वराहक्षेत्र/ चाडपर्व नजिकिँदै गएको छ । बजार दैनिक उपभोग्य वस्तुको बजारभाउ मनपरी छ । धरानमा भने बजार अनुगमन प्रभाबकारी वन्न सकिरहेको छैन ।
स्थानीय सरकारले बजार अनुगमन प्रभावकारी बनाएर यसरी भित्रिदै गएको चाडपर्व लक्षित बजार अनुगमन प्रभावबारी बनाउनु आवस्यक हुन्छ । वराहक्षेत्र नगरपालिकाले उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउँदै गएको छ। बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयमा अनुगमन टोली सक्रिय बनेको हो ।
दशैं तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्य बढि, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो ।
बिहिवार अनुगमन टोलीले वडा नं ६ को चक्रघट्टी बजारमा रहेका खाद्यान्न किराना पसल, फलफुल पसल , चिसो पदार्थको डिलर , मासु पसल , फलफुल पसल पसलहरूको अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।
अनुगमनको क्रममा ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोला प्रयोग भएका पसल , म्याद नाघेका सामग्री नष्ट र म्याद नाघेका सामाग्री बिक्री गर्न राखेका पसललाई जरिवाना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा सुनसरी खाद्यन सामाग्रीको नमुना संक्लन समेत गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।
अनुगमनको क्रममा उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना, म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलालाई नियन्त्रणमा लिएर जरिमानमा समेत गरिएको थियो ।
अनुगमनको क्रममा उपभोग्य मिति नाघेका खाद्यवस्तु, त्यस्तै म्याद नाघेका बस्तु बिक्री वितरण गर्न राखिएको पसलहरूलाई जरिवाना र दर्ता प्रक्रियामा रहेका व्यवसायहरूलाई आवश्यक सहजीकरण समेत अनुगमनको क्रममा गरिएको उप( प्रमुख नन्दकुमारी सुनुवारले बताइन्।
नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल , आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा सुनसरीका प्रमुख खाद्य अनुसन्धान अधिकृत संगम दाहाल , उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका कोषाध्यक्ष तुलसी श्रेष्ठ, नेपाल प्रहरी , नगर प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो।