धरान । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) धरान उपमहानगर कमिटीको तेस्रो अधिवेशनबाट उद्दव लिम्बूको अध्यक्षतामा निर्विरोध नयाँ नेतृत्व चयन भएको छ ।
मंशीर २८ गतेदेखि धरानमा भएको अधिवेशनले सोमबार भएको बन्द सत्रद्धारा लिम्बुलाई निर्विरोध पार्टीको नयाँ नेतृत्वको जिम्मेवारी दिएको हो ।
अधिवेशनले सिपि बजगाई,उपाध्यक्ष सुवास खवास,महिला उपाध्यक्ष शेष कुमारी घिमिरेलाई चयन गरिएको छ । त्यसैगरि पार्टीको सचिब भूपाल चाम्लिङ(भूपेन्द्र),सहसचिव सुमन गहतराज र कोषाध्यक्षमा मिक्मा भोटेलाई अधिवेशनले चयन गरेको जनाइएको छ । माओबादी केन्द्र धरानका इन्चार्ज चोत्लुङले दिएको जानकारी अनुसार नयाँ नेतृत्व ८२ सदस्यीय चयन भएको छ । यस अघि पार्टीको नगर अध्यक्ष मनोज भट्टराई थिए ।
उनी धरान वडा नम्बर १७ को वडाध्यक्ष समेत हुन् । इन्जार्ज चोत्लुङले भने,माओबादीप्रति जनताको आसा भरोशा बढ्दै गएको
छ, यसैका फलस्वरुप राष्ट्रिय राजनीमिा माओबादी प्रति आसा, भरोसा र साथ सहयोग जनताको पाएकाले धरानको यो निर्विरोध नयाँ नेतत्व चयनले अब पार्टी नेतृत्व थप बलियो बनेर जनताको विश्वास जित्ने नै छ र जिति पनि रहेको छ ।