मेलालाई सफल बनाउन नेपाली कांग्रेशले गर्यो चतराधाममा सरसफाई

  • माघ २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt - संगम विष्ट

वराहक्षेत्र/आगमि चैत्र - २७ गतेदेखि १ महिनासम्म वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाममा आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई सफल बनाउन कुम्भ मेला स्थल क्षेत्रमा सरसफाइ गरिएको छ ।

आइतवार बिहान नेपाली कांग्रेश वडा नं १ र २ वडा कार्यसमितिको आयोजनामा उक्त सरसफाई कार्यक्रम आयोजना भएको छ ।

नेपाली कांग्रेश वराहक्षेत्र नगरपालिका वडा नं २ का सभापति अमर कट्वालका अनुसार प्राचीन हरिद्बार चतराधाममा आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई केन्द्रीत गरेर सरसफाई कार्यक्रम आयोजना गरिएको हो ।

कुम्भ मेला स्थललाई सुन्दर सफासंगै प्रचारप्रसार गर्ने उदेश्यले सरसफाई गरिएको र सरसफाई कार्यक्रममा नेपाली कांग्रेश वराहक्षेत्रका नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको नेपाली कांग्रेश वराहक्षेत्र नगरपालिका वडा नं १ का सभापति ईश्बर थापाले जानकारी दिए ।

कुम्भ स्तभ अगाडि , कुम्भ परिसर तथा सार्बजनिक सौचालयमा गरिएको सरसफाई तथा सफाई कार्यक्रममा नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहनशरण देवचार्य , वराहक्षेत्र नगर सभापति तथा नगर प्रमुख रमेश कार्की , महासमिति सदस्य जगद कार्की ,

महाधिबेशन प्रतिनिधि पुजा धामी , जिल्ला सदस्य प्रदिपजंग बस्नेत , कपिल आचार्य , प्रदेश सम्मेलन प्रतिनिधि थिरबहादुर कार्की , शुशिला शेर्पा , नगर उपसभापति युबराज श्रेष्ठ , पुर्व महाधिबेशन प्रतिनिधि सुरेश , जितबहादुर कार्की , प्रदेस प्रतिनिधि संन्तोष श्रेष्ठ ,

नगर सदस्यहरु , बडा सभापतिहरु , नेपाल शिक्षक संघ वराहक्षेत्र सभापति गोकुल गुरागाई , क्षेत्रिय प्रतिनिधि , भातृ संघ संस्थाका पदाधिकारी एब नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो ।

वराहक्षेत्र धाम आउने पर्यटकहरुलाइ थप आक्रषित गराउन र चैत्र -२७ गतेबाट आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई प्रचारप्रसार गर्ने उदेश्यले ,

वराहक्षेत्रलाई सुन्दर र सफा नगरको रुपमा विकास गर्ने लक्ष्यसहित थालिएको सफा वराहक्षेत्र बनाउने अभियानलाई सार्थक बनाउन नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिसंग समन्वय गरेर सरसफाई कार्यक्रम आयोजना गरिएको २ का सभापति अमर कट्वाल बताए ।kag

तस्बिर: संगम विष्ट

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved