धरानमा बिहान ९ बजे देखि ५ बजे सम्म मात्रै बजार खुल्ने

  • साउन १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमण समुदाय स्तरमै देखिन थाले पछि धरान उपमहानगरपालिकाले जोखिम न्युनिकरणका लागि अत्यावश्यक वस्तुको पसल मात्रै खोल्ने गरि समयतालिका दिएको छ ।

विहिबार उपमहानगरपालिकामा बसेको सर्वपक्षीय छलफलमा संक्रमणको जोखिम न्युनीकरण गर्न बिहान ९ बजेदेखि ५ बजेसम्म अत्यावश्यक वस्तुको पसल मात्र खोल्न दिने निर्णय भएको छ । अत्यावश्यक वस्तुअन्र्तगत खाद्यान्न, तरकारी र औषधीको पसल मात्र खोल्न दिइने निर्णय भएको हो । होटलहरुले प्याकिंङ गरेर बिक्री गर्न दिने तर होटल, रेष्टुरेष्टमा नै बसेर खान नदिने पनि निर्णय भएको छ ।

बैठकले कोरोना विरामी ओसार पासार गर्ने एम्बुलेन्स र मृत्यु भएकाको शव लैजाने वहान व्यवस्थापन गर्न भोली ११ बजे एम्बुलेन्सवाला र शववाहन चलाउने संस्थाको संयुक्त वैठक बोलाइने भएको छ ।

यस्तै, सार्वजनिक सवारीहरुलाई सरकारले तोकेको मापदण्ड पुरा गरेर मात्र चलाउन दिने र अनुगमन नियमित गर्ने पनि निर्णय भएको छ ।

निर्णय शुक्रबार देखि लागु हुने उपमहानगरपालिकाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दल सहितको उपमहानगरपालिकाका पदाधिकारीहरुको बैठकमा उपस्थिती रहेको थियो ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved