झगडिया र षड्यन्त्रकारीको बुद्धि कहिल्यै परिवर्तन हुदैन

  • असोज ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

एउटा गाउँमा एकजना झगडीया थियो,त्यो बहुत षड्यन्त्रकारी पनि।

उसले जिन्दगीभर साँध,सिमाना र आफ्नाकेही सामानसँग मिल्दो भेट्यो कि आफ्नो भनेर दाबी गर्ने र मुद्दा समेत हाल्न पछि नपर्ने उनको बानी थियो।

उसले दाबी गरेको कुरा सत्य हूदैनथ्यो,त्यसैले ऊ संधै हार्थ्यो,यो खराब आचरण र बानीले छरछिमेक, नातागोता,आफन्त साथीभाइ टाढीएर करिब एक्लै हुँदा पनि हरेस चाहिँ खाँदैन्थ्यो। 

अब जिवनको उत्तरार्धमा उसले फेरि अर्को षड्यन्त्र रच्न भ्यायो।

सबै टाढिएकाहरुलाई नम्र भाषामा घरमा बोलायो र भन्यो मैले बाँचुन्जेल तपाईहरुलाई साह्रै दुःख दिएँ अब म मरेपछि तपाईंहरुको चित्त बुझ्नेगरी गाउँभरि डुलाउँदै मेरो लाशलाई लठ्ठी,भाटाले पिट्नु र चित्त बुझेपछि फालि दिनु वा पुरिदिनु भनेछन्।

सोझा आफन्त ,छरछिमेकी,पुराना साथीभाइले उसले भनेजस्तै गरेछन्।

तर त्यो कुरा एकदुई जना उसका परिवारले प्रहरी प्रशासनलाई उजुरी दिएछन् र लाशको अनुसन्धान गर्दा चोटपटक लागेको देखिएपछि ज्यान मुद्दामा सबैले गिरफ्तार परेर जेल सँजाय भोग्नुपरेछ। 

अब भन्नुस षड्यन्त्रकारी र झगडीया कति जबर्जस्त र जिद्दीपन हुँदा रहेछन् त्यसैले यस्तालाई आफ्नो भन्नू भनेको सर्पलाई दूध पिलाउनु सरह मात्रै हो।

कसैको जिवनसँग मिल्न गएमा संयोग मात्र हुनेछ। आज पानीले तीनदिन अगाडि ३९डिग्रि को गर्मीबाट २४डिग्रि पुगेर चिसो भएको कारण बिहानभरि घरमै बस्दा साथीभाइले गफ गर्दा सुनेको कुरा यसो सामाजिक संजालमा पोष्ट गरेको छु।

हर्कजग एभेङ 

अध्यक्ष 

नेकपा एमाले (धरान उमहानगर कमिटी)

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved