मेघा रेवाहाङ स्मृती बास्केटवल सुरु मुख्यमन्त्रीद्धारा उद्घाटन,उद्घाटनमा धरान आदर्श विजयी

  • पुस १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विकास चाम्लिङ राई,
धरान ।कोशी प्रदेश मूख्यमन्त्री माननिय हिक्मत कार्कीको प्रमूख आतिथ्यमा सोमवार देखि सुरु भएको तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको उद्धघाटन खेलमा धरान आर्दश कलेज विजयी भएका छन ।

received_996779552490259

धरान मेघा हिमालयन कलेजको आयोजनामा आयोजित प्रसतियोगिताको मूख्यमन्त्री कार्कीले पानसमा द्धिप प्रज्वलन गरेर कार्यक्रमको उद्धघाटन गरेका थिए । प्रमूख अतिथि हिक्मत कार्कीले रेफ्रिलाई वल हस्तान्तरण गरेपछि खेल सुरु गरिएको थियो । उद्धघाटन खेलमा धरान आर्दशले सुनाखरी स्कुललाई ६६–४७ अंकको अन्तरले पराजित गरेका छन । खेलमा धरान आर्दश र सुनखरीले प्रत्येक क्वाटरमा २०–१०, १०–११, १७–१७ र १५–९ अंक जोडेका थिए ।

received_452930087628653

सोहि दिन भएको खेलमा धरान मेघा ए टिमले डिपो वि टिमलाई ४१–२६ र सियोन स्कुलले युनाइटेड गोर्खा एकेडेमिलाई ५९–११ अंकको विशाल अन्तरले पराजित गरेका छन । मेघा ए र डिपो वि टिमले प्रत्येक क्वाटरमा ९–२, १३–७, ११–४ र ९–१३ अंक जोडेका थिए । यसैगरि सियोन स्कुल र युनाइटेड गोर्खाले प्रत्येक क्वाटरमा २३–१, १०–५, १०–३ र १६–२ अंक जोडेका थिए ।

received_964793045698676

धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुको अध्यक्षतामा संपन्न उद्धघाटन कार्यक्रममा विशेष अतिथि कोशि प्रदेश माननिय रमेश वस्नेत, माननिय विजय राई, माननिय यसोदा कायस्थ, पुर्व प्रतिनिधि सभा सदस्य जयकुमार राई, धरान उपमहानगरपालिका निवर्तमान मेयर तिलक राई, नेकपा एमाले केन्द्रिय सदस्य एवं धरान निवर्तमान उपमेयर मञ्जु भण्डारी,

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्दिय अध्यक्ष भिमज्वाला राई, धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम वेघा, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि, धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, रेवाहाङ रुछेन्वुङ राई स्मृति प्रतिष्ठानका अध्यक्ष एवं दिवंगत रेवाहाङका वुवा रेवतिरमन राई, आमा सुजता राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काप्mले लयायतको उपस्थिति रहेको थियो ।

दिवंगत पुर्व बास्केटवल खेलाडि रेवाहाङ राईको स्मृतिमा विगत तिन वर्ष अघि देखि धरान मेघा हिमालयन कलेज, बास्केटवल संघ र रेवाहाङका परिवारको सहकार्यमा प्रतियोगिता सुरु सूरु भएको हो । धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो ।

१२ कक्षा सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेता टिमले नगद रु. २५ हजार, उपविजेताले नगद रु. १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडिले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

५ गते सम्म सम्पन्न हुने प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा कलेजको बास्केटल कोर्टमा हुनेछ ।

यातायात व्यवसायीको घ ...

काठमाडौं/ सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेश ...

काठमाडौंमा राजावादीक ...

काठमाडौं/  राजधानी काठमाडौंको नारायणचौरमा आइत ...

साकेला उभौलीको भव्य ...

धरान/  किरात राई समुदायको महान पर्व साकेला उभ ...

हल्ला नगरि काम गर्ने ...

धरान/  “जहाँ आवश्यकता, त्यहाँ लायन्स” ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved