राजनीति

    Showing 821-830 of 1,922 items.
  • सांसद चौधरीद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

    इटहरी/ कठ्यांग्रिँदो शितलहरबाट आक्रान्त कमजोर आर्थिक अवस्था भएका नागरिकलाई सांसद भगबती चौधरीले न्यानो कपडा वितरण गरेकी छन् । गृहजिल्लामा जनतासँग साक्षात्कार गर्दै चौधरीले आफ्नो क्षेत्रका गरिब, विपन्न, असहाय, दलित मुसहर समुदायका नागरिकलाई शितलहरबाट बचाउन न्यानो कपडा वितरण गरेकी हुन् । सांसद चौधरीले बर्जु ४ का गरिब, विपन्न तथा असहाय नागरिकलाई शितलहरबाट बचाउन ब्ल्याङ्केट, म्याट्रेसजस्ता सामाग्री वितरण गरेकी छन् । नेकपा एमाले बर्जु ४ को भेलामा उनले न्यानो कपडा वितरण गरेकी हुन् । चौधरीले बर्जु र गढी गाउँपालिकाका भूमिहिन, गरिब विपन्न नागरिकका जनतालाई आवास निर्माणमा पहल गरिरहेको पनि बताएकी छन

    • प्रकाशित मितिः माघ ८, २०८०
    • 487 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीआन्दोलन: धरानमै बैठक बस्न प्रधानमन्त्रीको निर्देशन

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारिणी पदाधिकारी बैठक धरानमै बस्न दबाबमुलक आन्दोलन चर्किदै गए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि समितीको बैठक तत्काल धरानमै बस्न प्रतिष्ठानका निमित्त उपकुलपतिलाई निर्देशन दिएका छन् । निमित्त उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीले गत शनिबार काठमाण्डौंको सम्पर्क कार्यालयमै कास बैठक बोलाएका थिए । तर प्रतिष्ठानका आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुको संगठनले धरानमै कास बैठक बस्न दबाब दिदै रजिष्टार्ड र रेक्टरलाई आवासगृहमै घेराबन्दी गरेर काठमाण्डौं जान दिएका छैनन् । उनीहरुले वीपीको समस्या समाधान गर्न धरानमै कास

    • प्रकाशित मितिः माघ ८, २०८०
    • 555 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय समिति गठन

    विराटनगर/ कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले बताएका छन् । प्रदेशसभा बैठकले फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेदेखि पहिचान पक्षधरले प्रदेश १ पूनः नामकरण संयूक्त संघर्ष समिति गठन गरी आन्दोलनरत छन् । उक

    • प्रकाशित मितिः माघ ७, २०८०
    • 689 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी आन्दोलन : बैठक बस्न सकेन रजिष्टार्ड र रेक्टरलाई आवसगृहमै घेराबन्दी

    धरान/ बढुवा र सेवासुविधा लगायतका विभिन्न माग राखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, शिक्षक तथा कर्मचारीहरुले रजिष्टार्ड र रेक्टरलाई आवासगृहमै घेराबन्दीमा गरे पछि शनिबार बस्ने भनिएको कार्यसमिती बैठक बस्न सकेन । शनिबार कास बैठक काठमाण्डौंमा बस्ने भने पछि आन्दोलनकारीहरुले शुक्रबार देखिनै रजिष्टार्ड प्रा. डा. सुर्य प्रसाद संग्रौला र रेक्टर प्रा.डा. संजीव कुमार शर्माको आवासगृहमै घेराबन्दी गरेका थिए । शनिबार पनि बिहानै देखि आन्दोलनरत पक्षले बिहानै देखि दुवैको आवासगृहमा घेराबन्दी गरे पछि रजिष्टार्ड र रेक्टर काठमाण्डौं जान नपाए पछि कास बैठक बस्न नसकेको ह

    • प्रकाशित मितिः माघ ७, २०८०
    • 487 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ६० जना मजदुर मजदुर संगठनमा थपिए

    धरान /धरानको भानुचोक बसपार्कमा सञ्चालन गरेको शिविर मार्फत बुधबार र बिहिबार गरि ६० जना यातायात मजदुरहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा आवद्ध हुनुभएकोछ ।  कार्यथलोमै पुगेर मजदुरहरुको समस्याबारे छलफल गर्ने र सदस्यता विस्तार र नविकरण गर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अभियान अन्तर्गत बुधबार २४ जना र बिहिबार ३६ जना गरि ६० जना यातायात मजदुरहरु संगठनमा आवद्ध भएकाहुन् ।  बुधबारको शिविरबाट १४ जना नयाँ र १० जना नविकरण गरि जम्मा २४ जना र बिहिबार सम्पन्न शिविरबाट २१ जना यातायात मजदुरहरुले नयाँ सदस्यता ग्रहण गरेकाहुन् भने १५ जना मजदुरहरुले आफ्नो सदस्यता नविकरण गराएकाहुन् ।&

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 668 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कार्यपालिकाको बैठक सधै भाडभैलो विवादमै सकिने भयो कार्यकाल

    धरान/ दोस्रो स्थानीय स्थानीय निर्वाचनमा काठमाण्डौ र धरान चर्चामा रहे । काठमाण्डौ महानगरपालिकाबाट स्वतन्त्र उमेद्वार बनेका बालेन साह र धरान उपमहानगरपालिकाबाट स्वतन्त्र उमेद्वार बनेका हर्कराज राई साम्पाङ संयोगबस दुवैको चुनाव चिन्ह पनि एउटै थियो । लौरो चुनाव चिन्ह चुनावमा होमिएका दुवैले चुनाव जिते । त्यसपछि देशभरि उनीहरुको चर्चा भयो । मिडियाले उनीहरुलाई धेरै ठाउँ दिए । विगतमा निर्वाचित दलका जनप्रतिनिधिबाट अपेक्षिकृत रुपमा विकास नभएपनि उनीहरुले दलहरुलाई पाखा लगाउदै ठूलो सपना देख्दै स्वतन्त्र उमेद्वारलाई जिताएका थिए ,। धराने जनताहरुले धरानको समृद्धि दलका जनप्रनिधिबाट नदेखेपछि मेयरका उमेद्वा

    • प्रकाशित मितिः माघ ५, २०८०
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युवालाई स्वदेशमै रोक्ने कार्यक्रम आवश्यक

    आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना (साउन–पुस) मा कामको खोजीमा ३ लाख ४३ हजार ४ सय ५ नेपाली विदेशिएका समाचार विभिन्न सञ्चारमाध्यमहरूमा आएका छन् । रोजगारीका लागि विदेशिने क्रम चालू आर्थिक वर्षका प्रारम्भिक महिनामा केही कम भएको थियो तर हिउँदमा यो क्रम निरन्तर बढ्न थालेको छ । यस वर्ष सुरुका महिनाको तुलनामा मङ्सिर र पुसमा विदेशिने क्रम उच्च दरले बढ्न थालेको देखिएको छ । गत साउन महिनामा कामको खोजीमा ५५ हजार ५ सय ७५ जना नेपाली विदेशिएका थिए । पुसमा ६५ हजार ८ सय १३ नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन् । गएको ६ महिनामा विदेशिएका करिब साढे ३ लाख नेपालीमध्ये सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 483 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक आपस सहकारीमा सुनील कार्की निर्वाचित

    इटहरी/ इटहरीमा रहेको एक आपस बहुउद्धेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुनील कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा प्रतिस्पर्धी कमला दुलाललाई ठुलो मतान्तरले पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन । अन्य पदमा सर्वसम्मत चयन गरिए पनि अध्यक्षमा भने निर्वाचन नै गर्नुपरेको थियो । निर्वाचनमा अध्यक्षका लागि कार्कीले २ सय १३ मत पाउँदा उनका प्रतिस्पर्धी कमला दुलालले ६९ मत मात्रै पाएकी थिईन । कार्यसमितिका बाँकी सर्वसम्मत चयन भएका उपाध्यक्षमा दीप बहादुर खत्री छन् भने सदस्यहरुमा गणेश बहादुर खत्री, दधिराम चुवान, होमनाथ धमला, नैन तारा सिटौला, यमुना चापागाई, कमला पाठक बोहोरा, भोज

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रगत संकलन गर्न एनआरएनले दियो घुम्ती एम्बुलेन्स

    धरान/ रगत संकलनमा सहयोग पुर्‍याउने लक्ष्यसहित कोशी प्रदेशका लागि गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले घुम्ती रगत संकलन बस सेवा हस्तान्तरण गरेका छन् । गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल संघ (एनआरएन)ले कोशी प्रदेशलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी धरान सुनसरीबाट प्रदेशभरि बस सञ्चालन हुने गरी बस उपलब्ध गराएको हो । गैरआवासिय नेपाल संघ (एनआरएन) संघका अध्यक्ष डा.बद्री के.सीले बुधबार नेपाल रेडक्रस सोसाइटी सुनसरीको धरान स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हस्तान्तरण गरेका हुन । “एक घर,

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 463 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानको विवाद: स्वास्थ्यमन्त्री स्तरिय छलफल निष्कर्षविहीन

    धरान/ धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको विवादका विषयमा स्वास्थ्य मन्त्रालयमा बुधबार भएको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएको भोलिपल्टै स्वास्थ्य मन्त्रालयले छलफल थालेको थियो । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सचिवसहित मन्त्रालयका उच्चअधिकारी र प्रतिष्ठानका निमित्त उपकुलपति डा. प्रह्लाद कार्की, शिक्षाध्यक्ष सञ्जीव शर्मा लगायत चारै जना पदाधिकारीलाई छलफलमा बोलाएका थिए । तर छलफलले कुनै निष्कर्ष भने निकाल्न सकेन । पदाधिकारीहरुले स्वास्थ्य

    • प्रकाशित मितिः माघ ४, २०८०
    • 465 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved