बजारमा अव्यवस्थित राखिएका सामान जफत

  • फागुन ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ धनकुटा बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामानहरु नगर प्रहरीले जफत गरेको छ ।

बसपार्क, सब्जिलाइन, हुलाकटोल लगायत क्षेत्रमा पसल व्यवसाय क्षेत्रभन्दा बाहिर निकालेर राखिएका सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

अव्यवस्थित रुपमा सामान नराख्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि सामानहरु जफत गरिएको नगर प्रहरी प्रमुख रवि खत्रीले जानकारी दिए ।

‘पसल क्षेत्रभन्दा बाहिर सामान नराख्न हामीले पटक–पटक आग्रह गरेका छौं,’ नगर प्रहरी प्रमुख खत्रीले भने, ‘पटक–पटक भन्दा पनि नमानेर अटेर गर्नेहरुको सामान जफत गरेका हौं ।’
बसपार्कमा व्यापारीहरुले पसल भन्दा बाहिर कपडा टाँगेर बिक्रीका लागि सामान राख्ने गरेका छन् ।

त्यसरी टाँगेर राखिएका कपडा सहित बाहिर पसल थापेर राखिएको बिस्कुट, छुर्पी, बदाम, चिप्स लगायत सामान नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरवानीस्थित सब्जिलाइनमा पनि पसल भन्दा बाहिर राखिएको टमाटर, आलु, साग लगायत तरकारीहरु जफत गरिएको नगर प्रहरी प्रमुख खत्रीले बताए ।

उनका अनुसार हुलाकटोलस्थित चुवाको बोट क्षेत्रको कपडा पसल बाहिर राखिएका कपडा पनि जफत गरिएको छ ।

नगरलाई सफा र व्यवस्थित बनाउँन नगरपालिकाले अभियान चलाइरहेको छ ।

सबैको साथ सहयोगले मात्र नगर क्षेत्रलाई व्यवस्थित बनाउँन सकिने भएकाले आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्न मेयर चिन्तन तामाङले नगरबासीहरुलाई आग्रह गरेका छन् ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved