको वडा नं. ५ मा रहेका आपगाँछी र ठिंगाबारी जोड्ने खोलामा पुल नबन्दा सर्वसाधारणले यस्तै नियति भोगे । एउटै वडाका दुई गाउँबीचका सर्वसाधार
धरान/ सरकारको अकर्मण्यता र राजस्वको अनावश्यक आतंकले उद्योगी व्यवसायीहरू पलायन हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । जानेर नजानेर धरानको मेयर गलत मान्छे छानेर धरान आर्थिक चपेटामा परेको सुनसरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सरोज श्रेष्ठले बताए । उनले भने, ‘सही नेतृत्व नहँुदा उद्यगी व्यवसाय समस्यामा परेको छ, धरानलाई आर्थिक रूपमा सबल बनाउन स्थानीय सरकारसँगै यहाँका राजनीतिक दलहरू पनि जिम्मेवार हुनु पर्छ । मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गको विकासले धरान एउटा टापुमा परिणत हुँदै गएकाले धरान–मुलघाट सुरूङमार्ग आवश्यक भएको उनले बताए । श्रेष्ठले नेपाली चाड पर्वको अवस
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुन विपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिए । प्रहरी दिवसको अवसरका मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने, “प्रहरीले आफ्ना इच्छा र चाहना त्यागेर अरूको सुरक्षाका लागि खटिनु परेको छ, हरेक साना ठूला घटनामा प्रहरी नै खटिनु पर्छ, तर, हामीलाई शान्तिसुरक्षा दिने प्रहरी पहिले सुरक्षित हुनुपर्छ, प्रहरीले शौच गर्न नपाउने, खा
धरान/ कोशीमा देखिएको राजनीतिक उतारचढावका कारण गत शनिबार नियुक्त भएका प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधवार नै प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । गत शनिवार नियुक्त भई आइतवार मात्रै शपथ लिएका मुख्यमन्त्री कार्कीले हतार हतार विश्वासको मत लिन लागेका हुन् । कार्की प्रदेश सरकारको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यो धारा अनुसार नियुक्त हुँदा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि उनले बुधवार नै विश्वासको मत लिन लागेका छन् । त्यही भएर पनि उनी तत्कालै विश्वासको मत लिन लागेको कार्कीनिकट स्रोत बताउँछ । ‘वि