विद्यालयमा चुनाब : माओवादीसँग काँग्रेस–एमाले पराजित

  • असोज ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ ।
विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि काँग्रेस–एमाले एकातिर र माओवादी एकातिर रहेर प्रतिस्पर्धा भएको थियो ।

समितिका चार सदस्यका लागि आइतबार भएको निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गरेको थियो । व्यवस्थापन समितिको निर्वाचनका लागि ३०३ जना मतदाता थिए । जसमध्ये २१३ मत खसेको थियो ।

जसमा माओवादी केन्द्रनिकटका उम्मेद्वारहरुले १२२ मत ल्याएर विजयी भएका हुन् । जसमा डिकबहादुर भण्डारी, माया श्रेष्ठ, दिननाथ ठाकुर र मुखी मुर्मु रहेका छन् ।

यस्तै काँग्रेस–एमाले गठबन्धनका उम्मेद्वारहरु दुर्गा भण्डारी ९काँग्रेस०, शान्ता लिम्बू ९एमाले०, पर्मिला हेम्रङ (एमाले) र इन्दु बस्नेत (काँग्रेस)बाट उम्मेद्वार बनेका थिए ।

उनीहरूले ७२ मत ल्याएका थिए । स्वतन्त्र उम्मेद्वारले ७ मत ल्याउँदा १२ मत बदर भएको जनाइएको छ ।

निर्वाचनमा गठबन्धनको चुनाव चिन्ह कलम थियो भने माओवादीको खुल्ला किताब र स्वतन्त्र उम्मेद्वारको घर चुनाव चिन्ह थियो ।

आइतबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान भएको थियो । गत असोज १ गते निर्वाचनका लागि मनोनयन दर्ता भएको थियो ।

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved