वराहक्षेत्र ८नं वडाद्वारा निःशुल्क आँखा शिविर "३७ जनाको आखा मोतियाबिन्दुको पहिचान निःशुल्क अप्रेसन"

  • माघ २८, २०८०
  • कोशीपत्र/संवाददाता
alt - संगम विष्ट

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं.८ सैनिक स्थित वडा कार्यलयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ।

नगरपालिका कार्यालयले रामलाल गोल्छा आँखा अस्पताल विराटनगरसँग सहकार्य गरेर उक्त शिविर आयोजना गरेको हो ।

नगरपालिकाका सामाजिक शाखाका प्रमुख अरुण मेहताका अनुसार १ सय ३९ जना सेवाग्राहीहरूले शिविरमा आएर सेवा लिएका थिए ।

ती मध्ये ३७ जनाको आँखामा मोतिया बिन्दु रोग पहिचान भएको छ ।

उनीहरूको निःशुल्क शल्यक्रिया गरिने र अप्रेसनको लागि आज नै २९ जनालाई अस्पताल लगिएको छ ।

बाँकी ८ जना प्रेसर, सुगर र मुटुको समस्या भएकाहरू तथा पारिवारिक कारणले आज जान नसकेको र उनीहरूको पनि निःशुल्क शल्यक्रिया गरिने मेहताले जानकारी दिए ।

शिविरमा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका दृष्टि विज्ञ डाक्टर एवम् स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।

नगरपालिकाले यस अगाडि वडा नं. ६ कोशीपारी श्रीलङ्का टप्पुमा , वडा नं. ४ धनपुरीमा , वडा नं ३ को भानुटोलमा , वडा नं १० को प्रकाशपुरमा र वडा नं ७ को ढिकझोडामा निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको थियो ।bb

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved