राजनीति

    Showing 571-580 of 1,921 items.
  • पूर्वडीआईजीले मारेको बँदेल खाल्टोबाट निकालियो

    राजविराज/ पूर्वडीआईजी ज्ञान विक्रम शाह,हालका वहालवाला सई र पूर्व उपसभामुखका छोरालाई बचाउन प्रहरीको दबाबमा हतार–हतार गाडिएको बँदेल आईतबार विहान गाडेको ठाउँमा खाल्टो खनेर निकालिएको छ। इलााका प्रहरी कार्यालय कन्चनपुरले बेवारिसे अवस्थामा मरेको बँदेल फेला परेको पत्रसहित पठाएपछि सव डिभिजन वन कार्यालयलय कञ्चनपुरले खाल्टो खनेर बँदेल गाडेको थियो। प्रहरीको दबाबका कारण पोष्टमार्टम समेत नगरी गाडिएको बँदेल ४ दिनपछि उत्खनन गरेर निकालिएको हो। वँदेल उत्खनन भईरहेको स्थानमा रहेका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य अवधेश झालेले बँदेललाई अव पोष्टमार्टमका लागि पठाईने बताए। पोष्टमार्टमका क्रम

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 612 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक महिनामा तीन पटक सम्मान,हुने सन्चारकर्मी को हुन् ?

    धरान/ एक महिनाको अवधीमा अग्रज सञ्चारकर्मी नवराज बजगाईलाई तीन पटक सम्मान गरिएको छ ।  शनिबार मात्रै काठमाण्डौमा एकैदिन दुई पटक सम्मानित भए । साप फल्चा बबरमहल काठमाडौंले आयोजना गरेको कार्यक्रममा खेलक्षेत्रको तर्फबाट र मिरावल रिसोर्ट धुलिखेलमा आयोजित एक अर्को कार्यक्रममा गरी एकै दिन दुई पटक सम्मानित भएका हुन । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको शनिबार काठमाडौंमा आयोजित तेश्रो महाधिवेशनको अवसरमा पत्रकार बजगाईलाई खेल क्षेत्रमा योगदान पुर्‍याए बापत सम्मान गरीएको नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रिय अध्यक्ष डा. पूर्ण प्रसाद पाण्डेले जानकारी दिनुभयो । पत्रकार बजग

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 476 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वीकार गर्न चाहँदैनन्

    हामी सबैलाइ थाहा भएकै कुरा हो कि सबै मानिस एउटै विशेषता भएका हुदैनन्। कोहि गोरो , कोहि कालो, कोहि होचो,कोहि अग्लो ,कोहि दक्ष कोहि अदक्ष,अर्ध दक्ष , कोहि हसिलो कोहि गम्भीर आदि इत्यादी। तर यी बिशेषताहरु मान्छेको जातसँग पक्कै जोडिएका हुदैनन्। यो त प्रकृति, वातावरण र जीवनशैलीको उपज हो। हो आज यो मेरो लेख जातसँग नै केन्द्रित छ। म परियार ,पूरा नाम हरि परियार। परियार थर दमाई वर्गमा पर्छ।दमाईलाई नेपाल सरकारले दलित वर्गमा अभिलेखिकरण गरेको छ ÷ गराइएको छ।म दमाई हुँ भन्ने कुरामा कुनै पनि सरम छैन\ हुने छैन र कुनै किसिमको दम्भ पनि छैन। तर जब मानिसहरुले धर्म, संस्कृतिको नामबाट बनाइएको कथित तल्लो जा

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 1,268 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रिय दलित पत्रकार सङ्घमा विनोद

    धरान/  राष्ट्रिय दलित पत्रकार सङ्घ सुनसरीको जिल्ला अध्यक्षमा विनोद बिक चयन भएका छन् । सङ्घको दोस्रो अधिवेशनले अध्यक्षमा विश्वकमाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्ष प्रतीक्षा बिसंखे, सचिवमा भूमिका रसाईली, सहसचिवमा अशोक बिक र कोषाध्यक्ष विवश लामगादे चयन भएका छन् । सदस्यहरू नवीन सेन्चुरी, विनोद रसाईली, राजु दर्नाल र मनीषा लोहार छन् । राष्ट्रिय दलित पत्रकार सङ्घका केन्द्रीय सदस्य तारा लामगादे प्रमुख अतिथि रहेको अधिवेशन सभापतित्व कार्यवाहक अध्यक्ष नवीन रम्तेलले गरेका थिए । सङ्घका कोशी प्रदेश अध्यक्ष नैन रुचाल, प्रेस सेन्टरका महासचिव राजन के

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • 797 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संघीय लिम्वुवान महिला मञ्चमा पवित्रा

    धरान/ संघीय लिम्बुवान महिला मंच सुनसरीको अधिवेशन सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मंच केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनले ,पबित्रा लिम्बु हुक्पाचोङ्बाङ्ग(साम्सेमी) नेतृत्वमा नयाँ कमिटी गठन भएको छ । उपाध्यक्षहरुमा राम कुमारी लिम्बु (हाङ्सामा), प्रमिला येङ्देन(साम्यो),निर्मला सोहाङ्ग (सुकुदिन),मन माया लिम्बु (सेमाङ्ग),,सुरेखा लिम्बु (निमा),सचिवहरु सरिता लिम्बु (साम्याङ्ग),राधा लिम्बु (सुम्मुन्धुम),सह सचिव ,सुश्मा लिम्बू (सान्चा) र कोषाध्यक्षमा पबित्रा कन्दवा (फुन्मा)लाई चयन गरिएको छ । सदस्यहरु २४ जना रहेका छन् ।उक्तं अधिबे

    • प्रकाशित मितिः भदौ १०, २०८१
    • 765 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बिद्यार्थीलाई संसदको अभ्यास, शिक्षामन्त्रीद्धारा शिक्षा विधेयक प्रस्तुत

    धरान/  धरान–१५ स्थित के।के।इन्टरनेसनल स्कुलमा शुक्रबार नमुना संसद्को अभ्यास सम्पन्न भएको छ । विद्यार्थीहरूलाई संसद्को अभ्यास गराउन विद्यालयमा सङ्घीय प्रतिनिधिसभाको नमुना बैठक बिहीबार नै सुरु भएको थियो । सो अभ्यासमा कक्षा–६ देखि १० सम्मका २ सय ७५ विद्यार्थीहरू सांसद्का रूपमा सहभागी भएका थिए । नमुना बैठकमा सभामुख तपस्या भण्डारीले अनुमति दिएपछि शिक्षामन्त्री विशेष अग्रवालले ‘विद्यालय शिक्षा विधेयक–२०८१’ प्रस्तुत गरेका थिए । त्यस क्रममा सांसद् औरिक पाण्डेले विधेयक संसद्मा प्रस्तुत हुनुभन्दा अघि नै सरोकारवालाहरूसँग छलफल नगरिएकाले धेरै विषय समेट्न बाँकी रहे

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • 644 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारले टिकटक प्रतिबन्ध हटायो

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बुधबार मन्त्रीस्तरमा भएको प्रतिबन्ध हटाउने निर्णयलाई बिहीबार नियमित बस्ने क्याबिनेट बैठकमा पेस गरिएको हो । स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने मन्त्रीस्तरको निर्णय गरेका थिए ।पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थ

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 594 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा भागवण्डाको लागि मन्त्रालय फुटाउने तयारी

    विराटनगर/ कोशी प्रदेशमा फेरी मन्त्रालय फुटाउने कसरत भइरहेको पाइएको छ । सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसको स्वार्थमा आधारित रहेर खर्चको भार बढाउने तथा नेता कार्यकर्ता व्यवस्थापन गर्ने उद्देश्यले मन्त्रालय फुटाउन लागिएको हो । यसले प्रदेशप्रति झन् वितृष्णा बढाउने देखिन्छ । एमाले प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुईवटा मन्त्रालय फुटाउने तयारी गरेका छन् । नेपाली कांग्रेसलाई भाग पुर्याएर सरकारमा सहभागी गराउन उनले भौतिक पूर्वाधार विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय फुटाउन लागेका हुन् ।कोशीमा अहिले ९ वटा मन्त्रालय छन् । तीमध्ये भौतिक पूर्वाधार

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर हर्कराजले अदालतलाई पनि टेरेनन,दलहरुद्वारा निर्णय कार्यान्वयन गर्न अनुरोध

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले अदालतले दिएको आदेश र दलसँगको सहमति कार्यान्वयन गरेका छैनन् ।  नगरप्रमुख अध्यक्ष रहेको धरान खानेपानी बोर्डले वृद्धि गरेको महशुल नघटापछि दलले संयुक्त प्रेस वक्तव्य निकालेका छन् ।  धरानका दस राजनीतिक दलले उच्च अदालतको निर्णय तत्काल कार्यान्वयन गर्न आज बुधबार वक्तव्य जारी गरेका हुन् ।  धरानका दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा ( माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत)  समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उनमुक्ति पार्टी, संलोराम संघीय

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 516 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपनिर्वाचनको तयारी,कहाँ कहाँ हुदैछ ?

    धरान/ रिक्त रहेको स्थानहरुमा उप निर्वाचन गर्ने तयारी थालेको छ । निर्वाचन आयोगले मंसिर तेस्रो साताभित्र स्थानीय तहको उपनिर्वाचन गराउने तयारी अघि बढाएको हो । आयोगले स्थानीय तहमा रिक्त ३४ पद उपनिर्वाचनको माध्यमबाट पूर्ति गर्न गृहकार्य अघि बढाएको हो। आयोगले प्रधानमन्त्री केपीशर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको विषयमा बिफ्रिङ गरेपछि सो तयारी अघि बढाएको हो।आयोगले सोका लागि मतदाता नामावली अभिलेख अद्यावधिक गराउने तथा नयाँ मतदाता नामावली संकलन कार्य अघि बढाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी गराउनुभयो। विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता ग

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 435 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved