काठमाडौं । स्थानीय तहले पुर्वाधार विकाश साझेदारी कार्यक्रममा खर्च गर्न नसकेको रकम कोभिड १९ व्यवस्थापनका लागि खर्च गर्न सक्ने सरकारले निर्णय गरेको छ । सरकारले स्थानीय पुर्वाधार विकाश साझेदारी कार्यक्रम तेस्रो संशोधन नियमावली २०७७ स्वीकृत गरी खर्च नभएको रकम कोभिड १९ को रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने व्यवस्था गरेको हो । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले असार २ गतेको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम सम्बन्धित स्थानीय तहमा कोभिड १९ को रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय भएको बताए । मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार अ
धरान । नेपाल कम्युनिष्ट पार्टी नेकपा धरान उपमहानगर समितीले थप सदस्य मनोनयन गर्नुका साथै जिम्मेवारी बाँडफाड गरेको छ । मंगलबार धरान नगर अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा बसेको बैठकले सदस्य मनोनयन गर्नुका साथै जिम्मेवारी समेत बाँडफाड गरेको हो । नगर समितीको मनोनित सदस्यहरुमा जसरथ सुब्बा, जिवन भट्टराई, दश प्रतिशत मध्येबाट जिवन राई, विकाश चाम्लिङ, सारदा मगर, शिव धमला, राजकुमार राई, भुवन बस्नेत, अब्बास अन्सारी मिया रहेका छन् । समितीको सचिवालयमा जसरथ सुब्बा, दिना प्रसाद उपाध्याय, जीवन भट्टराईलाई मनोनयन गरेको छ । त्यसै गरि २० वटै वडाहरुमा इन्चार्ज र सहइन्चार्ज समेत तोकेको छ । कार्यविभाजनमा वडा नम्ब
काठमाडौं/ भारतले अतिक्रमण गरेको निपाली भुभाग सहितको अद्यावधिक नक्सालाई नेपालको संविधानको अनुसुचीमा राख्ने ‘नेपालको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक’ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयक दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो । गत जेठ जेठ ५ गते नै मन्त्रिपरिषद्ल नेपालको उक्त भूभाग समेटेर अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेपछि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जेठ ७ गते अद्यावधिक नक्सा सार्वजनिक गरेको थियो । संविधान संशोधन विधेयक पारित गर्दा मतदान प्रक्रियामार्फत्
काठमाडौँ /समाजवादी पार्टीकी सांसद सरित गिरीद्वारा संघीय संसदमा पेश गरेको संशोधन प्रस्ताव सभामुख अग्नि प्रसाद सापकोटाले अस्वीकृत गरिदिएका छन् । संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् ।तर सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए । सभामुख सापकोटाल संघीय संसद नियमावली , २०७५ को नियम ११२ विपरीत रहेको देखिएको भन्दै संशोधन प्रस्ताव अस्वीकृत गरेको जानकारी दिएका हुन् । प्रतिनिधि सभाको नियमावलीमा सांसदहरूले कुनै पनि विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउँदा पालना गर्नुपर्ने शर्त राखिएका छन् । सांसद गिरीले पेश
काठमाडौं । आज दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्दै छ । बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेभएको छ । गत चैत ११ गते देखि सरकारले केरोना नियन्त्रण तथा रोकथामको लगि लकडाउनको घोषणा गरेको थियो । लामो समयदेखि रहेको लकडाउनले जनजविन प्रभावित बन्दै आएको छ व्यपार व्यबसाय ठप्प रहेकाले अब लकडाउनको खुकुलो बनाउन तर्फ सरकारको ध्यान केन्द«ति भएको छ । यसअघिनै कोभिड १९ क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाइसकेको छ । रक्षामन्त्री पोखरेलले भने सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ देखि नै लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका थिए । तर, प्
काठमाडौं संसदमा संविधान संशोधन प्रस्ताव पेस हुने भएपछि अन्तिम सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।बैठक आज अपराह्नका लागि तय भएको थियो । माघमा बसेको केन्द्रीय कमिटी बैठकले झलनाथ खनालको संयोजकत्वका कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले बुझाएको प्रतिवेदनमा केन्द्रित रहेर आज छलफल हुने कार्यसूची तय गरिएको थियो।
विराटनगर । प्रदेश १ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन नहुने पुलिन्दा भन्दै टिप्पणी गरेका छन् । उनले सरकारको नीति तथा कार्यक्रमलाई बुख्याँचा जस्तो भएको बताएका छन् । हिजो सोमबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी कार्कीले भने,”बुख्याँच्या जस्तो नीति तथा कार्यक्रमले प्रदेशमा समृद्धि आउन सक्दैन । सरकार सेटलाइट सिटी र सहरको विकासको कुरा गर्छ तर गरिबका झोपडीसम्म विकासका कार्यक्रम लैजान खोज्दैन् ।” कार्कीले गाउँमा फाटेको चप्पल र भोटो लगाउने नागरिकको लागि सरकारले वास्ता नगरेको भन्दै टिप्पणी गरे । प्
विवादास्पत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सोमबार सचिवालय समितिको बैठक बोलाएको छ । सचिवालय बठैक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजेका लागि बोलाइएको हो । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले एमसीसीबारे अध्ययन गर्न पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् । उक्त कार्यदलले एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पास गर्न नहुने सुझाव दिएको छ ।
बराहक्षेत्र । रुकुम पश्चिममा भएको नरसंहारको विरुद्धमा यतिबेला देशका विभिन्न स्थानहरुमा प्रदर्शन भैरहेको छ। रुकुमको चौरजहारी नगरपालिका– ८ मा अन्तरजातीय प्रेमकै कारण ६ जनाको ज्यान लिएको घटनापछि प्राध्यापक, लेखक, पत्रकार, कलाकार लगायत धेरै सामाजिक अभियन्ताहरुले आवाज उठाउदै रुकुम हत्याकाण्डको स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्ने माग राख्दै आएका छन। यसैबीच सुनसरीको बराहक्षेत्र नगरपालिकामा पनि रुकुम पश्चिममा युवतीलाई विवाहका लागि भगाउन गएका जाजरकोट रानागाउँका युवा नवराज विक लगायत ६ जनालाई कुटेर हत्या गरेकोमा यहाका स्थानीय र अधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन। हत्यारालाई फासी दे, पी
विराटनगर । कोरोना महामारीका कारण किसानलाई परेको असर–नोक्सानी सम्बोधन गर्न प्रदेश १ सरकारले राहत प्याकेज घोषणा गरेको छ । यो कोरोना राहत रु. ४५ करोडको हुनेछ । सरकारको वार्षिक नीति तथा कार्याक्रम प्रदेशसभामा आज प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ प्यासीले कोरोनाबाट विदेशमा रोजगारी गुमाएर फर्कने युवाहरुका लागि पनि वैदेशिक स्वरोजगारीमुलक परियोजना संचालन गर्ने घोषणा गरेका छन् । कोरोना महामारीका कारण तत्कालको लागि विकास कार्यक्रमका प्राथमिकतामा बाध्याकारी परिस्थिति सिर्जना भएकोले भन्दै कृषि र स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिएको प्यासीले जनाए । भने,“विषयगत रुपमा स्वास्थ्य र कृष