संचारकर्मी प्रधानलाई नगद सहित दोसल्ला ओढाएर सम्मान

  • पुस १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ हिबिस्कस इङ्लिश बोर्डिङ स्कुल धरान– १५ ले आफ्नो बार्षिकोत्सबका अवसरमा एकजना संचारकर्मीलाई पुरस्कृत गरेको छ ।

स्कुलले आइतवार एक कार्यक्रमको आयोजना युवा संचारकर्मी रस्मी प्रधानलाई नगद ५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार वस्नेतले दोसल्ला ओढाई सम्मान पत्र र नगद सहित सम्मान गरको थिए ।

प्रधान धरानलाई कार्यक्षेत्र वनाई विगत एक दशक भन्दा लामो समयदेखि पत्रकारीता क्षेत्रमा सकृय पत्रकारीता गरीरहेकी छिन् । स्कुलले हरेक वर्ष वार्षिक उत्सवका अवसरमा एकजना संचारकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।

उक्त कार्यक्रममा २०८० सालको वार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुने नर्सरी देखि कक्षा–११ सम्मका बिद्यार्थीहरु र बार्षिक खेलकुदमा उत्कृष्ट हाउसलाई पुरस्कार र प्रमाण–पत्र बितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि माननीय रमेश कुमार वस्नेतले नीजि स्कुलहरुले शिक्षा क्षेत्रमा ठूलो .योगदान पु¥याएको वताउदै समुदायमा शिक्षाको प्रभाव छरेको वताए ।

उनले समुदायसंग मिलेर नीजी विद्यालयहरु अघि वढेको वताउदै पढाईका अतिरिक्त विभिन्न क्षेत्रमा समेत नीजी विद्यालयले विद्यार्थीहरुलाई अघि वढाएको उल्लेख गरेका थिए ।

सोही प्रसंशमा कुरा गर्दै वस्नेतले पछिल्लो समय मोवाइलले धेरै कुरा समस्या समाधान गर्दै अएपनि कतिपय अवस्थामा सामाजिक संचाललाई युवा पुस्ताले गलत प्रयोग गरेको कारण समस्या आउने गरेकोले त्यसमा ध्यान दिन सुझाव दिएका थिए ।

कार्यक्रममा धरान१५ का वडा अध्यक्ष नरेश इवारम, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई, श्यामचोक युवा समाजका अध्यक्ष ललित योन्जन, श्यामचोक समाजका अध्यक्ष दिनेश

रानामगर, लगायतले बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरेका थिए ।

उक्त कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, नाटक र गीत प्रस्तुत गरि अभिभावकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम कुलुङको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको संचालन शिक्षक नयन राईले गरेका थिए ।

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved