धरान/ भारतको सिक्किम स्टेटका पूर्वमन्त्री तथा बर्तमान सरकारका मुख्यमन्त्री पिएस गोलका सल्लाहकार जिएम गुरुङ( गर्ज बहादुर गुरुङ) कोशी प्रदेश प्रायः आउ जाउ गरिरहन्छन् । प्राय गरि सिक्किम सरकारका पूर्वमन्त्री समेत रहेका उनी नेपालको राजनीतिक अवस्थादेखि भने चिन्ता ब्यक्त गर्दछन् । तत्कालिन मुख्यमन्त्री पवन चाम्लिङको सरकारमा गुरुङ २० बर्ष सम्म मन्त्री भए । उनी भन्छन,‘नेपालको राजनीति नजिकबाट नियालेको छु,हरेक नेताहरु चिन्छु,सरकारको नेतृत्वको सन्दर्भमा जानकार नै हुन्छ, तर दुःख लाग्छ, नेपालमा स्थिीर राजनीति भएन, सरकार फेरबदलको राजनीतिलाई त्यागेर स्थिर राजनीतिको सरकार बनाउन सक्यो भने राम्रो ह
धरान/ सुनसरीको धरान उपमहानगरपालिका वडा नं २० को विष्णुपादुकास्ति वंशीलामा रहेको विष्णुपाउ सामुदायिक वन तथा हिमालय ध्यान केन्द्र क्षेत्रमा सयौंको संख्यामा लाली गुरांसको विरुवा रोपिएको छ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं १, सुनसरीले उक्त क्षेत्रमा ६ सय २६ वटा रातो फुल्ने प्रजातिका लाली गुरांसको विरुवा रोपेको हो । कांग्रेसले विरुवा रोप्ने र संरक्षणका लागि विरुवा बार्ने कार्यलाई एकैसाथ सम्पन्न गरेको छ भने बंशीला डांडामा राष्ट्रिय झण्डा समेत राखेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य माननीय डा शेखर कोइरालाले लाली गुरांसको विरुवा रोपेर कार्यक्
काठमाण्डौ/ संयुक्त अधिराज्य बेलायतका लागि नियुक्त राजदुत चन्द्र घिमिरेलाई काठमाण्डौमा रहेका धरानेहरुको संस्था धरान सरोकार समाजले बधाई तथा शुभकामना कार्यक्रम राखेर सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित धरानेहरुले विषयगत सुझावहरु पनि दिएका छन् ।पूर्व राजदुत राजेश्वर आचार्यले आफ्नो अनुभवका साथै गर्नु पर्ने कामको बारेमा सल्लाह दिए । उनले चीनमा आफु राजदुत भएर काम गर्दा दुई देशका सम्बन्धलाई प्रगाढ बनाउँदै राष्ट्रको हितका लागि गरेका कामहरुको बारेमा चर्चा गर्नु गरेका थिए । उहाँले अब काम गर्दा राजदुत नभई राष्ट्रदुत भएर काम गर्न सुझाव दिए । त्यस्तै आफुले कालापानीको विवादको बेला
काठमाडौँ । मंशीर १६ गते हुने उप निर्वाचनको निम्ति सत्तारुढ दल नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनका लागि ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् । यता, काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट सुरेन्द्र मानन्धर उम्मेदवार बन्ने छन् । रुकुम पूर्वको पुथउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनले टिकट पाएकी छन् । त्यसैगरी दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान जारी भएको १० वर्ष पुग्न लाग्दा पनि संघले प्रदेशलाई अधिकार नदिएको गुनासो गरेका छन् । अधिकार प्रत्यायोजन नहुँदा प्रदेश संरचनाले काम गर्न नसकेको उनको गुनासो छ । ‘संविधान निर्माण भएको १० वर्ष पुग्न लाग्दा पनि संघले प्रदेशलाई अधिकार दिएन,’ उनले भने, ‘पटक–पटक कुरा उठाए पनि संघले सुन्दैन ।’ संघले अधिकार नदिएकैले प्रदेश संरचनाले पूर्णरूपमा काम गर्न नसकेको कार्कीको भनाइ छ । विराटनगरमा बिहीबार भएको मुख्य न्यायाधिवक्ताहरुको छैटौं राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पूर्णरुपमा संघले अधिकार प्रत्यायोजन न
धरान/ सुनसरीको धरान र धनकुटाको लेउती सम्म दु्रत मार्गले जोड्ने धरान –लेउती खोलासम्मको सुरुङ मार्ग निर्माण अन्यौल भएको छ ।४ बर्ष सम्म पनि उक्त आयोजनाका लागि निर्माणको काम अघि बढ्न नसकेपछि अन्यौल भएको हो । जोगवनी किमाथांका सडकको दूरी र समयलाई छोट्याउने सुरुङ मार्गका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली वि.सं २०७८।०७९ को बजेटको नीति तथा कार्यक्रम अन्र्तगत नै सुरुङमार्गका लागि बजेट वक्तव्य मार्फत नै बजेट विनियोजन गरेको. थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जारी गरेको बजेट वक्तव्यको २९६ नम्बर बुँदामा उक्त कुरा उल्लेख गरेको गरेका थिए भने त्यसबेला दुई वटा आयोजनालाई बजेट बक्तव
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल उद्योगीले १५ दिनभित्र नबुझाए फेरि लाइन काट्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्णय बमोजिम अहिले तत्काललाई लाइन जोडिएको बताएका छन् ।‘हामीले बक्यौता महसुल नबुझाउने २८ उद्योगको लाइन कात्तिक ८ गते काटेका थियौं । नेपाल सरकारबाट १५ दिनभित्र बक्यौता उठाउने गरी हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको छ’, घिसिङले भने, ‘हामी बक्यौता उठाउन लाग्नेछौं । उहाँहरूले पनि बुझाउनु पर्नेछ । १५ दिनभित्र पनि बक्यौता तिर्
काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण लामो समयपछि व्युँतिएको छ । उक्त घट्ना देखेको दाबी गरेका गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पत्रकार ऋषि धमलालाई सोधपुछ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले टेलिभिजनबाट अर्यालले आफू उक्त घटनाको प्रत्यक्षदर्शी भएको बताएपछि मंगलबार सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो । सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र र प्राइम टाइम टेलिभिजनका ‘जनता जान्न चाहन्छन’ का कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सीआइबीका सूचना अधिकारी प्रहरी उपर
झापा/ आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको सुखानी सहिद स्मृति पार्कमा आर्थिक वर्ष २०७९/८० को तुलनामा पर्यटक आवागमन घटेको छ । पार्कको मुख्य आकर्षणका रूपमा रहेको वाटर ‘म्यूजिकल फाउण्टेन’ बाट रात्रिकालीन सेवा दिन नसकेपछि पर्यटक घटेका पार्कका सहायक व्यवस्थापक योगेन्द्र रिजालले बताए । उनका अनुसार आव २०७९/८० मा रात्रिकालीन फाउण्टेन सञ्चालन हुँदा दुई लाख २१ हजार आन्तरिक तथा बाह्य पर्यटक पार्कमा आएका थिए । उक्त वर्ष टिकट शुल्कबापत रु एक करोड १० लाख सङ्कलन गरेको उनले जानकारी दिए ।फाउण्टेनमा समस्या आएसँगै दिवा सेवा मात्र सञ्चालन गर्न थालेपछि गत आवमा एक लाख ८४ हजार मा
विराटनगर/ कोशी प्रदेशमा ग्रामथान गाउँपालिकामा आगामी मंसिर १६ गतेको उपचुनावका लागि ठूला दलहरूले उम्मेदवार टुंग्याएका छन् । उम्मेदवार टुंगिएसँगै यहाँ चुनावको सरगर्मी सुरू भएको छ ।एमालेले मंगलबारदेखि ग्रामथानमा प्रशिक्षण कार्यक्रम गर्दै चुनावी अभियान सुरू गरेको छ । प्रशिक्षण कार्यक्रममा महासचिव शंकर पोखरेल ग्रामथान आएका छन् । वुधबारबाट घरदैलो कार्यक्रम थाल्ने एमाले मोरङका इन्चार्ज जीवन घिमिरेले बताए । यहाँ एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ ।एमालेबाट अध्यक्षका प्रत्याशी भएका तुलसीरामसँग राजनीतिको छोटो अनुभव भए पनि उनी ग्रामथानका लागि परिचित युवा हुन । उनी अहिले पार्टी गाउ