राजनीति

    Showing ८९१-९०० of १,९५८ items.
  • टिकट काटेर गरे मुख्यमन्त्री कार्कीले एक्सपो अवलोकन

    विराटनगर/ कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङ व्यापार संघ ट्रेड एक्सपो अवलोकन गरेका छन् । उनी बुधबार अपरान्ह एक्सपो स्थल विराटनगर– २ स्थित शंकरपुर मार्ग पुगेका थिए । आफूसहित सुरक्षाकर्मी र सचिवालयका कर्मचारीको नाममा एक सय दरका दशवटा टिकट आफै खरिद गरे । त्यसपछि प्रवेशद्वारमा खटिएका प्रतिनिधिलाई टिकट देखाएर एक्सपो परिसरभित्र प्रवेश गरे । व्यापार संघका अध्यक्ष नविन रिजालले भने,“टिकट काटेर नै यस्ता आयोजनाहरु अवलोकन गर्नुपर्छ भन्ने विराटनगरबासीलाई सन्देश दिन मुख्यमन्त्रीले प्रयास गर्नु भएको हो ।” मुख्यमन्त्री कार्कीका स्वकीय सचिव दिवश राजवंशीका अनुसार कार्कीले

    • प्रकाशित मितिः पुस १२, २०८०
    • ६७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रियसभाको लागि कांग्रेस कोशीबाट नाम सिफारिस

    विराटनगर/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले सम्भावित उमेदवारको नाम सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्लागत रुपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरको हो । कांग्रेस कोशी प्रदेश समितिका सूचना तथा संचार संयोजक बासु कोइरालाका अनुसार संघीय सरकारमा यसअघि मन्त्री रहिसकेका चार जना सिफारिसमा परेका छन् । पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मिनेन्द्र रिजाल र सूजाता कोइरालाको नाम सिफारिस भएको छ । प्रदेश समितिले पूर्वसांसद डिला

    • प्रकाशित मितिः पुस ११, २०८०
    • ६२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अहिलेसम्म भेदभाव भइरहनु दुःखद : प्रदेश प्रमुख खापुङ

    विराटनगर/ राष्ट्रिय दलित आयोगले कोशी प्रदेशका प्रदेश प्रमुम परशुराम खापुङलाई तेश्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ । राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीले तेश्रो वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका हुन । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९/ ८० को प्रतिवेदन हस्तान्तरण गरीएको हो । प्रतिवेदन बुझ्नुहँदै प्रदेश प्रमुख प्रदेश प्रमुख खापुङले वि.सं. २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिएपनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताएका छन । पछिल्ला दिनमा दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधि नलिनु ज

    • प्रकाशित मितिः पुस ९, २०८०
    • ६६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुरु-भए, यातायात मजदुर-खोटाङ अध्यक्ष

    दिक्तेल/   नेपाल यातायात स्वतन्त्र मजदुर संगठन खोटाङ जिल्ला कमिटीको दोस्रो अधिवेशनले गुरुप्रसाद ढकालको अध्यक्षमा १७ सदस्यी नयाँ कमिटी चयन भएकोछ । शनिबार दिक्तेलस्थित समिक्षालय सभाहलमा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सीताराम श्रेष्ठ, सचिवमा रञ्जन खड्का, सहसचिवमा सन्तोष बस्नेत र कोषाध्यक्षमा विश्वराज मगर चयन भएकाछन् । कमिटीको सदस्यहरुमा अर्जुन राई, हर्कबहादुर दर्जी, उमेश राई, केदार आचार्य, खगेन्द्र भट्टराई, सञ्जीव गुरुङ, भद्रबहादुर विश्वकर्मा, चन्द्रबहादुर श्रेष्ठ, सुनिल बिक, होमकिशोर कसजु र लिला बिक चयन भएकाछन् । संगठनका केन्द्रीय अध्यक्ष

    • प्रकाशित मितिः पुस ८, २०८०
    • १,२१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने

    इटहरी/ इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने भएको छ । बुधबार बसेको इटहरी उपमहानगरपालिकाको १३६ औं कार्यपालिका बैठकले कर समायोजन गर्ने निर्णय गरेको हो । कार्यपालिका सदस्य तथा वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदनअनुसार करको दर समायोजन गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले घोषणा गरे । उनले सम्पत्ती कर, लिखत पाससम्बन्धी व्यवस्था, निजी विद्यालयसम्बन्धी कर, वैदेशिक रोजगारीसम्बन्धी कर र साना तथा मझौला व्यवसायीहरूले तिर्नुपर्ने करहरू नगरसभाबाट घटाउने बताए । कार्यपालिका बैठकले पुस २३ गतेको लागि नगरसभाको मितिसमेत तोकेको छ । कार

    • प्रकाशित मितिः पुस ६, २०८०
    • ८२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सोचेजति काम भएन : प्रधानमन्त्री

    विराटनगर/  गठबन्धनको सिमा र परिस्थितिको अप्ठ्यारोको कारण सोचेजति काम हुन नसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । एक वर्षमा आफूले सोचे अनुसार रिजल्ट दिन नसकेपनि सरकार असफल भने नभएको उनले जिकिर गरे । विराटनगर विमानस्थलमा विहिबार सञ्चारकर्मीसँग कुरा गर्दैे उनले भने, ‘मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दाबी छैन । गठबन्धनको सरकार हो । धेरै सिमा र अप्ठ्यारो हुन्छन्, सबैलाई मिलाएर लाने जिम्मेवारी हो । तर, सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकार सफल छ ।’ मिडियाले पुरै विषय नबुझी लेखिदिएर नागरिकमा पनि कतिपय भ्रम सिर्जना भए

    • प्रकाशित मितिः पुस ६, २०८०
    • ६३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री पार्क सहितका ठूला परियोजना अनुगमन

    विराटनगर/  विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्या तत्कालै समाधान खोज्ने गरेको छ । बहुवर्षीय योजना अन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्बन्धित वडाका अध्यक्ष मधुबाबु तिवारी, वडाध्यक्ष कुमार पोखरेल, इन्जिनियर अर्जुन थापा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया साथैमा लिएर अनुगमनमा पुगेका मेयर कोइरालाले निर्माणको पछिल्लो

    • प्रकाशित मितिः पुस ५, २०८०
    • ७७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिङ्गोको गोलमाल रकम गुपचुप बन्दै

    इलाम/ असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो (हाउजी) खेलको गोलमाल भएको हिसाब गुपचुप बनेको छ । इलाम नगर प्रतिष्ठानको आयोजनामा ४१ दिन सञ्चालन भएको खेलको गोलमाल भएको हिसाब गुपचुप बनेको हो । खेल सम्पन्न भए पश्चात् सार्वजनिक भएको हिसाबको पारदर्शिता गर्ने भन्दै दोस्रो पटक पत्रकार सम्मेलन गरे पनि हिसाब देखाउन नसकेको समितिले अहिले हिसाब गुपचुप बनाउन थालेको हो । दोस्रो पटक गरिएको पत्रकार सम्मेलनमा दैनिक हिसाब देखाउन नसके पछि पुनः हिसाब सार्वजनिक गर्ने भनेको आयोजक अहिले चुपचाप छ । आयोजकले नै दैनिक हिसाब तत्काल सार्वजनिक गर्ने भने पनि दुई हप्ता सम्म पनि हिसाब नदेखाउनु गुपचुप बनाउन खोजेक

    • प्रकाशित मितिः पुस ५, २०८०
    • ७८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राप्रपाका अम्बरबहादुर विष्ट कोशीको सभामुख बन्ने निश्चित !

    विराटनगर/ तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि खाली भएको कोशी प्रदेशसभाको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बरबहादुर विष्ट बन्ने करिब निश्चित भएको छ । सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेकोमा राप्रपाले विष्टलाई अगाडि सारेको हो । यद्यपी त्यसको औपचारिक निर्णय गर्न भने बाँकी रहेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनयता कोशी प्रदेश सभामुखविहीन छ । रिक्त रहेको सभामुखको निर्वाचन अगाडि बढाउने तयारीमा दलहरु छन् । यद्यपी निर्वाचनको मिति तय भइसकेको छैन । बुधबारको कार

    • प्रकाशित मितिः पुस ५, २०८०
    • ६६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुक्ति समाजको ३६ औं स्थापना दिवस दलित अभियन्ता नेपाली र पोर्तेल पुरस्कृत

      विराटनगर/  नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत भएका छन् । बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली र पोर्तेललाई पुरस्कृत गरेको हो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगद सहित नेपालीलाई भद्रमान घले स्मृति सम्मान पुरस्कार र पोर्तेललाई नवराज शंकर स्मृति युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । पुरस्कार नेकपा एमालेका महासचिव शंकर पोखरेल, मुक्ति समाज केन्द्रीय कमिटी अध्यक्ष मनोहर विश्वकर्मा पौडेल कोशी प्रदेश अध्यक्ष उमेश विश्वकर्मा, नेकपा एमाले स्थायी कमिटी सदस्य गु

    • प्रकाशित मितिः पुस ४, २०८०
    • ७९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved