बेलकामा भ्रष्टाचार विवाद चुलिदै भ्रष्टाचार प्रमाणित गर्न नगरप्रमुखको चुनौती

  • श्रावण १८, २०७७
  • कोशीपत्र/संवाददाता
alt

धरान । सुशासन कार्यान्यवनमा उदाहरणीय बनेको उदयपुरको बेलका नगरपालिका पछिल्लो समय भ्रष्टाचारको विवादमा मुछिएको छ । उपप्रमुखले नै नगरपालिका भित्र भ्रष्टाचार हुने गरेको अभिव्यक्ति दिदै राजीनामा दिने बताए पछि आन्तरिक विवाद चुलिदै गएको हो ।

गत साउन ७ गते उदयपुरको बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकाका कर्मचारीबाट भ्रष्टाचार भए पनि नगरप्रमुखले जोगाउन खोजेको अभिव्यक्ति दिएकी थिईन् । उनले अभिव्यक्ति सँगै पदबाट राजिनामा समेत दिने घोषणा गरिन् । उनको अभिव्यक्तिले अहिले बेलका नगरपालिका भ्रष्टाचारको मुद्धामा विवादित बनेको छ । आफ्नो अभिव्यक्ति मानविय त्रुटि रहेको भन्दै साउन ११ गते विज्ञप्ती जारी गरे पनि प्रतिपक्षहरुले विवादित भ्रष्टाचारको विषयको सत्य तथ्य सार्वजनिक गर्न माग गर्दै आन्दोलन गरिरहेको छ ।

उपप्रमुख चौधरीले आफु दबाबमा रहेको बताउँदै खुल्न चाहिनन् । उनलाई पार्टीको दबाब रहेको बुझिएको छ । चौधरीले ११ गते प्रेस विज्ञप्ती जारी गर्दै भनेकि छिन्, ‘संचार माध्यममा व्यक्त अभिव्यक्तिको गाम्भिर्यताबाट उत्पन्न भएको परिस्थितीले पर्न गएको असहजना प्रति उठेको प्रश्नहरुको विषयमा छलफल गरि मेरो तर्फबाट आत्मआलोचना गर्दछु ।’

चौधरीको अभिव्यक्ति पछि नगरपालिका प्रमुख पनि विवादमा तानिएका छन् । प्रदेशमै नमुना नगरपालिकाको उपमा पाएको बेलकामा भ्रष्टाचारको मुद्धा पेचिलो बन्दै गएको छ । भ्रष्टाचारको आरोप लागेका कार्यालयमा कार्यरत कम्प्युटर सहायक अप्रेटर सन्तोष पौडेललाई जोगाउन खोजेको प्रमुखलाई आरोप लागेको थियो । बेलका भ्रष्टाचार विरुद्ध निरन्तर प्रयास गर्दै सुशासन अभिवृद्धिमा रहेको प्रमुख दुर्गा कुमार थापाको दाबी छ ।

कार्यपालिका बैठकले भ्रष्टाचार भएको पुष्टि गर्न चुनौती दिएको उनले बताए । सुशासन कायम गर्न हरेक किसिमका मापदण्डहरु लागु गरेकाले कुनै पनि किसिमको भ्रष्टाचार नहुने उनको भनाई छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रमुख थापाले भने, ‘उपप्रमुख चौधरीले लेखेको स्टाटसको विषयमा ११ गते नै प्रेस विज्ञप्ती जारी गरि आत्मआलोचना गरि सकेको हुनाले यो प्रकरण नितान्त मानवी कमजोरीका कारण भएको स्पष्ट भैसकेको छ ।’

उपप्रमुख चौधरीले आत्मआलोचना गरे पनि उनको स्टाटसबारे सत्य तथ्य सार्वजनिक गर्नु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल सहित अन्य ४ राजनितिक दलले पनि १ साता देखि आन्दोलन गरिरहेका छन् । न्याय दिलाउने जस्तो पदमार समेत रहनु भएकी उपप्रमुखले नगरपालिकामा भ्रष्टाचार भएको छ, राजीनामा दिन्छु भन्ने अभिव्यक्तिले स्थानीय तहको काम गर्ने शैलि प्रति स्थानीयहरु संशकित बनेको आन्दोलनकारीहरुको भनाई छ ।

आन्दोलनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका केन्द्रिय महासभा प्रतिनिधी तथा बेलका नगरपालिकाका छाँया सरकार प्रमुख अशोक कार्कीले उपप्रमुखको अभिव्यक्ति के हो भनेर प्रतिपक्षी मात्रै नभई स्थानीयले जान्ने अधिकार भएकाले सत्य तथ्यको जानकारी गराउन माग गरिएको बताए । उनले भने, उहाँ रामकुमारी चौधरी मात्रै होइन्, उपप्रमुख पनि हो, न्यायमुर्ति पनि हो, न्याय दिलाउने ठाउँमा बसेको मान्छे, आफै न्यायका लागि रुदै हिड्नु भएको छ, के हो यो, बेलकावासी कसरी न्याय पाउँलान ।’

नगरपालिकामा कालो कतुर्त भनिएको छ, ठुलो भ्रष्टाचार भएको छ, भनिएको छ, त्यसको स्पष्ट जवाफ स्थानीयवासीलाई दिनुपर्ने उनले बताए । प्रमुख सँग छलफल गर्न खोज्दा कानुनी प्रक्रियामा जानुस भन्ने प्रतिक्रिया आएकाले कानुन अनुसारनै अघि बढ्ने उनले बताए । उपप्रमुखलाई धाकधम्की र दबाबका कारण आत्मआलोचना गरेको उनको दाबी छ । यसको सत्य तथ्य बेलकावासीले खोज्ने बताउँदै स्पष्ट नभए आन्दोलन निरन्तर रहने उनले बताए ।

खण्डन समेत भैसकेको स्टाटसलाई आधार बनाएर कपोलकल्पित भ्रष्टाचारको आरोप लगाई प्रोपोगाण्डा मच्चाउने पक्षलाई भ्रष्टाचार प्रमाणित गर्न प्रमुख थापाले चुनौती दिएका छन् । उनले भने, शनिबार बसेको कार्यपालिका बैठकले भ्रष्टाचार प्रमाणित गर्न नै चुनौती दिएको छ, यस्तो कोरोनाको महामारीमा स्थानीयलाई सुरक्षा प्रदान गर्नु पर्ने अवश्थामा असुरक्षित वातावरण नबनाउन आग्रह गर्दछ ।’

शनिबार बसेको कार्यपालिका बैठकले नगरका प्रवक्ता मोहन घिमिरेको संयोजकत्वमा दिनेश्वर प्रसाद चौधरी र जयकुमार राई सदस्य रहने गरिको अध्ययन समिती गठन गरिसकेको बताए ।
सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारालाई कार्यान्यवन गर्न बेलका प्रदेशकै उदाहरणीय नगरपालिका हो । भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता कायम गर्ने नगरपालिकामै भ्रष्टाचारकै मुद्धामा नगरको प्रमुख र उपप्रमुखको विवादले बेलकाको विकाशमा थप जटिलता बढाउँदै लगेको छ ।

belaka 4 raj kumari chaudary

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved