बिपी प्रतिष्ठानको बिद्यार्थी नेता चुनिए (को को भए नेता ?(हेर्नुहोस)

  • असोज ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । विद्यार्थी कल्याण समाज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् ।
महासचिवमा भने सुविन कुमार साह निर्विरोध निर्वाचित भए ।

प्रतिष्ठानमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत देव निकटतम प्रतिद्वन्द्व लाई २ सय ५२ मतले पछि पार्दै २ वर्षे कार्यकालको लागी समाजको अध्यक्षमा निर्वाचित भएका हुन् । । शनिवार प्रतिष्ठानमा भएको समाजको निर्वाचनमा अध्यक्षका लागी ७ जनाले प्रतिस्पर्धा गरेका थिए ।

देवको निकटतम प्रतिद्वन्द्वी जमुना वनले २सय ९३ मत पाएकी थिइन भने अध्यक्षका अर्का उम्मेदवार दिवस पन्थले २सय५५ मत पाएका थिए । अध्यक्षका अन्य प्रतिष्पर्धीहरुले क्रमशः कृष्ण कुमार यादवले १सय४६ ,दिपेश कुमार सिंहले १सय५ र धिरज उदासले १८ मत पाएका थिए ।

वरिष्ठ उपाध्यक्षमा भने ६सय३७ मत ल्याउँदै मो.महमुद नुरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्व राजीव रञ्जन दीक्षितले ५सय७६ मत ल्याए ।जुनियर रेजिडेन्ट तर्फ उपाध्यक्ष डाक्टर विशाल गुरुङ निर्विरोध निर्वाचित भए भने एमबिबिएस तर्फ उपाध्यक्ष सदिच्छा न्यौपाने ६सय ३१ मत ल्याउँदै निर्वाचित हुँदा विडिएस तर्फ उपाध्यक्ष ४सय ९५ मत ल्याउँदै निर्वाचित भए ।

नर्सिङ तर्फ उपाध्यक्षमा कान्तिपुर बास्तोला ७सय१९ मत ल्याउँदै विजयी भइन । सचिवमा ६सय ५४ मत ल्याउँदै राम उद्गार साह विजयी हुँदा कोशाध्यक्षमा ६सय ९४ मत ल्याउँदै हार्दिक गोयल निर्वाचित भए । विडिएस तर्फ सदस्यहरूमा अर्जुन यादव (१४२),विजय कुमार यादव(१२०),सुदिप सोनी (११५) विजयी भए भने नर्सिङ तर्फ गोत्री नाथ(१००)र सकृला घले गुरुङ (९७) विजयी भए ।

ए. लाइट साइन्स तर्फ सदस्यमा सतरोहन यादव(४६) विजयी हुँदा एम पिएच तर्फ जीवन नारायण कुमार चौहान र बेसिक साइन्स ( नर्सिङ बाहेक) रचना पुरी निर्विरोध निर्वाचित भए । सदस्य जुनियर रेजिडेन्ट तर्फ डाक्टर तरन्नुम वानो , डाक्टर विष्णु खरेल र डाक्टर अमोल कुमार यादव निर्विरोध निर्वाचित भए ।

एमबिबिएस तर्फ सदस्यमा भविष्य विष्ट (३३३) सन्दीप विक (३२०)यतेन्द्र यादव (२८४) प्रवीण भट्टराई (२४६) र मो. असररुल अन्सारी (२४४) विजयी भए ।नवनिर्वाचित अध्यक्ष देवले प्रतिष्ठानको विकास सँगै विद्यार्थीहरूको हक अधिकारी सुनिश्चितताको लागी सधैँ लागी पर्ने बताए ।

१६सय ७० मतदाता रहेका समाजको शनिवार भएको निर्वाचनमा १२सय ७८ मत खसेको निर्वाचन आयुक्त प्राध्यापक डाक्टर समसेर श्रेष्ठले जानकारी दिए ।

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved