इकोनोमिक मिडिया एसोसिएसन कोसी प्रदेशमा वाग्ले

  • फागुन ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इटहरी./ इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) प्रदेश समिति विस्तार गरेको छ । सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानले आफ्नो पहिलो प्रदेश कमिटि गठन गरेको हो ।

सोमबार भएको कोसी प्रदेशका सञ्चारकर्मीहरुको भेलाले वाग्लेको नेतृत्वमा १३ सदस्यीय समिति बनाएको हो ।

समितिको उपाध्यक्षमा टीका खतिवडा र चीना थापा, प्रमुख सचिवमा सुरेन्द्र भण्डारी, सचिवमा कौशल निरौला कोषाध्यक्षमा हिमाल दाहाल, सह कोषाध्यक्षमा दीपक कट्वाल चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा दमन राई, भीम चापागाईँ, मदन गौतम, गणेश साम्पाङ, होमबहादुर बस्नेत र योगेशबाबु काफ्लेलाई चयन गरेको छ ।

भेलामा इमानका केन्द्रीय अध्यक्ष रोयल आचार्य, उपाध्यक्ष डिल्लीप्रसाद सापकोटा, महासचिव रामेश्वर कार्की, सचिव प्रकाश अर्याललगायतको उपस्थिति रहेको थियो ।

आचार्यले मिडियाहरूको विकास र त्यसका लागि स्थानीय स्रोत साधनको परिचालनलाई आफूहरूले प्राथमिकता दिएको बताए ।

आर्थिक विषयलाई प्रधानता दिएका सञ्चारमाध्यमहरूको संगठनको रूपमा इमानको गठन गरिएको बताउँदै सञ्चार क्षेत्रको विकासको लागि सबैसँग हातेमालो गर्ने बताए ।

यस्तै, महासचिव कार्कीले इमानको प्रदेश समितिले स्वायत्त तरिकाले काम गर्ने र धेरैभन्दा धेरै सञ्चारसंस्थालाई समेट्नुपर्ने बताए ।

उपाध्यक्ष सापकोटाले मिडियाहरू सक्षम भए मात्रै त्यसले लोकतन्त्रको समेत सुदृढिकरण गर्ने बताए ।

यता, नवनिर्वाचित वाग्लेले भने प्रदेश समितिले प्रदेशभरीका मिडियाहरूको विकासको लागि चाँडै योजनाबद्ध काम गर्ने बताए ।

 

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved