धरान दिवसमा पाँच दिन धरान उत्सव शुरु आज साइक्लिङ र साहित्य सम्मान कार्यक्रम

  • पुस २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।शनिबारदेखि ‘धरान उत्सव’ सुरु भएको छ । उत्सवको उद्घाटन ज्येष्ठ नागरिक ८७ वर्षीय काजीमान गुरुङले गरे ।धरान १२ पब्लिक स्कुलको खेल मैदानबाट सुरु भएको विभिन्न सङ्घसंस्थाका झाँकी तथा ¥यालीले बजार परिक्रमा गर्दै धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशाला पुगेको थियो ।

उत्सवको अध्यक्षता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएकालाई सम्मान गरिएको छ । आज पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गिङ सुपर स्टार सिजन–१ र लोक जुहारी कार्यक्रम रहने छन् ।
उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान दिवसका रूपमा मनाउने गरेको छ। कार्यक्रम अवधिभर एम्बुलेन्ससहित स्वास्थ्य सेवा, पोषण परामर्श, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रचारका साथै मनोरञ्जनात्मक नृत्य तथा सांस्कृतिक कार्यक्रम र बाल मनोरञ्जनका खेलहरूको आयोजना गरिने भएको छ ।

‘धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईको नेतृत्वमा आयोजित धरान उत्सवमा धरानमा उत्कृष्ट ५ जना करदाता र सामाजिक योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान गरिएको छ । धरान २०१७ सालमा विधिवत् नगरपालिका घोषणा गरिएको हा । .
उत्सवभरी के के हुन्छ ?
उत्सवमा शैक्षिक प्रदर्शनी, कला साहित्य कार्यक्रम, खाद्य र पुष्प प्रदर्शनी तथा बिक्री कक्ष राखिएका छन् । पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गिङ सुपर स्टार सिजन–१ र लोकदोहोरी सहितको जुहारी कार्यक्रम राखिएको छ ।

पुस २३ गते वाकाथून, रस्सी तान र छेलो हान्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक दिनेश गजमेरले जानकारी वताएका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved