सरकार असफल भए देशमा अराजकताः डा. कोइराला सुशासन कायम गर्न तीनै तहको सरकार असफल

  • पुस १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले जनतामा आशा जगाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
नेपाल पत्रकार महासंघ सुनसरी शाखाको पदस्थापन कार्यक्रमलाई धरानमा सम्बोधन गर्दै संघीय सांसदसमेत रहेका कोइरालाले जनतामा आशा जगाउने गरी समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रहसमेत गरे । बिहान उठेदेखि नसुतुञ्जेलसम्म समाचार हेर्ने हो भने निराशाले भरिएको मात्रै पाउने गरेको उनको भनाइ थियो ।

‘बिहानदेखि रातिसम्म हेर्ने हो भने अधिकांश मिडियामा नकारात्मक र निराशाजनक समाचार मात्रै देख्न पाइन्छ । सामाजिक सञ्जाल हे¥र्यो नकारात्मक र निराशा, सञ्चारमाध्यम हे¥यो जताततै निराशैनिराश मात्रै देखिन्छ,’ उनले भने, ‘देशमा राम्रा काम पनि भएका छन् ।

कम्तीमा हरेक मिडियाले गाउँ टोलमा भएका राम्रा कुराको पनि समाचार बनाइदिए समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ ।’ देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको चर्चा गर्दै नेता कोइरालाले जनतामा आशा लगाउन पनि भूमिका खेल्न आग्रह गरे । उनले मुलुकमा आर्थिकमन्दीका बीच पनि भौतिक संरचनाको विकासले गति लिएको बताए ।

‘देश केही नभएको होइन भइरहेको छ । राम्रो कामलाई नरात्मकताले थिचेको छ,’ नेता कोइरालाले भने । प्रविधिको विकाससँगै पत्रकारहरुले पनि आफूलाई परिमार्जित गर्ने लानुपर्नेमा उनको जोड थियो ।
त्यस्तै नेता कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकारबाट जनताले धेरै नै आशा गरेको प्रस्ट्याए । ‘यो सरकार विशेष परिस्थिति र निश्चित लक्ष्य लिएर बनेको छ,’ नेता कोइरालाले थपे, ‘यो सरकार असफल भयो भने देशमा अराजकता बढ्छ । लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र खतरामा पर्छ ।

यो सरकारलाई असफल हुन छुट छैन ।’ नेता कोइरालाले २०८४ सम्मै यो सरकार टिक्ने दाबी गरे । सरकारमा सँगै भए पनि आगामी निर्वाचनमा दुवै दलबीच प्रतिस्पर्धा हुने उनको भनाइ थियो । उनले भने, ‘कांग्रेसको प्रतिस्पर्धा एमालेसँगै हुन्छ र एमालेको पनि प्रतिस्पर्धा कांग्रेससँगै हुन्छ । सरकार सञ्चालन गर्नु र चुनावमा प्रतिस्पर्धा गर्नु फरक विषय हो ।’

नेता कोइरालाले सुशासन कायम गर्न तीनै तहको सरकार असफल भएको टिप्पणी गरे । सुशासन हुने हो भने मुलुकमा धेरै अगाडि बढ्ने उनको विचार थियो ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले निष्पक्ष र सत्यतथ्यमा आधारित भएर कमल चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारी, धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, सुनसरीका प्रमुख जिल्ला अधिकारी

रामचन्द्र तिवारी, अग्रज पत्रकार हर्ष सुब्बा, पत्रकार महासंघ पूर्वकेन्द्रीय सदस्य अमर खड्का, सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई, निवर्तमान सचिव ध्रुव ढकाल, नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

 

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved