सुनसरी र मोरंगका श्रमिकहरुको अवस्थाको अवस्था निरिक्षण गर्दै जिफन्ट मजदुर नेता भीमज्वाला राईको अगुवाइमा बन्य ५५ सदस्यीय टोली

  • पुस ७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ जिफन्टले सुनसरी र मोरङका विभिन्न प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको श्रम ऐन कार्यान्वयनको अवस्थाको निरक्षण गर्ने भएको छ ।

त्यसका लागि भीमज्वाला राईको संयोजनमा ५५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

IMG-20241222-WA0008

शनिबार विराटनगरमा जिफन्टको कायाकल्प अभियानको अभिमुखीकरण कार्यक्रम गर्दै सुनसरी र मोरङमा रहेका उद्योगकलकारखाना तथा विभिन्न प्रतिष्ठानलाई श्रमिकहरुको

कार्यथलोका रुपमा वर्गीकरण गर्दै प्रतिष्ठानहरुमा श्रम ऐनको कार्यान्वयनको अवस्था, श्रमिकहरुको सेवासुविधाको अवस्था, श्रमिकहरुलाई समाजिक सुरक्षा योजनामा समावेश गरेनगरेको विवरणको अध्ययन गर्दै श्रमिहरुको अधिकारको भावी कार्यदिशा तय गर्ने

जिफन्ट राष्ट्रिय कमिटी सचिव तथा अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि हरीबहादुर कार्कीले बताउनुभयो ।

IMG-20241222-WA0007
पुस ९ देखि चैत मशान्तसम्म श्रमिकहरुले काम गर्ने प्रतिष्ठान केन्द्रीत अभियानका लागि जिफन्ट राष्ट्रिय कमिटी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको अगुवाईमा टोली निर्माण गरिएको प्रमुख अतिथि कार्कीले बताउनु भयो ।

IMG-20241222-WA0005

टोलीमा औपचारिक तथा अनौपचारिक क्षेत्रका नेताहरु रहेका छन् ।

जसमा समग्र उद्योग ट्रेड युनियन, जुट, गार्मेट, कार्पेट तथा टेक्सटायल क्षेत्र, निर्माण क्षेत्र, यातायात क्षेत्र, स्वरोजगार, सुरक्षा श्रमिक, बैंक तथा वित्तिय क्षेत्र, ब्युटिसिएन, स्वास्थ्य स्वयमसेवी लगायत रहेको जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमलाले जानकारी गराउनुभयो ।

IMG-20241222-WA0005 1
नेपालको पहिलो मजदुर आन्दोलन भएको विराटनगरमा काम गर्ने श्रमिकहरुको पछिल्लो अवस्थाको नक्साङ्कन गर्दै सरोकारवाला निकायमा दवाव सिर्जना गरिने टोलीका संयोजक भीमज्वाला राईले बताउनुभयो ।

IMG-20241222-WA0010
नेपालको पहिलो मजदुर आन्दोलनको मूल प्रवाहको जिफन्टलाई यस प्रदेशमा सबल र शक्तिशाली बनाउँदै युनियन आन्दोलनलाई प्रभावकारी बनाउन यो अभियान सञ्चालन गरिएको राईले बताउनुभयो । जिफन्ट निरन्तर मजदुरहरुमाझ क्रियाशील छ । तर, यो अभियान विशेष रहेको राईले बताए ।
कार्यक्रममा सुनसरी र मोरङमा रहेका जिफन्ट अन्तर्गत २१ वटा सदस्य यसनियनमा आवद्ध करिव १ सय अगुवा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
यस्तो छ अभियान टोली
संयोजक भीमज्वाला राई
२ सदस्य मनोज मगर
३ सदस्य मु रारी भट्टराई
४ सदस्य युवराज भट्टराई
५ सदस्य यामकला मग्राती
६ सदस्य मुक्तिनाथ गिरी
७ सदस्य टिका भट्टराई
८ सदस्य मन्दीरा भट्टराई
९ सदस्य ओमप्रकाश मेहता
१० सदस्य सुनिता श्रेष्ठ
११ सदस्य विजय मण्डल
१२ सदस्य सन्तोष शर्मा
१३ सदस्य लक्ष्मी बानिया
१४ सदस्य राजकुमार रायमाझी
१५ सदस्य सुनिल तोलाङ्गे
१६ सदस्य रंगलाल गिरी
१७ सदस्य बालकुमार श्रेष्ठ
१८ सदस्य विना खनाल
१९ सदस्य खगेन्द्र दाहाल
२० सदस्य ममता प्रधान
२१ सदस्य गंगा तामाङ
२२ सदस्य हरी बराल
२३ सदस्य सावित्रा खड्का
२४ सदस्य गोपाल श्रेष्ठ
२५ सदस्य मिरा हरिजन
२६ सदस्य गोपी योगी
२७ सदस्य राजेश यादव
२८ सदस्य ज्ञानु देवान
२९ सदस्य शैलेश न्यौपाने
३० सदस्य सुरेन्द्र घिमिरे
३१ सदस्य सूर्यप्रकाश खबास
३२ सदस्य डोमा राई
३३ सदस्य हरी राई
३४ सदस्य कृष्णप्रसाद काफ्ले
३५ सदस्य नयन्द्रबहादुर विष्ट
३६ सदस्य भली सूब्बा
३७ सदस्य टिकादेवी निराला
३८ सदस्य श्रवण मेहतर
३९ सदस्य सुश्मिता चौधरी
४० सदस्य गौरी लामा
४१ सदस्य नविनकुमार चौधरी
४२ सदस्य कला डाँगी
४३ सदस्य राजकुमार आचार्य
४४ सदस्य तिलक थापा
४५ सदस्य समशेर वर्देवा
४६ सदस्य भागवत चौधरी
४७ सदस्य भीम अधिकारी
४८ सदस्य कुन्ता घिमिरे
४९ सदस्य रमेश तामाङ
५० सदस्य गणेश लिम्बु
५१ सदस्य दुर्योधन खनाल
५२ सदस्य कमल निरौला
५३ सदस्य सिंहबहादुर पराजुली
५४ सदस्य ः रुद्र घिमिरे
५५ सदस्य ः उत्तम बन्जारा

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved