राजनीति

    Showing 901-910 of 1,922 items.
  • एमाले धरानले भूकम्प पीडितको लागि राहत संकलन गर्दै

    धरान/  पश्चिम नेपालको जाजरकोट र रुकुम जिल्लाका भूकम्प पीडितहरुको राहतका लागि नेकपा एमाले धरान उपमहानगर कमिटीले बुधबार देखि सुनसरीको धरानमा राहत संकलन अभियान औपचारिक रुपमा सुरु गरेको छ । पार्टी नगर अध्यक्ष हर्कजंग एभेङका अनुसार धरान बजारदेखि राहत संकलन अभियान औपचारिक रुपमा शुरु गरिएको छ । धरानको भानुचौक हुँदै वजारका विभिन्न स्थानमा पुगेर उद्योगी व्यापारी एवम ऐच्छिक सहयोग गर्नेहरुलाई भेटेर आर्थिक रकम संकलन गरिएको हो । आर्थिक रकम संकलनका लागि पार्टीले नगर उपाध्यक्ष पारस काङमाङ राईको सयोजकत्वमा समिति बनाएको छ । अध्यक्ष एभेङले भने, ‘भुकम्पमा परी जनधनको क्षति गुमाएकाहरुको लागि धरा

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • 783 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारले योजनाबद्ध विकास अघि बढाउन सकेन:प्रदेश सांसद

    विराटनगर/ कोशी प्रदेश सभा सदस्यहरुले कोशी प्रदेशमा बजेट कार्यक्रमहरू योजना विहीन अवस्थामा रहेको बताएका छन् । कोशी प्रदेश सभाको शून्य समयमा सांसदले योजना बजेट कार्यक्रमको अनुगमन समेत नभएको बताए । प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेतले कोशी प्रदेशको योजना तर्जुमा प्रक्रियाको बारेमा असाध्यै कमजोर रहेको उल्लेख गरे । प्रदेशका योजनाहरू अलपत्र छ, योजना छनौट प्रक्रियादेखि नै गल्ती छ, उनले भने, अनुगमन प्रभावकारी भएका छैन । ठेकेदारको मनपरीको कारण काम अलपत्र छ ।’ उनले भूकम्पको कारण ठुलो धनजनको क्षति भएको र घरबार विहीनहरूलाई गाँसबासको व्यवस्था गर्न आग्रह गरे । त्यसै गरि प्रदेश सभा सदस्य गोविन

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 717 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिब्ल्याँटे माई पोखरी सडक कालोपत्रे माथि बन्दै, तल बिग्रँदै

    इलाम/ २०७५ सालमा कालोपत्रे हुँदै गर्दा इलाम नगरपालिका ५ का मनोज लम्सालले यति छिटो यो सडक भत्किन्न छ भन्ने सोचेका थिएनन् । सडक निर्माण हुन थालेको लामो समय पछि कालो पत्रे हुने भन्ने खबरले खुसी भए पनि उनको कालोपत्रेको खुसी पाँच वर्षमा चिन्तामा परिणत भयो । इलाम नगरपालिका ५ बिब्ल्याँटे देखी माई पोखरी जाने सडक कालोपत्रे टुङ्गामा नपुगी पाँच वर्ष अघि बनेको सडक जता ततै भत्किएपछि सडकको अवस्था पुरानै हुने भन्दै चिन्तित देखिन्छन् । उनी भन्छन्, ‘निर्माणको समयमा गुणस्तरीय काम नभएकै कारण यति छिटो सडक भत्किएको हो । यो बाटोको कालोपत्रे चाँप गैरी सम्म पुग्दै गर्दा सडकको सुरुको ठाउँमा भने हिँड्न न

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 842 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपीमा चिकित्सकहरू काममा फर्किए' कर्मचारीसँग ४ बुँदे सहमती

    धरान/ बढुवा प्रक्रियाको माग गर्दै आन्दोलनरत धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । तीन बुदे सहमतिपछि एक महिनादेखि आन्दोलनरत चिकित्सकहरु सोमबार देखी नै काममा फर्किएका हुन् । चिकित्सकहरूको आन्दोलनले बिपी प्रतिष्ठानको ओपिडी समेत बन्द भई स्वास्थ्य सेवा प्रायः ठप्प भएको अवस्थामा आन्दोलनकारी र कार्यकारिणी बिच सहमति भई उपचार सेवा सुचारु हुने भएको छ । आन्दोलनकारी चिकित्सकहरू र पदाधिकारीहरूबिच सहमति भएको पत्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रोहवरमा आदान प्रदान भएको हो । रोकिएको बढुवा प्रक्रिया सुरु गर्न २ महिना भि

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • 861 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी रिफ्रेसमेन्टर सेन्टर अलपत्र

    सुनसरी/  तिन वर्ष अघि कोशी प्रदेशको गौरबको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर स्थायी सरकार बन्न नसक्दा कामले अझै गति लिन सकेको छैन् । सुनसरीको कोशी गाउँपालिका ४ को कोशी कटान क्षेत्रमा २०७७ मंसिर १४ गते तत्कालिन मुख्यमन्त्री शेरधन राईले रिफ्रेसमेन्ट सेन्टरको शिलान्यास गरेका थिए । त्यस पछि पटक पटक सरकार परिवर्तन हुन थाले पछि बजेटको सुनिश्चितता हुन नसक्दा निर्माण कार्यले गति लिन नसकेको हो । तत्कालिन सरकारको बृहत र महत्वकांक्षी परियोजना मानिएको रिफ्रेसमेन्ट सेन्टरलाई आधुनिक र भव्य बनाउने योजना रहेको थियो । २ अर्ब ५ करोड लागत लाग्ने गरी योजना अघि बढेको थियो । तत्कालीन मुख्यम

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • 827 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘तस्कर तन्त्रलाई बढवा दिदाँ अर्थतन्त्रमा असर’

    धरान/  देशको वैज्ञानिक संरचनालाई अहिलेको सरकारले कमजोर बनाएको नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रिय अध्यक्ष तथा संघीय प्रतिनिधी सभा सदस्य एल. पी. साँवाले बताएका छन् । सरकारले तस्कर तन्त्रलाई बढुवा गरेकाले देशको अर्थतन्त्र नै धरातलमा परेको र त्यसको असर उद्योग व्यवसायीमा देखा परेकाले सिङगो देशको नै आर्थिक अवस्था कमजोर भएको बताए । उनले भने, ‘उद्योग व्यवसायीहरुले जुन ठाउँमा छौं, त्यहिबाट आवाज उठाईरहनु पर्छ अनि मात्रै हाम्रो कुराको सुनवाई नेतृत्वलाई जानकारी हुन्छ अनि त्यसको बिषयमा छलफल हुनेछ, देशमा आर्थिक आय हुने सहकारी, निजि, र पब्लिक गरि तीन तह रहेको छन्, उद्योग व्यवसाय न

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 748 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अघिल्लो सरकारकै एजेण्डा लागू गर्ने प्रयास: मुख्यमन्त्री कार्की

    मोरङ/ प्रदेशमा सहमतीय सरकार बनाउने एमालेको एजेण्डा नै आफूले कार्यान्वयन गर्न खोजेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दाबी गरेका छन् । एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको एजेण्डा आफूले प्रदेशमा लागू गर्न खोजेको उनको दाबी छ । सहमतीय सरकारको एजेण्डा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीकै भएकोले एमाले यसबाट पन्छिन नमिल्ने मुख्यमन्त्री कार्कीको जिकिर छ । तत्कालिन मुख्यमन्त्री कार्की र उद्धब थापा दुबै जनाले सहमतीय सरकारको प्रस्ताव गरेपनि दलहरु सहमत नभएकोमा आफ्नो नेतृत्वलाई सबैले विश्वासको मत दिएर सहमति जनाएको मुख्यमन्त्रीले दावी गरे । उनले भने, &lsq

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 515 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा सर्वदलीय सरकार जरुरीः माधव नेपाल

    मोरङ/  कोशी प्रदेशमा सरकार गठन प्रक्रिया पेचिलो बनिरहेको अवश्थामा नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले सर्वदलीय सरकार बनाउन उपयुक्त हुने बताएका छन् । नेकपा एमालेले समर्थन गरेर नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री बने पछि सरकारले पुर्णता पाउन कठिन भइरहेको अवश्थामा उनले सर्वदलीय सरकार बनाउनु पर्ने बताएका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार मात्रै समाजवादी र माओवादीका एक एक जनालाई बिना विभागीय मन्त्री बनाइसकेका छन् । एमाले सरकारबाट बाहिरिएको छ । यसै बिच शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मी सँग कुरा गर्दै सर्वदलीय सरकार बन

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सहमतीय सरकार अहिलेको आवश्यक्ता: मुख्यमन्त्री कार्की

    मोरङ/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफू लागि परेको बताएका छन् । वर्तमान सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको समेत उनले स्पष्ट पारे । कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । नेपाल प्रेस युनियन कोशी प्रदेश र प्रेस युनियन मोरङले बिहीबार उनलाई मुख्यमन्त्री कार्यालयमा गरेको बधाई तथा शुभकामना कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका विकासका लागि सबै दल मिलेर सरकार बनाउँदा उपयुक्त हुने बताए । कोशी प्रदेशमा देखिएको

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 612 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आन्दोलनले वीपी अस्तव्यस्त उपचारमा आएका विरामी आउदै फर्किदै

    धरान/ दुई महिना अगाडिदेखि लगातार भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत शिक्षक तथा चिकित्सकको आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि र विरामीले हदै सम्मको सास्ती भोगेका छन् । रोकिएको बढुवा प्रक्रियालाई निरन्तरताको माग राख्दै दुई महिना भन्दा लामो समयदेखि निरन्तर चलेको शिक्षक कल्याण समाजको आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि र उपचारमा समस्या भएको छ । चेकजाँचमा संलग्न चिकित्सक नै काम छोडेर निरन्तर आन्दोलनमा होमिएका कारण उपचार सेवासँगै अनिवार्य गर्नुपर्ने विभिन्न प्रकारका शल्यक्रिया समेत प्रभावित बनेको छ । विरामीहरु प्रतिष्ठान आउने र उपचार नभएपछि घर फर्किएर जा

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 722 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved